SKIP TO MAIN CONTENT

प्रसिद्ध सकरूज खेलाडी टम रोजिक नेपाल विरुद्धको खेलमा सहभागी नहुने

क्यानबेरामा जन्मिएका सकरूज खेलाडी टम रोजिक नेपाल र ताइवान विरुद्धको खेलमा पनि सहभागी हुने छैनन्।

Socceroos AFC Asian Cup Tom Rogic Jordan
Socceroos playmaker Tom Rogic in action against Jordan Source: Getty Images

2 min read

Published

Updated

By SBS Nepali

Source: AAP, SBS



Skip to article content

अस्ट्रेलियाली राष्ट्रिय फुटबल टोलि सकरूजका मिडफिल्डर टम रोजिक आगामी महिना हुने नेपाल विरुद्धको खेलमा सहभागी नहुने भएका छन्।

गए बुधबार आफ्नो स्कटिश क्लब सेल्टिकको ५ -० को जीतमा २६ वर्षीय रोजिकले पनि एक गोल गरका थिए।

घुँडाको सफल शल्यक्रिया पछि पहिलो एघारमा परेका रोजिकले सेल्टिकको लागि पुरै ९० मिनेटनै खेलेता पनि, अस्ट्रेलियाली राष्ट्रिय टोलिका आगामी खेलहरुमा भने उनि सहभागी हुने छैनन्।

सकरूजका प्रशिक्षक ग्रेहाम आर्नोल्डसँगको सहमतिका साथ उनि नेपाल र ताइवान विरुद्ध मैदानमा ओर्लिने छैनन्।

Graham Arnold
Australian Coach Graham Arnold Source: NurPhoto

न्युज कोर्पसँग कुरा गर्दै आर्नोल्डले भने कि गए वर्ष चोटका कारण प्रभावित भएका रोजिकसँग आफु नियमित सम्पर्कमा रहेका छन्।

“उनि भर्खर मैदानमा फर्किंदै छन् र महत्वपूर्ण रहने आगामी वर्षका खेलहरुका लागि उनले आफुलाई तयार गर्दैछन्”, आर्नोल्डले भने।

यस महिनाको सुरुमा अस्ट्रेलियाको जीत भएको कुवेत विरुद्धको पहिलो छनौट खेलमा पनि सहभागी भएका थिएनन्।

उक्त खेलमा ३ -० ले अस्ट्रेलिया विजयी भएको थियो।

अर्को तर्फ विश्व कप छनौट अन्तर्गतको खेलमा नेपाल कुवेत विरुद्ध ७ – ० ले पराजित भएको थियो भने नेपालले ताइवानलाई २ – ० ले पराजित गरेको थियो।

सन् २०२२ मा कतारमा हुने फिफा विश्व कप र २०२३ मा चीनमा हुने एएफसी एसियन कपको लागि एकै पटक हुन लागेको उक्त छनौट खेल आगामी अक्टोबर १० मा क्यानबेरामा आयोजना हुँदै छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now