SKIP TO MAIN CONTENT

बन्ने भयो स्कट मोरिशनको पूर्ण बहुमत सहितको सरकार

पूर्व प्रधानमन्त्री म्याल्कल्म टर्नबुलको सिटमा लिबरल उम्मेदवार डेभ शर्माको जीतका साथ स्कट मोरिशन सरकारले ७७ सिट जितेका छन्।

The 2019 Federal Election fallout: How Labor is dealing with its loss

1 min read

Published

Updated



Skip to article content

प्रधानमन्त्री स्कट मोरिशनले १५० सिट प्रतिनिधि सभामा बहुमतीय सरकार स्थापना गर्न ७६ सिट जित्नुपर्ने हुन्छ तर पछिल्ला नतिजाहरूका अनुसार उनको नेतृत्वमा रहेको गठबन्धन सरकारले ७७ ओटा सिट जितेको छ।

निर्वाचन आयोगद्वारा गरिएको सिट सङ्ख्या घोषणाको मतलब, गठबन्धनद्वारा प्रतिनिधि सभाका लागि सभामुख नियुक्त गर्न पनि सजिलो बनाउने भएको छ।

पूर्व प्रधानमन्त्री म्याल्कल्म टर्नबुलको सिटमा लिबरल उम्मेदवार डेभ शर्माले आफ्ना प्रतिद्वन्द्वी क्यारेन फेल्पसलाई झन्डै दुई हजार भोटका साथ पराजित गरेको बताइए पछि मोरिशन सरकारलाई स्वतन्त्र सांसदहरूको सहयोग नचाहिने देखिएको हो।

Kerryn Phelps to concede defeat in Wentworth to Dave Sharma
प्रधानमन्त्री मोरिशन (दे) वेंटवर्थका नव नियुक्त सङ्घीय सांसद डेभ शर्मा (दा)सँग Source: AAP

गए वर्षको अक्टोबर महिनामा तात्कालिन प्रधानमन्त्री म्याल्कल्म टर्नबुललाई हटाइए पछि पूर्वी सिड्नी सिट वेन्टवर्थमा आयोजना भएको उप-निर्वाचनमा स्वतन्त्र उम्मेदवार फेल्पस विजयी भएकी थिइन।

भर्खरै आफ्नो हार भएको स्वीकार गर्दै फेल्पसले संसद्मा कम समयको लागि रहेता पनि आफूले महत्त्वपूर्ण योगदान पुराएको बताइन।

हुलाक मार्फत पठाइएका भोटहरूको आधारमा आफ्नो जीत नहुने निश्चित भएपछि आफ्नो हार सुईकार गरेको पनि फेल्पसको भनाइ थियो।

पछिल्लो मत गणनाका अनुसार लिबरल गठबन्धनले संसद्को तल्लो सदनमा चिजल्म र बास निर्वाचन स्थलमा जीत हासिल गर्ने एबीसीका एन्थनी ग्रिन बताउँछन्।

उनका अनुसार बूथबीमा लेबर उम्मेदवारले आफ्नो हार पनि स्वीकार गरिसकेका छन्।

विपक्षी लेबर पार्टीले अहिले सम्म ६८ सिट जितेको छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now