कोभिड-१९: अस्ट्रेलियाका सबै स्कूलहरु खुला रहने प्रधानमन्त्रीको अडान

प्रधानमन्त्री स्कट मोरिशनले देशभरका स्कूलहरु बन्द गर्ने अहिले सरकारी योजना नरहेको बताएका छन्।

Principals are demanding the closure of all schools in Melbourne as the corona situation worsens

Principals are demanding the closure of all schools in Melbourne as the corona situation worsens Source: Getty Images

अस्ट्रेलियामा कोभिड-१९ कोरोनाभाइरसको सङ्क्रमण बढ्दै जाँदा देशभरका स्कूलहरु पनि बन्द गरिनुपर्ने माग हालको लागु नगर्ने घोषणा प्रधानमन्त्री स्कट मोरिशनले गरेका छन्।

कोरोनाभाइरस सम्बन्धि सङ्घीय सरकारको पछिल्लो कदम बारे आयोजना गरिएको पत्रकार सम्मेलनमा मोरिशनले उक्त घोषणा गरेका हुन्।

पत्रकारहरु समक्ष बोल्दै उनले अत्यावश्यक बाहेकका कुनै पनि गतिविधिका लागि १०० भन्दा बढी मानिसहरु एकै स्थानमा भेला हुन नपाउने पनि बताएका छन्। र खुला स्थानमा लागि उक्त सङ्ख्या ५०० मै रहेको छ।

तर पछिल्लो स्वास्थ्य सल्लाहका अनुसार स्कूले विद्यार्थीहरु घरमै बस्न परे त्यसले देशका ३० प्रतिशत सम्मका स्वास्थ्यकर्मीहरुलाई पनि आफ्ना छोराछोरीको हेरचाहका लागि घरमै बस्नु बाध्य बनाउने अवस्था सिर्जना हुने चिन्ता प्रधानमन्त्रीले व्यक्त गरे।

"यस्तो अवस्थामा स्वास्थ्यकर्मीहरु उपलब्ध नरहे, मानिसहरु प्रतिको कोरोनाभाइरसको खतरा झनै बढ्ने छ," उनले भने।

विद्यार्थीहरुलाई स्कूल पठाउने निर्णयले उनिहरु माथि खतरा सिर्जना नगराइएको बारे बुझ्न पनि जरूरी रहेको प्रधानमन्त्रीले बताए।

"अहिले स्कूलहरु बन्द गर्नुको मतलब, कोभिड-१९ को बढ्दो सङ्क्रमणका साथ् स्कूलहरु छ महिना सम्मको लागि पुनः संचालनमा आउन नसक्ने अवस्था रहन्छ।"

आफ्ना दुई छोरीहरुलाई पनि स्कूल पठाउन आफुलाई कुनै समस्या नरहेको जोड दिंदै अभिभावकहरुले खालि बिरामी रहेका आफ्ना सन्तानलाई मात्र स्कूल नपठाउने बारे सोच्नुपर्ने उनको भनाइ थियो।

संयुक्त राष्ट्रसंघको शिक्षा निकाय, युनेस्को, का अनुसार हाल विश्वभर १०२ राष्ट्रहरुले आफ्ना स्कूलहरु बन्द गराएका छन् जसबाट झन्डै ८५० मिलियन विद्यार्थीहरु प्रभावित भएका छन्।

कोरोनाभाइरसको प्रमुख लक्षणका रूपमा ज्वरो आउने, सुख्खा खोकी लाग्ने र घाँटी दुख्ने, थकान र सास लिन गाह्रो हुने सङ्घीय सरकारको स्वास्थ्य विभागको वेबसाइटमा उल्लेख छ।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो जीपीलाई फोन गरेर सम्पर्क गर्न वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्न अधिकारीहरूले सुझाएका छन्।

यदि तपाईँ सास फेर्न सङ्घर्ष गर्दै हुनुहुन्छ वा आपतकालिन स्वास्थ्य समस्यामा हुनुहुन्छ भने ००० (ट्रिपल जिरोमा) कल गर्नुहोस्।


2 min read

Published

Updated

By Maani Truu




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now