मङ्लबार अबेर तास्मानियाको माथिल्लो सदनका सदस्यहरूले प्रतिनिधि सभाबाट गरिएका सशोधनहरुलाई अनुमति दिए पछि स्वैच्छिक सहयता मृत्युको बिधयक पारित भएको हो ।
तल्लो सदनले ५ मार्चमा छका विरुद्ध १६ मतले यसलाई अनुमोदन गरेको थियो ।
कानुनलाई मान्यता दिने मुठीभर लिबरल सांसद मध्ये, राज्यका प्रिमीयर पिटर गट्विन पनि परेका छन् ।
उक्त कानुन व्यवहारमा लागू हुन १८ महिना लाग्ने बताइएको छ ।
तास्मेनियाको संसद्मा यो सम्बन्धी कानुन प्रस्तावित भएको यो चौथो पटक हो ।
लिबरल सदस्यहरूलाई उक्त विधेयक बारे आफ्नो मनको कुरा सुनेर भोट हाल्न अनुमति दिइएको थियो ।

Source: AAP
निको नहुने, जटिल, गम्भीर प्रकारका रोग लागेका र केही समय भित्रै मरण पक्का भएका मानिसहरूले आफ्नो जीवन अन्त्यका लागि अपिल गर्न सक्नेछन् ।
यसै प्रकारका कानुन वेस्टर्न अस्ट्रेलिया र भिक्टोरियामा यस अघि नै लागु भइसकेको छ ।
विधेयक पेस गरेका स्वतन्त्र सांसद माइक ग्याफ्नीले यो प्रक्रियामा सहभागी हुँदा आफू निकै खुसी भएको बताए ।
“यसले अत्यन्तै पिडामा बाचेका तास्मेनियालीहरुलाई आफ्नो जीवन अन्त्य गर्ने अधिकार दिनेछ,” उनले भने ।
आफ्नी आमाको मृत्यु पछि दिदी-बहिनी ज्याकी र न्याट्ली ग्रेले स्थापना गरेको संस्था - योर च्वाईस तास्मेनियाको फेसबुक पोस्ट मार्फत एक सन्देशमा यसबारे भनिएको छ "यो विरासत हाम्रा ती सबै प्रियजनहरूको हो, जो यस प्रकारको सहृदयी इच्छा मृत्युको अवसर बिना नै बिते।"
गो जेन्टल अस्ट्रेलिया नामक इच्छा मरणको वकालत गर्ने एक संस्थाले यस कोसेढुंगालाई एक महत्त्वपूर्ण कदमका रूपमा लिएको बताएको छ।
तास्मेनिया इच्छा मृत्युलाई मान्यता दिने तेस्रो राज्य बन्दै गर्दा अब अन्य राज्यमा पनि यस बारेमा चर्चा सुरु भएको छ।
क्विन्सल्यान्डकी प्रिमियर एनेस्टेसिया पलाशेले स्वेच्छीक मृत्युको लागि सहायता प्रदान गर्ने बारे विषयमा मतदान गराइने प्रतिबद्धता गरेकी छन् भने न्यु साउथ वेल्स र साउथ अस्ट्रेलियामा पनि नयाँ कानुन प्रस्ताव गरिएका छन् ।
त्यसै गरी, केही सङ्घीय सांसदहरूले अस्ट्रेलियन क्यापिटल टेरिटरी - एसीटीमा यस्तो अधिकार पुनर्स्थापनाको माग गरेका छन् र नर्दन टेरिटोरीमा भने यस प्रकारको कानुन बनाउने अधिकार सन् १९९७ मा सङ्घीय सरकारले खोसे पछि स्वैच्छिक मरणको आफ्नै ऐन बारे पुनः निर्णय गर्ने बताइएको छ।
यो पनि पढ्नुहोस

उपेक्षाले एक्लो बनाएको एज्डकेयर क्षेत्र