वान नेसनको आप्रवासन योजनाको विश्वविद्यालय क्षेत्रले विरोध गरेको छ।
उक्त योजनाअन्तर्गत तीन वर्षमा लाखौँ अन्तर्राष्ट्रिय विद्यार्थी र स्नातकका लागि उपलब्ध ‘ग्र्याजुएट’ स्थानहरू कटौती गर्ने प्रस्ताव गरिएको छ।
पार्टी प्रमुख पलिन ह्यान्सनले आफ्नो योजना आम मानिसको चाहनाअनुसार रहेको बताएकी छन्।
तर, यसले अर्थतन्त्रमा ठूलो असर पार्नुका साथै सीपयुक्त जनशक्तिको अभाव बढाउन सक्ने भन्दै विश्वविद्यालय र उद्योग क्षेत्रका प्रतिनिधिहरूले चिन्ता व्यक्त गरेका छन्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईँले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौँ SBS Nepali का नाममा।





