SKIP TO MAIN CONTENT

कोरोना भाइरस बाट जोगिने तरिका भन्दै पठाइएका इमेल प्रति सतर्क रहन आग्रह

वर्ड र पीडीएफ फर्म्याटका प्रचलित फाइलहरुलाई पनि ह्याकरहरुले धेरैनै प्रयोग गर्ने गरेको बताइएको छ।

Phishing scam
Phishing scam Source: AP

2 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

चीन बाट सुरुभएको कोरोना भाइरसको महामारीलाई विश्वभरमै एक गम्भीर सङ्कटको रूपमा लिइदा उक्त भाइरस बाट "जोगिन" अपनाइन सकिने उपाय रहेको भन्ने इमेल नखोल्न इन्टरनेट सुरक्षाविद्हरुले चेतावनी दिएका छन्।

अस्ट्रेलियामा गए केहि महिना यता जारी डढेलो सङ्कटका माझ मानिसहरुको कम्प्युटर ह्याक गर्न "फ़िशिङ्ग" इमेलहरु पठाइएका समाचारहरु आइरहंदा अब कोरोना भाइरस बारे पनि नक्कली इमेलहरु आउन सुरु भएको बताइएको छ।

Phishing email warning regarding Corona virus
Phishing email warning regarding Corona virus Source: Wired; Pan Communications

माइमकास्ट नामक इन्टरनेट सुरक्षा संस्थालाई उदृत गर्दै प्रकासित भएका समाचारहरुका अनुसार मानिसहरुको बैंकिंग वा अन्य व्यक्तिगत जानकारी चोरी गर्न वा कम्प्युटर भाइरस फैल्याउन हाल एक कथित कोरोना भाइरस "विज्ञ" को नाममा इमेल पठाइन सुरु भएको छ।

उक्त इमेलमा कोरोना भाइरसको सङ्क्रमणलाई रोक्न अपनाइन सकिने कदमहरु बारे इमेलमा रहेको फाइल खोल्न प्रयोगकर्ताहरुलाई निर्देशन दिइएको छ।

तर "पीडीएफ" वा "वर्ड" लगायतका फर्म्याटमा रहेका त्यस्ता फाइल वा इमेलमा रहेका लिङ्कमा क्लिक गरिए मानिसहरुको कम्प्युटर ह्याक हुने चेतावनी दीएको हो।

विश्वभरनै ठुलो चर्चाको विषय बनेको र मानिसहरुमा कोरोना भाइरसको सङ्क्रमणको चिन्ता रहंदा यस्ता इमेलले मानिसहरुको भयको फाइदा उठाउने माइमकास्टका अधिकारीहरुले बताएका छन्।

Convincing e-mail phishing scam targeting Telstra customers
Convincing e-mail phishing scam targeting Telstra customers Source: Mail Guard

अस्ट्रेलियाली साइबर सुरक्षा केन्द्रका अनुसार हाल ठुलो संख्यामा पठाइने भाइरस युक्त इमेलहरुमा माइक्रोसफ्ट वर्ड लगायत अफिसका अन्य फर्म्याटका फाइलहरु राखिएका छन्।

ती फाइलहरु खोलिए, इमोटेट नामक भाइरस मानिसहरुको कम्प्युटरमा डाउनलोड हुने, जसका साथ् ह्याकरहरुले कम्प्युटरलाई आफ्नो नियन्त्रणमा पनि लिन सक्ने चेतावनी अस्ट्रेलियाली सरकार अन्तर्गतको निकाय द्वारा जारी गरिएको छ।

डढेलो संकटमा सहयोग गर्न भन्दै ह्याकरहरुले चन्दा संकलनमा सक्रिय संस्थाहरुको नाममा नक्कली इमेल पठाइएको बारे चेतावनी पनि जारी भएका छन्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now