विश्वभर कोरोनाभाइरसका कारण दस लाखको मृत्यु

महामारी सुरु भएको नौ महिना मात्र बित्दा, भाइरसले लाखौँ मानिसहरुको ज्यान लिनुका साथै विश्व अर्थतन्त्रलाई तहसनहस र दैनिक जीवन यापनका तरिकाहरुमा पनि परिवर्तन गर्न बाध्य बनाएको छ।

Nurse Cristina Settembrese fixes two masks to her face during her work shift in the COVID-19 ward at the San Paolo hospital in Milan, Italy, April, 2020.

Nurse Cristina Settembrese fixes two masks to her face during her work shift in the COVID-19 ward at the San Paolo hospital in Milan, Italy, April, 2020. Source: AAP

कोरोनाभाइरसका कारण विश्वभर दस लाख मानिसहरुको मृत्यु हुँदा, उक्त भाइरसलाई नियन्त्रणमा ल्याउन आर्थिक लगानी बढाइनुपर्ने माग स्वास्थ्य सम्बन्धि अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरुले गरेका छन्।

विशेष गरि धनी र गरिब देशहरु बीच रहेको आर्थिक असमानताका कारण भाइरस नियन्त्रणमा समस्या सिर्जना हुनसक्ने चिन्ता पनि ती संस्थाहरुको रहेको छ। 

हालै विश्व स्वास्थ्य संगठन द्वारा गरिएको एक घोषणाका अनुसार निम्न र मध्यम आय रहेका राष्ट्रहरुमा कोरोनाभाइरस परिक्षण गर्ने १२० मिलियन ओटा "र्यापिड टेस्टिङ्ग किट" उपलब्ध गराइने छ। तर उक्त योजना लागु गराउन चाहिने रकम चाहिं अझै उपलब्ध नरहेको बताइएको छ।

The Taj Mahal has reopened after a six-month closure in Agra, India.
A paramilitary soldier wearing a mask stands guard as the Taj Mahal monument is reopened after being closed for more than six months in Agra, India. Source: AP

महामारी अन्त्यको लागि काम गर्ने एक अन्तर्राष्ट्रिय निकाय, ग्लोबल फण्ड, का कार्यकारी प्रमुख पिटर स्याण्ड्स भन्छन कि उनको संस्थाले कोभिड-१९ विरुद्धको प्रारम्भिक प्रयासका लागि पांच करोड डलर उपलब्ध गराउने छ।

"यसले गरिब राष्ट्रहरुलाई पनि कोरोनाभाइरस विरुद्ध धनी राष्ट्रहरुको समान काम गर्न सहयोग गर्ने," उनि बताउछन्।

अक्टोबर महिना देखि, आगामी छ महिना सम्म, अफ्रिकी र ल्याटिन अमेरिकी राष्ट्रहरुमा पांच अमेरिकी डलर सम्मको शुल्कमा कोरोनाभाइरस परिक्षण गराउन सकिने छ।

People wearing masks are seen near Umeda Station in Osaka, Japan.
The global coronavirus death toll has passed one million. Source: Yomiuri Shimbun

र अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पले पनि आफ्ना देशवासीहरुका लागि १५० ओटा र्यापिड टेस्टिङ्ग किट वितरण गरिने घोषणा गरेका छन्। साथै आगामी केहि हप्तामा सुरु गरिने उक्त वितरण पछि हाल संयुक्त राज्यमा हुने कोरोनाभाइरस परिक्षणको संख्या दोब्बर हुने उनको भनाइ छ।

"जोखिममा रहेका समुदायहरुका लागि पांच करोड परिक्षण किट उपलब्ध गराइने छ, जसमध्ये १८ करोड ओटा किट नर्सिङ्ग होमहरुलाई र झन्डै १० लाख किट चाहिं प्रायः अफ्रिकी अमेरिकी समुदायहरुको उपस्थिति रहने स्कूल र कलेजहरुलाई पनि प्रदान गरिने छ," ट्रम्पले भने।

एबट एण्ड एसडी बायोसेन्सर नामक औषधि संस्था द्वारा उत्पादन गरिएको उक्त परिक्षण किट सस्तो र प्रयोग गर्न सजिलो रहेको पनि बताइएको छ।

अधिकारीहरुका अनुसार हाल प्रयोग गरिने कोभिड-१९ परिक्षण किटहरु चाहिं जांचको लागि प्रयोगशालाहरु पठाइनु पर्ने जसका कारण कसैलाई कोरोनाभाइरस लागेको छ कि भन्ने पत्ता लगाउन केहि दिन सम्म पनि लाग्ने अवस्था रहेको छ।

हाल दैनिक सङ्क्रमण संख्या ४० हजार भन्दा बढी रहंदा, आगामी जाडो महिनाहरुमा संयुक्त राज्यमा कोरोनाभाइरस सङ्क्रमणको दर झनै बढ्नसक्ने चिन्ता पनि व्यक्त गरिएका छन्।

नेपालमा हाल झन्डै ७५ हजार जना कोरोनाभाइरस बाट सङ्क्रमित हुनुका साथै ४८० भन्दा बढीको उक्त भाइरसका कारण मृत्यु भएको छ।

A man dressed in a protective suit sprays disinfectants onto a public bus as a preventive measure against the spread of Coronavirus (COVID-19) in Nepal.
A man dressed in a protective suit sprays disinfectants onto a public bus as a preventive measure against the spread of Coronavirus (COVID-19) in Nepal. Source: Sipa USA Sujan Shrestha / SOPA Images/Sip

विश्व अर्थतन्त्रमा परेको असर

युरोपेली अर्थतन्त्रको उदाहरण दिंदै, एक जर्मन अर्थशास्त्री कार्स्टेन ब्रिजेस्की भन्छन कि कोरोनाभाइरसको पहिलो लहर पछि विश्व अर्थतन्त्रमा सिमित सुधारहरु मात्र देखिएका छन्।

अर्थतन्त्रका केहि भागहरुमा चाहिं व्यापाक सुधार भएता पनि पर्यटन र कला जस्ता क्षेत्र चाहिं प्रभावित नै रहने उनको भनाइ छ।

सन् २०२१ साल सम्ममा कोरोनाभाइरस विरुद्धको खोप उपलब्ध रहेता पनि भौतिक दुरीका नियमहरु कायम रहने भएकोले पनि आर्थिक असर पर्नसक्ने उनी बताउँछन्।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

 

 


3 min read

Published

Updated

By SBS Nepali

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now