Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

एसबीएस पप्‌देशीको नाम अब एसबीएस साउथ एसियन, उपमहाद्वीपका सबै कुरा समेट्ने एकल गन्तव्य च्यानल

समाचार, समसामयिक विषय, मनोरञ्जन, समुदायका कथा र १० दक्षिण एसियाली भाषाहरूको सङ्गीत, प्रत्यक्ष वा युट्युब साथै अन डिमान्डमा उपलब्ध छन्।

Introducing SBS South Asian

We used to be SBS PopDesi, and now we’re SBS South Asian! The destination channel for South Asian Australians, which brings you all the latest news, information, music, entertainment and inspiring stories from the community, in ten rich and diverse languages. Plus SBS Spice, a new English language platform for young Australians of South Asian heritage, who want to explore where we have come from, as much as where we are headed.

एसबीएस पप्‌देशीको नाम परिवर्तन भएर एसबीएस साउथ एसियन भएको छ।

अस्ट्रेलियामा रहेका विविधताले भरिएको दक्षिण एसियाली श्रोता तथा दर्शकहरूका लागि सातै दिन र २४ घण्टा नै प्रसारण गरिने सामाग्री समेटिने भएकोले यसको नाम एसबीएस साउथ एसियन राखिएको हो।

यस च्यानलमा स्थानीय स्तरमा नै बनाइएका बांग्ला, गुजराती, हिन्दी, मलयालम, नेपाली, पन्जाबी, सिन्हाला, तामिलउर्दु भाषाका कार्यक्रमहरूका साथै नेपाली चर्चित गीतहरूका साथै उत्कृष्ट बलिवुड, भाङ्गडा गीत सङ्गीत प्रस्तुत हुनेछन्।

गत वर्षदेखि आफ्नो सेवा सुरुवात गरेको तेलुगु भाषाका सामग्रीहरू पनि पोडकास्ट, वेबसाइट र सोसल मिडियाको माध्यमबाट उपलब्ध रहने छन्।

"दक्षिण एसियालीहरू अस्ट्रेलियामा सबैभन्दा छिटो जनसङ्ख्या बढेको आप्रवासी समुदायमा पर्छन्। जसमा १५ लाख भन्दा बढी अस्ट्रेलियनहरू घरमा उपमहाद्वीपका भाषाहरू प्रयोग गर्छन्। पहिलो, दोस्रो र तेस्रो आप्रवासी पुस्ता जो समकालीन अस्ट्रेलियाको बनावटसँग सम्बन्धित छन् र समृद्ध छन्, यो गहिराइ र विविधतालाई समेट्न एसबीएसलाई विशिष्ट स्थानमा राखिएको छ," एसबीएस साउथ एसियनको लागि कार्यक्रम प्रबन्धक रहेकी मन्प्रीत सिंह भन्छिन्।

एसबीएस साउथ एसियनका भाषा कार्यक्रमहरू सोमवारदेखि शुक्रवारसम्म बिहान ११ देखि साँझ ६ बजेसम्म प्रत्यक्ष प्रसारण हुन्छन् भने सप्ताहान्तमा साँझ ५ देखि ६ बजेसम्म।

र अन डिमान्डमा दिनको कुनै पनि समयमा उपलब्ध हुन्छन्।

हामीलाई डीएबी (डिजिटल अडियो ब्रोडकास्टिङ), युट्युब च्यानल, साथै एसबीएस अडियो एप र वेबसाइटमा सुन्नुहोस्।

प्रत्यक्ष रेडियो प्रसारण तल सूचीकृत गरिएको छ। र यसबाहेकका समयमा भने तपाईँको रोजाइको साउथ एसियन सङ्गीतहरू प्रसारण हुन्छन्।

भाषा   प्रसारण हुने दिन र समय
बांग्लासोमवार र बिहीवार दिउँसो ३ बजे
गुजरातीबुधवार र शुक्रवार दिउँसो २ बजे 
हिन्दीसोमवार-आइतवार अपराह्न ५ बजे
मलयालमबिहीबार र शुक्रवार दिउँसो १ बजे
नेपाली   मङ्गलवार र बिहीबार दिउँसो २ बजे
पन्जाबीसोमबार-शुक्रवार अपराह्न ४ बजे
सिन्हाला सोमवार, मङ्गलवार, बिहीबार र शुक्रवार बिहान ११ बजे
तामिलसोमवार, बुधवार, बिहीबार र शुक्रवार मध्यान्न १२ बजे
उर्दुबुधवार र शुक्रवार दिउँसो ३ बजे

प्रत्येक एसबीएस साउथ एसियन कार्यक्रमको आफ्नै फेसबुक पेज र बहु भाषाको वेबसाइट पनि छ।

त्यस्तै तपाईँले पोडकास्ट सुन्ने अधिकांश स्थानहरूमा हाम्रा अडियो प्रस्तुतिहरू उपलब्ध छन्।

यी सेवाहरूले समकालीन अस्ट्रेलियाको आवश्यकता प्रतिबिम्बित गर्छन्, जहाँ नेपाली भाषीहरूको सङ्ख्या सबैभन्दा छिटो बढेको छ भने पन्जाबी र हिन्दी सबैभन्दा धेरै बोलिने १० भाषाहरू मध्ये पर्छन्।

"राष्ट्रिय जनगणनामा आधारित भएर हरेक पाँच वर्षमा सञ्चालन हुने हाम्रो भाषा सेवा समीक्षाको नतिजाहरू प्रदान गर्न निरन्तरता दिएको कुरामा एसबीएस गर्व गर्छ। एसबीएसले पस्कने सामाग्रीहरू विविधता र समसामयिक अस्ट्रेलियालाई प्रतिबिम्बित गर्ने र सबैका लागि समावेशी र आबद्धताको भावना निर्माणमा मदत पुर्‍याउने किसिमको भएको यसले सुनिश्चित गर्छ," एसबीएस अडियोकी कार्यवाहक निर्देशक प्यामेला कूक बताउँछिन्।

सम्बन्धित:

  • एसबीएस स्पाइस एक नयाँ अङ्ग्रेजी भाषा सेवा हो जुन दक्षिण एसियाली पृष्ठभूमि भएका 'जेन वाई' का लागि हो जसले आफ्नो संस्कृति बारेको बुझाइलाई आकार दिन चाहन्छन्, साथै थप जानकारी र मनोरञ्जन सोसल मिडियामार्फत चाहन्छन्।
  • अस्ट्रेलिया बुझ्नुहोस् नयाँ आप्रवासीहरूलाई अस्ट्रेलियामा दैनिक रूपमा सामाजिक र नागरिक स्तरमा सहभागी हुन सघाउने व्यवहारिक जानकारी प्रदान गर्छ। यी सामाग्रीहरू दक्षिण एसियाली साथै अन्य भाषाहरूमा पनि उपलब्ध रहेको छ। थापा जानकारीका लागि यहाँ जानुहोस्।
  • धेरै सोधिने प्रश्नहरू (कमन एफएक्यु)ले एसियाली पृष्ठभूमिका अस्ट्रेलियामा बस्नेहरूका लागि एसबीएसले समावेश गर्ने सामाग्रीहरू जुन १० उपमहाद्वीपभन्दा बढीका भाषाहरू र अङ्ग्रेजीमा उपलब्ध छन् त्यसबारे जानकारी दिन्छ।

3 min read

Published

Source: SBS



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now