यो सेवा 'जेन वाई' भनिने २० देखि ३० उमेर समूहका दक्षिण एसियाली अस्ट्रेलियनहरूका लागि हो, जसले सोसल मिडिया मार्फत आफ्नो संस्कृतिको बुझाइलाई आकार दिनुका साथै जानकारी र मनोरञ्जन लिन चाहन्छन्।
यसमा उनीहरूको पहिचान, आबद्धता र सामाजिक परिवर्तन खोज्ने उद्देश्य लिएर पप् कल्चरदेखि राजनीतिसम्म समेटेर चर्चामा रहेका विषयहरूलाई भिन्न किसिमका दृष्टिकोणहरू प्रस्तुत हुनेछन्।
विविध आवाजहरूलाई बढवा दिँदै दक्षिण एसियाली कथाहरूलाई समकालीन अस्ट्रेलियनको दृष्टिकोणबाट प्रस्तुत गर्ने एसबीएस स्पाइसले, यहाँ जन्मेका र भर्खरै आएका युवा दक्षिण एसियाली अस्ट्रेलियनहरूका लागि जीवन्त र समावेशी समुदाय निर्माणका लागि काम गर्नेछ।
"एसबीएस स्पाइस दक्षिण एसियाली सम्पदासँग जोडिएका युवा र जिज्ञासुहरूका लागि हो जो सामाजिक सञ्जालमा सक्रिय छन्, र उनीहरू आफूहरू कहाँबाट आएको हो र आगामी दिनको अस्ट्रेलियामा कतातिर गइरहेका छौँ भन्ने कथाहरूलाई सांस्कृतिक रूपमा आकार दिन रुचि राख्छन्," एसबीएस स्पाइसकी कार्यकारी निर्माता दिल्प्रीत कौर ट्यागर बताउँछिन्।
भारत जन्मथलो भएकी उनी साउथ एसियन टुडेकी संस्थापक हुन् र समाजका सूक्ष्म विषयहरूलाई जाँच गर्न र विविध दृष्टिकोणहरूलाई बढवा दिनका लागि परिचित छिन्।

प्रगतिशील, सोचमा पार्ने र रमाइलो तरिकाले गम्भीर विषयलाई उठाउने कुराकानी रहने एसबीएस स्पाइस, ट्यागर र सुहायला शरिफले सञ्चालन गर्ने छिन्।
शरिफ बलिवुड भनेपछि हुरुक्कै हुने अस्ट्रेलियन इन्डो-फिजियन पत्रकार हुन्।
एसबीएस स्पाइसमा समावेश हुने अडियो-भिजुअल सामाग्रीहरूमा:
- स्क्यान – छोटो विश्लेषणात्मक शृङ्खला जुन स्थानीय र विश्वव्यापी रूपमा नै हेडलाइन बनेका विषयहरूमा फरक दृष्टिकोणका साथ प्रस्तुत हुनेछ।
- टु चिलिज अन अ पड् – लामो पोडकास्ट जसमा अस्ट्रेलिया वा विदेशमा रहेर विभिन्न क्षेत्रमा ठुलो परिवर्तन ल्याएका व्यक्तिहरूसँगको अन्तर्वार्ता रहने छ। जसमा भोग इन्डियाकी एक पूर्व सम्पादक मेघा कपुर, यात्रा गर्न मन पराउने प्रिया शर्मा, कन्टेन्ट क्रिएटर जेरेमी फ्रान्को, सामाजिक कार्यकर्ता अमर सिंह अनि कलाकार शाहना गोस्वामीका साथ आएशा मेडन रहेका छन्।
- स्पाइस एक्सप्रेस – छोटो किसिमको पोडकास्ट हो जुन दक्षिण एसियालीहरूको मन छुने र उनीहरूलाई वाक्क लाग्ने मामिलाहरू बारे समुदायको धारणा जान्नमा केन्द्रित हुनेछ।
एसबीएस स्पाइस एसबीएस अडियो एप, वेबसाइट, युट्युब, इन्स्टाग्राम, फेसबुक र तपाईँले पोडकास्ट सुन्ने अधिकांश स्थानहरूमा उपलब्ध छ।
- एसबीएस पप्देशी अब एसबीएस साउथ एसियन! उपमहाद्वीपका १० भाषाहरूमा समाचार, मनोरञ्जन र गीत सङ्गीत पस्कने एउटै गन्तव्य।
- अस्ट्रेलिया बुझ्नुहोस् नयाँ आप्रवासीहरूलाई अस्ट्रेलियामा दैनिक रूपमा सामाजिक र नागरिक स्तरमा सहभागी हुन सघाउने व्यवहारिक जानकारी प्रदान गर्छ। यी सामाग्रीहरू दक्षिण एसियाली साथै अन्य भाषाहरूमा पनि उपलब्ध रहेको छ।
- सामान्यतया सोधिने प्रश्नहरू (कमन एफएक्यु)ले एसियाली पृष्ठभूमिका अस्ट्रेलियामा बस्नेहरूका लागि एसबीएसले समावेश गर्ने सामाग्रीहरू जुन १० उपमहाद्वीपभन्दा बढीका भाषाहरू र अङ्ग्रेजीमा उपलब्ध छन् त्यसबारे जानकारी दिन्छ।