"न्युकासलमा लेबनानको जस्तो विस्फोटन हुँदैन": प्रधानमन्त्री मरिसन

प्रधानमन्त्री स्कट मरिसनले न्यु साउथ वेल्सको न्युकासलमा भण्डारित अमोनियम नाइट्रेट सम्बन्धी चिन्ता कम गर्न खोजेका छन्।

Concerns have been raised about the storage of ammonium nitrate in Newcastle.

Concerns have been raised about the storage of ammonium nitrate in Newcastle. Source: Google Images

लेबनानमा कम्तीमा पनि १३७ व्यक्तिको मृत्यु हुने गरी भएको विनाशकारी विस्फोट जस्तै खतरा अस्ट्रेलियामा नरहेको स्कट मरिसनले बताएका छन्।

बेरूतमा विस्फोट भएको भन्दा चार गुणा धेरै परिमाणमा न्युकासलको एक भण्डारण केन्द्रमा राखिएको अमोनियम नाइट्रेटको बारेमा डर पैदा हुँदै गर्दा प्रधानमन्त्रीको उक्त भनाई आएको हो।

न्यु साउथ वेल्स तटीय शहर न्युकासलको मुख्य व्यापारिक क्षेत्र भन्दा करिब तीन किलोमिटर र नर्थ स्टकटोन सबर्बमा रहेका घरहरू भन्दा मात्र ८०० मिटर पर ६,००० देखि १२,००० टन परिमाणमा खनिज उत्खनन कम्पनी ओरिकाले अमोनियम नाइट्रेट भण्डार गरेको बताइएको छ।

लेबनानको राजधानीमा विस्फोट भएको अमोनियम नाइट्रेट परिमाण भने २,७५० टनको हाराहारीमा रहेको अनुमान छ।
रासायनिक इन्जिनियर र सामुदायिक अभियानकर्ता किथ क्रेगले लामो समयदेखि उक्त भण्डारण सुविधामा विस्फोट हुने खतरा रहेको बारेमा चेतावनी दिँदै आइरहेका व्यक्ति हुन्।

उनले बिहीबार एबीसीसँग कुरा गर्दै भने, "एकदम खतरनाक सामग्रीको उत्पादन र भण्डारण गर्न यो ठाउँ निकै नै अनुचित छ, र यस बारे हामीले धेरै, धेरै वर्षदेखि गुनासो गर्दै आइरहेका छौँ।"

तर ओरिका भने बासिन्दाहरूले चिन्ता लिनुपर्ने कुनै कुरा छैन नरहेको बताउँछ।

एसबीएस समाचारलाई दिएको बयानमा कम्पनीका प्रवक्ताले भनेका छन् “विस्फोट हुनका लागि तपाई अमोनियम नाइट्रेटको सम्बन्धमा अत्यन्त लापरवाह हुनुपर्दछ”।
Smoke rises from the scene of an explosion that hit the seaport of Beirut, Lebanon, Wednesday, Aug. 5, 2020. (AP Photo/Hussein Malla)
Source: AP
ओरिकाको बयानसँग मेलबर्न विश्वविद्यालयका एक जना वरिष्ठ प्राध्यापक तथा रासायनिक इन्जिनियर सहमत देखिन्छन्।

डा गेब्रियल डा सिल्भा भन्छन् कि रसायनको भण्डारण गर्दा अस्ट्रेलियामा उच्च सुरक्षा मापदण्ड अपनाइने भएकाले न्युकासलका बासिन्दाहरू तर्सिहाल्नुपर्ने स्थिति छैन।

"यदि यो सही रूपमा भण्डारण र ह्यान्डल गरिएको छ भने, यो त्यस्तो खतरनाक हुँदैन। र यो त्यत्तिकै नजल्ने हुँदा यसलाई विस्फोट गर्न धेरै गाह्रो छ। तर स्पष्ट छ, गलत परिस्थितिमा यसको केही विनाशकारी र दुःखलाग्दो परिणाम हुन सक्छ," उनले एसबीएस समाचारलाई भने।
प्रधानमन्त्री स्कट मरिसन पनि अस्ट्रेलियामा कडा नियमन हुनु दुई देशबिचको मुख्य भिन्नता रहेको स्पष्ट पार्न चाहन्छन्।

"बेरूतमा भएको भयानक दुर्घटना र दुर्घटनाहरू मध्ये घटनाहरू सबैभन्दा डरलाग्दो हो," मरिसनले शुक्रवार टु जीबी रेडियोसँगको कुराकानीका क्रममा भने।

उनले भने कि बेरूतको बन्दरगाह हिजबुल्लाह नियन्त्रित छ र उक्त रसायन ६ वर्षसम्म आतिशबाजीहरू बेवास्ता गरी राखिएको स्थान नजिकै रहेको थियो।
Smoke billows from harbor area with damage and debris after a large explosion rocked the harbor of Beirut, Lebanon, 4 August 2020.
Smoke billows from harbor area with damage and debris after a large explosion rocked the harbour of Beirut, Lebanon, 4 August 2020. Source: AAP
"अस्ट्रेलियाको परिस्थिति त्यस्तो छैन। ती सामग्रीहरू कसरी प्रयोग हुन्छन् भन्ने बारे यहाँ कडा नियमहरू छन्," प्रधानमन्त्रीले भने।

बेरुतमा भएको उक्त विनाशकारी विस्फोटको घटनामा एक अस्ट्रेलियालीको पनि ज्यान जानुका साथै ५,००० भन्दा बढी घाइते भएको बताइएको छ।

सङ्घीय सरकारले प्रारम्भिक सहयोग स्वरूप राहत प्रयासको लागि लेबनानलाई २० लाख डलर दिने बाचा गरेको छ।




Share

Published

Source: AAP, SBS

Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand