SKIP TO MAIN CONTENT

दक्षिण अस्ट्रेलियाबाट हराएका निश्चल घिमिरेको खोजीमा प्रहरी सक्रिय

दक्षिण अस्ट्रेलियाको ग्लेनेल्ग बिच बाट २२ वर्षीय एक नेपाली निश्चल घिमिरे हराएको दक्षिण अस्ट्रेलियाको प्रहरीले जनाएको छ। एडिलेडको क्लेरेन्स पार्कमा बसोबास गर्दै आएका निश्चल बिहीबार ४ बजे देखि सम्पर्कमा नआएको प्रहरीले जारी गरेको सूचनामा जनाइएको छ।

Nishchal Ghimire has not seen since Thursday afternoon
Source: SA Police Facebook

1 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

उनलाई अन्तिम पटक हिजो दिउँसो ४ बजे एडिलेड बाट ६ किलोमिटर दक्षिण पश्चिममा पर्ने एडवार्डशन सबर्ब बाट आफूले हेरचाह गर्दै आएका एक बच्चालाई गाडीमा लगेको देखिएको थियो।

आज बिहान १२:३० मा निश्चल र ती बालक दुवै हराएको भनी प्रहरीलाई सूचित गरिएको जनाइएको छ।

बालकलाई लिएर ग्लेनल्ग बिच तर्फ गएको र त्यहाँबाट नफर्किए पछि मध्यरातमा प्रहरीहरूलाई खबर गरिएको थियो।

बालकलाई स्थानीयहरूले उत्तरी ग्लेनल्ग को इस्प्लानेड सबर्बमा भौतारी रहेको भेटेपछि प्रहरीको जिम्मा लगाएका थिए।

बालक परिवारका साथ सुरक्षित रहेको भएता पनि उनीसँगै गएका निश्चललाई राति नै प्रहरीद्वारा जल, हवाई र पैदल माध्यमबाट खोजी गरिएता पनि उनलाई फेला पार्न सकिएन।

बालकलाई भेटिएको समयमा उनको अवस्था हेर्दा दुवैले बिचमा पौडी खेलेको हुन सक्ने देखिएको छ।

हराइरहेका निश्चलको सेतो रङ्गको मित्सुबिशी कल्ट गाडी किनारमा पार्क गरी राखिएको थियो।

टि- सर्ट , पाइन्ट र चस्मा लगाएका घिमिरेलाई यदि कसैले ग्लेनल्ग बिच आसपास देखेको वा उनी कहाँ भएको भन्ने बारे कुनै जानकारी भए तुरुन्त १३१४४४ मा फोन गर्न प्रहरीले अपिल गरेको छ।

Click here to read in English language.

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now