राजधानी क्यानबेरा स्थित सङ्घीय संसद् भवनमा आफ्नो राजनीतिक कार्यकाल सुरु गर्न लागेका सांसदहरूका लागि ४६ औँ संसद् उनीहरूको जीवनको एक नयाँ पाना बन्ने निश्चित छ।
४६ औँ संसद्को लागि सत्तामा फर्किन सफल भएको मोरिशन सरकारका साथै विपक्षी लेबर पार्टी र अन्य साना पार्टीका र स्वतन्त्र सांसदहरू पनि आगामी हप्ता देखि बस्ने संसद्को तल्लो र माथिल्लो सदनका लागि राजधानी क्यानबेरा पुगिसकेका छन्।
तर यो हप्ता, संसद्का पुराना अनुहारहरूलाई भन्दा नयाँ अनुहारहरूका लागि विशेष रहेको छ।

२०१९ को यस नयाँ संसद्मा लिबरल गठबन्धनको तर्फ बाट १६ जना, लेबर पार्टीका ९ र २ स्वतन्त्र सांसदहरूले आफ्नो कार्यकाल सुरु गर्दै छन्।
यो हप्ता सभामुख टोनी स्मिथद्वारा ती नयाँ सांसदहरूलाई मतदाताको अपेक्षा अनुरूपका कार्य र व्यवहारबारे प्रशिक्षण दिइएको छ।
र विभिन्न राजनीतिक धारका ती सभासदहरुका लागि, संसद् प्रशिक्षणको पहिलो दिनको अनुभव भने समान नै रहेको देखिएको थियो।
डंकली सिटकी नव निर्वाचित लेबर सांसद पेटा मर्फीलाई संसद्को प्रवेश द्वार खोजिरहेको अवस्थामा पत्रकारहरूले भेटेका थिए।
अर्को तर्फ पूर्वी सिड्नी सिट वेन्टवर्थका लिबरल सांसद डेभ शर्मालाई चाहिँ आफ्नो स्कुलको पहिलो दिनको स्मरण गराएको थियो।
र उनको उत्तरी सिड्नी छिमेकी टोनी एबटलाई पराजित गर्न सफल वारिन्गा कि स्वतन्त्र संसद् ज़़ाली स्टेगलले चाहिँ आफू काम सुरु गर्न तत्पर रहेको बताइन।
प्रतिनिधि सभामा सम्पूर्ण नयाँ सांसदहरूलाई स्वागत गर्दै सभामुख टोनी स्मिथले चेम्बरमा यसरी उभिन पाउन मौका सबैले नपाउने भएकोले पनि उनीहरूको काम धेरै महत्त्वपूर्ण रहेको बताए।
र १२ सय ३ प्रतिनिधि सभा सदस्यहरू मध्येकि अस्ट्रेलियाली चिनिया समुदायमा इतिहास बनाउन सफल भएकी ग्लाडिस लू पनि रहेकी छिन्।
सङ्घीय संसद्को तल्लो सदनमा निर्वाचित हुने उनी पहिलो चिनिया अस्ट्रेलियाली महिला हुन्।

र यसले आप्रवासीहरूलाई पनि यो देशले अङ्गाल्न तयार रहेको प्रस्ट पार्ने लिबरल सांसद ग्लड़िस लू बताउँछिन्।
नयाँ संसद्मा नयाँ सांसदहरूको अनुहारका साथै अस्ट्रेलियाली राजनीतिमा अर्को एक विषयले पनि निकै चर्चा पाएको छ।
नयाँ चर्चा
यस अघिको वा ४५ औँ संसद्मा प्रधान मन्त्रीको पद बाट म्याल्कम टर्नबुललाई हटाउने जुन निर्णय भएको थियो।
उक्त विषयले पनि अहिले समाचारहरूमा स्थान पाइरहेको छ।
विशेष गरी टर्नबुललाई लिबरल पार्टी नेता पद बाट हटाउन सक्रिय भूमिका निभाएको आरोप लागेका गृह मामिला मन्त्री पिटर डटनले आफूलाई टर्नबुल सरकारमा उप नेता बनाउने प्रस्ताव आएको बताए पछि, उक्त विषय फेरी चर्चामा आएको हो।

स्काई समाचार द्वारा तयार पारिएको एक वृत्तचित्रमा पत्रकार डेभिड स्पीयर्ससँग कुरा गर्दै मन्त्री डटनले पार्टी नेता पदको लागि भएको मतदान पछि आफू समक्ष उक्त प्रस्ताव राखिएको बताए।
पिटर डटनको उक्त भनाइ लाई वाहियात भएको पूर्व प्रधान मन्त्री म्यल्कल्म टर्नबुलले बताएका छन् भने पूर्व उप नेत्री र विदेश मन्त्री पनि रहेकी जुली बिशपले चाहिँ उक्त विषय बारे टिप्पणी गर्न अस्वीकार गरिन।
त्यस्तै भनाइ व्यापार मन्त्री साइमन बर्मिङ्घमको पनि रहेको थियो।
उनले उक्त घटना बारे के भएको भन्ने कहिले थाहा नहुने भन्दै प्रश्नलाई पन्छाउने प्रयास गरेका थिए।
यो पनि पढ्नुहोस्

टर्नबुल एबट गृहयुद्ध जारी: डट्टन बने बलिको बोका




