SKIP TO MAIN CONTENT

नर्दन टेरोटेरीमा व्यावसायिक यौन कार्यलाई अब पूर्ण कानूनी मान्यता

अस्ट्रेलियाको उत्तरी राज्य - नर्दन टेरोटेरीको संसद्ले व्यावसायिक यौन कार्यलाई अपराध ठहर नहुने गरी पूर्ण रोजगारीको मान्यता दिएको छ।

Northern Territory Health Minister Natasha Fyles.
Northern Territory Health Minister Natasha Fyles. Source: AAP

2 min read

Published

Updated



Skip to article content

नर्दन टेरोटेरीको संसद्द्वारा व्यावसायिक यौन कार्यलाई पूर्ण रोजगारीको मान्यता दिने एक प्रस्ताव पारित गरेको हो।

यसका साथै, व्यावसायिक रूपमा चलाएका यौन जन्य संस्थाहरूमा कार्यरत यौन कर्मीहरूले रोजगारीका अन्य क्षेत्रहरूमा पाउने पेशागत सेवा तथा सुविधा पाउने भएका छन्।

अब कानुनको परिधि भित्र रहेर व्यावसायिक रूपमा सञ्चालन भएका यौन सेवा दिने संस्थामा काम गर्नेहरूले पनि पेशागत स्वास्थ्य तथा सुरक्षा, कामदारले पाउने क्षतिपूर्ति, कर एवं भेदभाव सम्बन्धी विभिन्न सुविधाहरू प्राप्त गर्ने बताइएको छ।

“राज्यमा बस्ने सबैजनाले आ-आफ्नो कार्यस्थलमा सुरक्षित महसुस गर्न पाउनुपर्छ। नर्दन टेरोटेरीमा यौन कर्मी बन्नु एउटा मान्यता प्राप्त पेसा भएता पनि उनीहरूले आजको मितिसम्म पेशागत रूपमा पाउनुपर्ने सुविधाहरूबाट वञ्चित थिए र उनीहरूसँग थोरै मात्र अधिकारहरू थिए,” राज्यकी महान्यायाधिवक्ता नताशा फायल्सले भनिन्।

नर्दन टेरोटेरीमा कार्यरत यौन कर्मीहरूको स्वास्थ्य सुधार्न र उनीहरूलाई सुरक्षाको प्रत्याभूति दिन उक्त विधेयक पारित गरिएको उनले बताइन।

“म मान्छु कि यो विधेयक र त्यसपछिको छलफल कसैकसैका लागि अलिक द्वन्दपूर्ण विषय थियो, तर यौन कर्मीहरूको स्वास्थ्य र सुरक्षाका लागि अपरिहार्य।”

यसभन्दा अघि उक्त राज्यमा रहेका यौन कर्मी सम्बन्धी विद्यमान रहेको कानूनका केही पक्षहरू एक आपसमा बाझिएर रहेका बताइएको छ।

भर्खरै पारित उक्त कानुनको पाँच वर्ष पछि पुनः समीक्षा हुनेछ भने दक्षिणी राज्य भिक्टोरियामा आगामी वर्ष यस्तै एक कानूनको पुनरावलोकन हुने बताइएको छ। 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now