SKIP TO MAIN CONTENT

सिड्नीमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको आर्थिक शोषण: रिपोर्ट

सिड्नीका अन्तर्राष्ट्रिय विद्यार्थीहरू आफ्ना घरघनीहरुबाट आर्थिक शोषणको सिकार भैइरहेको एक रिपोर्टले जनाएको छ।

Chinese international student came to Australia
Chinese international student Source: SBS News

2 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

न्यु साउथ वेल्स विश्वविद्यालयको ह्युमन राइट्स क्लिनिकद्वारा प्रकाशित ‘नो प्लेस लाइक होम’ रिपोर्टका अनुसार सिड्नीका घरधनीहरूले व्यापक रूपमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको आर्थिक शोषण गरिरहेका छन्।

सिड्नीका विभिन्न विश्वविद्यालयहरूमा अध्यनरत अन्तर्राष्ट्रिय विद्यार्थी सम्मिलित थुप्रै ‘फोकस ग्रुप’, कानुनी सेवा प्रदायक र विश्वविद्यालयका आवास सल्लाहकारहरूको प्रतिक्रियामा उक्त प्रतिवेदन आधारित रहेको छ।

साथै, उक्त विश्वविद्यालयको किङ्गस्फोर्ड लिगल सेन्टरले सन् २०१७को अक्टोबर देखि सन् २०१८को अप्रिल बिच प्रशोधन गरिएको तथ्याङ्कलाई पनि उल्लिखित रिपोर्टले आफ्नो आधार बनाएको छ।

Many Nepali international students are facing different issues in Australia
Many Nepali international students are facing different issues in Australia Source: Getty Images/gawrav

रिपोर्टमा के छ ?

कथित रूपमा छलकपट गर्ने ती घरधनीहरूले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई भाडामा आवास उपलब्ध गराउँदा राम्ररी कानुनी कागजपत्र बनाउन नमान्ने, उनीहरूबाट अत्यधिक बण्ड लिने लगायत अचानक घर-भाडा बढाइदिने जस्ता गतिविधिमा संलग्न भएको उक्त प्रतिवेदनले पाएको छ।

उचित छात्रवासको अभाव खट्किरहेको सिड्नीमा, कतिपय घरधनीहरूले नयाँ आउने अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई अस्ट्रेलियामा उपलब्ध कानुनी अधिकारबारे ज्ञान नहुने कुराको फाइदा उठाउँदै उनीहरूको आर्थिक शोषण गर्ने गरेको पनि उक्त रिपोर्टमा उल्लेख छ।

“धेरै अन्तर्राष्ट्रिय विद्यार्थीहरूले घरधनीको प्रमाण बिना नै ‘अनलाइन’ विज्ञापन मार्फत भेटिएका मानिसहरूलाई अग्रिम घर भाडा बुझाउने गरेको हामीले पाएका छौँ,” उक्त रिपोर्ट लेख्ने टोलीका एक सदस्य मारिया नवाजले बताइन्।

‘अनलाइन’ विज्ञापनहरूमा देखाइएको भन्दा निकै खराब अवस्थामा ती आवासहरू बारे विद्यार्थीले सिड्नी आएपछि मात्र वास्तविकता बुझ्ने बताउँदै नवाज थप्छिन्, “उनीहरू यहाँ आएपछि जब कुनै समस्यामा पर्छन्, राम्रो कागज नगरेका कारण कानुनी रूपमा निकै कमजोर हुन्छन् र उनीहरूलाई मद्दत दिलाउन निकै कठिन हुन्छ।”

रिपोर्टमा उल्लिखित प्रमुख मुद्दाहरू

उक्त रिपोर्टका अनुसार विद्यार्थीहरूले भोग्ने गरेको प्रमुख समस्याहरूमा घरधनीद्वारा निकै ठुलो धनराशिको बण्ड, कानूनले तोके भन्दा बढी घरभाडाको अग्रिम भुक्तानी माग, बिना कुनै पूर्व सूचना अचानक घरभाडामा वृद्धि र बिजुली बत्ती, पानी, इन्टरनेट लगायतका सामान्य सुविधा बापत एकदमै चर्को शुल्क छन्।

यसका साथै, उक्त प्रतिवेदनले “शेयर हाउस”मा बस्न विद्यार्थीहरूले बण्ड बापतको रकम घरधनीलाई बुझाउँदा त्यस बापत कुनै किसिमको रसिद नपाएको र अरूसँग मिलेर बस्ने अवस्थामा तलमाथि हुँदा वा तत्काल त्यस्ता आवास छाडेर अन्यत्र जानु परेमा उचित कागजपत्रको अभावका कारण न्यु साउथ वेल्सको कानुन अनुसारको सहयोग पाउन असमर्थ रहने गरेका छन्।

कति विद्यार्थी?

उक्त रिपोर्टमा जनाइए अनुसार सन् २०१८ मा मात्र अस्ट्रेलियाभर रेकर्ड तोड ५४८,००० अन्तर्राष्ट्रिय विद्यार्थीहरू थिए।

त्यसै गरी सिड्नी सिटी काउन्सिल अन्तर्गतको मुख्य क्षेत्रमा मात्र ३५,००० अन्तर्राष्ट्रिय विद्यार्थीहरू रहेको पनि उक्त प्रतिवेदनले जनाएको छ।

गत अप्रिल महिना जारी गरिएको यस वर्षको सरकारी तथ्याङ्क हेर्ने हो भने अन्तर्राष्ट्रिय विद्यार्थीहरू उक्त सङ्ख्या ६१२,८४९ पुगेको जसमा ७ प्रतिशत हिस्सा नेपालबाट अस्ट्रेलिया अध्यनका लागि आउनेहरूले ओगटेका छन्।

International Students in Australia in 2019
Source: Department of Education

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now