SKIP TO MAIN CONTENT

सन्दीप लामिछाने बिग ब्याश लिगमा होबार्ट हरिकेन्सको लागि खेल्ने

यस अघि सन्दीप लामिछानेले गत दुई सिजनमा मेलबर्न स्टार्सका लागि खेलेका थिए।

Sandeep lamichhane signs for hobart hurricanes for big bash league
Sandeep lamichhane signs for hobart hurricanes for big bash league Source: Supplied

2 min read

Published

Updated

By SBS Nepali

Presented by Krishna Pokhrel

Source: SBS News



Skip to article content

नेपाली खेलाडी सन्दीप लामिछाने बिग व्यास लिगको सिजन १० का लागि होबार्ट हरिकेन्सको पक्षमा भिड्ने भएका छन् ।  

२० बर्सिया खेलाडी लामिछानेलाई बिगव्यास सिजन १० का लागि होर्वट हरिकेन्सले आफ्नो टिमबाट खेलाउने बारेमा आज अधिकारीक जानकारी गराएको हो ।  

नेपाली लेग स्पिनरले बिग ब्यासको सिजन आठमा मेलर्वन स्टारका लागि खेलेपछि अस्ट्रेलियन क्रिकेट फ्यानका बिच आफ्नो पहिचान बनाउन सफल भएका थिए । यस अघिका २० खेलमा उनले २६ विकेट हात पार्न सफल भएका थिए ।  

सन्दीपले आफू बिगब्यासका खेलमा पुन फर्किन पाएकोमा निकै उत्साहित भएको प्रतिक्रिया दिएका छन् । यस पटक बैजनी रङका साथ मैदानमा उत्रन उनी आतुर देखिन्छन् ।  

“होबार्ट हरिकेन्समा सहभागी हुन पाउँदा निकै गौरवान्वित महसुस गरेको छु, मैले सधैँ अस्ट्रेलियाली दर्शकको माया पाएको छु, बिग व्यासमा खेल्नका लागि आतुर छु,” उनले बताए । 

हरिकेन्सका प्रमुख प्रशिक्षक एडम ग्रिफिथले सन्दीपको बलिङले खेलमा नयाँ मोड दिने बताए । 

”सन्दीपको रहस्यमय स्पिनिङले खेलमा परिवर्तन गर्न सक्छ ,उनी एक प्रमाणित विकेट टेकर पनि भएकाले खेलमा नयाँ आयाम दिन सक्छन् ।” सन्दीपको प्रशंसामा ग्रिफिथले भने । 

होबार्ट हरिकेन्सका महाप्रबन्धक स्कट बेन्र्सले सन्दीपले टोलीको पक्षमा मैदानमा उत्कृष्ट प्रदर्शन गर्ने बताए  ।  

उनले भने “हामीले अघिल्ला दुई सत्रमा देख्यौ कि कसरी सन्दीपले आफ्नो बलिङ र व्यक्तित्वले खेलमा प्रदर्शन गरे । ” 

“आगामी खेल केही असामान्य हुने भए पनि तास्मेनियामा आधारित खेल प्रशंसकहरूले उनको खेल प्रत्यक्ष हेर्न पाउनेछन् ।” वेन्र्सले भने । 

सन्दीपको टोलीमा प्रवेश सँगै टिमले पूर्णता पाएको छ । यस पटक टिममा सन्दीप बाहेक डेविड मलान र किमो पाउल अन्तर्राष्ट्रिय खेलाडीका रूपमा रहेका छन् ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now