SKIP TO MAIN CONTENT

सिड्नीका एक विद्यार्थीमा कोरोना सङ्क्रमण पुष्टि पश्चात उक्त कलेजका सबै विद्यार्थीलाई घर फर्काइँदै

पूर्वी सिड्नीको एक कलेजमा अध्ययनरत एक विद्यार्थीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भए पछि उक्त कलेजले अभिभावकहरूलाई आफ्नो बालबच्चालाई घर लैजान भनेको छ।

Representational picture of students going to school in Australia.
Representational picture of students going to school in Australia. Source: AAP

1 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

पूर्वी सिड्नीको वेभर्ली कलेजमा मङ्गलवार बिहान एक विद्यार्थीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भए पछि कलेजले विद्यार्थीहरूलाई घर फर्काउने भएको हो।

न्यु साउथ वेल्समा गत सोमबार देखि विद्यार्थीहरू फुल टाइम विद्यालय फर्कन थालेका थिए।

कलेजलाई राम्रो सँग सरसफाइ गर्नका लागी कलेज बन्द गराएर विद्यार्थीहरूलाई घर फर्काइएको उक्त कलेजकी प्रवक्ताले एसबीएस न्युजलाई बताइन।

दुई महिना लामो कोभिड -१९ सम्बन्धी प्रतिबन्धका कारण घरबाट नै पढ्न बाध्य ८ लाख विद्यार्थीहरू विद्यालय फर्किएको दुई दिनकै अवधिमा उक्त क्याथोलिक ब्वोइज स्कुलमा सङ्क्रमण देखिएको हो।

गत हप्ता मात्र सिड्नी कै एक निजी क्याथोलिक विद्यालयको एक विद्यार्थीमा पनि सङ्क्रमण पुष्टि हुँदा विद्यालय बन्द गराइएको थियो।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now