
This article is more than 5 years old
विश्वकप छनौट: अस्ट्रेलिया विरुद्ध नेपालको खेल कहाँ कति बजे कसरी हेर्ने?
फिफा विश्वकप छनौट अन्तर्गत अस्ट्रेलिया तथा नेपालको आगामी खेल एसबीएसले प्रत्यक्ष प्रसारण गर्ने भएको छ।
भोली शनिवार मेलबर्न समयानुसार बिहान २:१५ बजेदेखि खेलिने उक्त खेल, अस्ट्रेलियाली टेलिभिजनमा एसबीएसको भाइसल्यान्ड च्यानलबाट प्रसारण हुनेछ।
यसअघि सकरूज विरुद्ध नेपालले मार्च ३० मा काठमान्डू स्थित दशरथ रङ्गशालामा खेल्ने तय भएको उक्त म्याच कोरोनाभाइरसको फैलावटलाई मध्यनजर राख्दै रद्द गरिएको थियो।
नेपाल विरुद्ध अस्ट्रेलिया खेल, कहाँ कति बजे? जुन १२ २०२१, शनिवार बिहान २:१५ बजेदेखि ४:३० बजेसम्म क्विन्सल्यान्ड, न्यु साउथ वेल्स, भिक्टोरिया, टास्मेनिया र अस्ट्रेलियन क्यापिटल टेरिटोेरी राती १:४५ बजेदेखि ३:१५ बजेसम्म साउथ अस्ट्रेलिया र नर्दर्न टेरिटोरी राती ००:१५ बजेदेखि २:३० बजेसम्म वेस्टर्न अस्ट्रेलिया
नेपाल विरुद्ध हुने खेलको प्रत्यक्ष प्रसारण इन्टरनेटमा पनि एसबीएस अन डिमान्ड मार्फत अस्ट्रेलियाभरबाट हेर्न सकिनेछ।
आफ्नो मोबाइल फोन वा ट्याब्लेटमा उक्त खेल हेर्न एप स्टोर वा गुगल प्लेबाट एसबीएस अन डिमान्ड एप नि:शुल्क डाउनलोड गर्नुहोस्।
Share