SKIP TO MAIN CONTENT

इतिहास मै पहिलो पटक अस्ट्रेलियाको सिनेटमा पुरुष र महिलाको सङ्ख्या बराबर हुने

लिबरल पार्टीकी सेरा हेन्डरसनको नियुक्तिसँगै, इतिहासमै पहिलो पटक सिनेटमा पुरुष र महिलाको सङ्ख्या समान हुनेछ।

Liberap MP Sarah Henderson
Victorian Liberal MP Sarah Henderson holds the electorate of Corangamite by a slender margin. Source: AAP

1 min read

Published



Skip to article content

भिक्टोरियाली लिबरल सेनेटर-निर्वाचित सेरा हेन्डरसन आफ्नो पार्टीबाट छनौट भए पछि यही बिहीबारको बिहानै शपथ ग्रहण गर्न सक्ने सम्भावना रहेको बताइएको छ।

बुधवार राती भिक्टोरिया राज्यको संसद्ले हेन्डरसन चयन भएको पक्का गरे पश्चात् क्यानबेरामा बाँकी औपचारिकता पुरा हुने पनि बताइएको छ।

मिच फाईफिल्ड संयुक्त राज्य अमेरिकाका लागि अस्ट्रेलियाका राजदूत नियुक्त भए पछि  हेन्डरसनले उनको स्थान लिन सफल भएकी हुन्।

यस अघि, उनी कोरंगामाईटका लागि लिबरल पार्टीलाई प्रतिनिधित्व गर्दै सङ्घीय सांसद र सङ्घीय सरकारमा सहायक मन्त्री पनि रही सकेकी छन्। तर, मे महिनामा भएको सङ्घीय निर्वाचनमा उनले निकै कम अन्तरले हारेकी थिइन।

सिनेटका अध्यक्ष स्कट रायनका अनुसार महिला र पुरुष सदस्यहरू बराबर सङ्ख्यामा हुनु माथिल्लो सदनका लागि ठुलो उपलब्धि हुनेछ।

"पहिलो पटक महिला र पुरुष बराबर सङ्ख्यामा," उनले सोमबार ट्विट गर्दै लेखेका थिए।

सङ्घीय संसद् अन्तर्गतको माथिल्लो सदन सिनेटमा ७६ जना सदस्य रहने कानूनी प्रावधान अस्ट्रेलियामा विद्यमान छ।

भिक्टोरियाले भने सन् १९५० मा लिबरल पार्टीकी आइभी वेजवुडको नियुक्ति सँगै पहिलो महिला सिनेट सदस्य हासिल गरेको थियो भने सेनेटमा पहिलो महिला - लेबर पार्टीकी डोरोथी ट्याङ्गनी थिइन। उनी सन् १९४३ मै सिनेटर नियुक्त भएकी थिइन्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now