SKIP TO MAIN CONTENT

इच्छा मृत्युलाई अनुमति दिने तास्मेनीया अस्ट्रेलियाको तेस्रो राज्य

माथिल्लो सदनले अनुमति दिएपछि,तास्मेनिया इच्छा मृत्युलाई कानुनी मान्यता दिने अस्ट्रेलियाको तेस्रो राज्य बनेको छ ।

Tasmanian Premier and Treasurer Peter Gutwein delivering the 2020-21 Tasmanian Budget in state Parliament in Hobart, Thursday, November 12, 2020. (AAP Image/Chris Crerar) NO ARCHIVING
Tasmanian Premier Peter Gutwein delivering the in state Parliament in Hobart Source: AAP

2 min read

Published

Updated

By SBS News

Presented by Krishna Pokhrel

Source: SBS



Skip to article content

मङ्लबार अबेर तास्मानियाको माथिल्लो सदनका सदस्यहरूले प्रतिनिधि सभाबाट गरिएका सशोधनहरुलाई अनुमति दिए पछि स्वैच्छिक सहयता मृत्युको बिधयक पारित भएको हो ।

तल्लो सदनले ५ मार्चमा छका विरुद्ध १६ मतले यसलाई अनुमोदन गरेको थियो ।

कानुनलाई मान्यता दिने मुठीभर लिबरल सांसद मध्ये, राज्यका प्रिमीयर पिटर गट्विन पनि परेका छन् ।

उक्त कानुन व्यवहारमा लागू हुन १८ महिना लाग्ने बताइएको छ ।

तास्मेनियाको संसद्मा यो सम्बन्धी कानुन प्रस्तावित भएको यो चौथो पटक हो ।

Tasmania has voted to legalise euthanasia.
Source: AAP

लिबरल सदस्यहरूलाई उक्त विधेयक बारे आफ्नो मनको कुरा सुनेर भोट हाल्न अनुमति दिइएको थियो ।

निको नहुने, जटिल, गम्भीर प्रकारका रोग लागेका र केही समय भित्रै मरण पक्का भएका मानिसहरूले आफ्नो जीवन अन्त्यका लागि अपिल गर्न सक्नेछन् ।

यसै प्रकारका कानुन वेस्टर्न अस्ट्रेलिया र भिक्टोरियामा यस अघि नै लागु भइसकेको छ ।

विधेयक पेस गरेका स्वतन्त्र सांसद माइक ग्याफ्नीले यो प्रक्रियामा सहभागी हुँदा आफू निकै खुसी भएको बताए ।

“यसले अत्यन्तै पिडामा बाचेका तास्मेनियालीहरुलाई आफ्नो जीवन अन्त्य गर्ने अधिकार दिनेछ,” उनले भने ।

आफ्नी आमाको मृत्यु पछि दिदी-बहिनी ज्याकी र न्याट्ली ग्रेले स्थापना गरेको संस्था - योर च्वाईस तास्मेनियाको फेसबुक पोस्ट मार्फत एक सन्देशमा यसबारे भनिएको छ "यो विरासत हाम्रा ती सबै प्रियजनहरूको हो, जो यस प्रकारको सहृदयी इच्छा मृत्युको अवसर बिना नै बिते।"

गो जेन्टल अस्ट्रेलिया नामक इच्छा मरणको वकालत गर्ने एक संस्थाले यस कोसेढुंगालाई एक महत्त्वपूर्ण कदमका रूपमा लिएको बताएको छ।

तास्मेनिया इच्छा मृत्युलाई मान्यता दिने तेस्रो राज्य बन्दै गर्दा अब अन्य राज्यमा पनि यस बारेमा चर्चा सुरु भएको छ।

क्विन्सल्यान्डकी प्रिमियर एनेस्टेसिया पलाशेले स्वेच्छीक मृत्युको लागि सहायता प्रदान गर्ने बारे विषयमा मतदान गराइने प्रतिबद्धता गरेकी छन् भने न्यु साउथ वेल्स र साउथ अस्ट्रेलियामा पनि नयाँ कानुन प्रस्ताव गरिएका छन् । 

त्यसै गरी, केही सङ्घीय सांसदहरूले अस्ट्रेलियन क्यापिटल टेरिटरी - एसीटीमा यस्तो अधिकार पुनर्स्थापनाको माग गरेका छन् र नर्दन टेरिटोरीमा भने यस प्रकारको कानुन बनाउने अधिकार सन् १९९७ मा सङ्घीय सरकारले खोसे पछि स्वैच्छिक मरणको आफ्नै ऐन बारे पुनः निर्णय गर्ने बताइएको छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now