SKIP TO MAIN CONTENT

मङ्कीपक्स विश्वव्यापी स्वास्थ्य आपत्काल भएको विश्व स्वास्थ्य सङ्गठनको घोषणा

विश्व स्वास्थ्य सङ्गठनले मङ्कीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपत्काल भएको घोषणा गरेको छ। ७५ राष्ट्रहरूका १६ हजार भन्दा बढीमा मङ्कीपक्स सङ्क्रमण देखिएको भन्दै सङ्गठनले रोग सम्बन्धमा गर्ने सबैभन्दा उच्च तहको चेतावनी जारी गरेको हो।

In this photo illustration, the word Monkeypox virus seen through a magnifying glass with a photo highlighted. It is a viral disease that occurs mainly in central and western Africa
Source: AAP IMAGES

1 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

बिहीबार २१ जुलाई मा बसेको सङ्गठनको विश्व स्वास्थ्य आपत्कालीन समितिको दोस्रो बैठकपछि मङ्कीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरिएको हो। 

 

विश्व स्वास्थ्य सङ्गठनले अहिले यस बाहेक अन्य दुई अवस्थालाई विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको छ। जसमा कोरोनाभाइरस महामारी र पोलियो लाई उन्मुलन गर्ने निरन्तरको प्रयास रहेका छन्। 

 

सङ्गठनका महानिर्देशक टेड्रस अड्हानम गेब्रियसस् ले  कसरी यो भाइरस यति छिटो फैलियो भन्ने बारे पत्ता लगाउन अधिकारीहरू प्रयासरत रहेको बताएका छन्। 

 

"मैले निर्णय गरेको छु कि विश्वव्यापी मङ्कीपक्स सङ्क्रमण सार्वजनिक स्वास्थ्यमा आपत्कालिन विश्वव्यापी चिन्ता बनेको छ।  अहिले ७५ वटा राष्ट्र तथा टेरिटरीहरूमा  १६ हजार भन्दा बढी मामिलाहरू र पाँच मृत्यु दर्ता गरिएको छ। "

 

उनले विश्व स्वास्थ्य सङ्गठनको जाँचमा  युरोपियन क्षेत्र बाहेक विश्वका अन्य क्षेत्रहरूमा मङ्कीपक्सको जोखिम मध्यम रहेको बताएका छन्। 

 

युरोपियन क्षेत्रमा भने यसको जोखिम उच्च रहेको पाइएको छ। 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now