SKIP TO MAIN CONTENT

अमेरिकी राष्ट्रपतीय चुनावमा जो बाइडेनको जीत औपचारिक रूपमा सुनिश्चित

जो बाइडेन अमेरिकाको आउँदो राष्ट्रपति हुने निश्चित भएको छ। क्यालिफोर्नियाबाट ५५ इलेक्टोरल कलेज भोट प्राप्त भए पछि उनले २७० मतको मापदण्डलाई पूरा गरेका हुन्।

President-Elect Joe Biden Visits Pennsylvania Hospital For 2-Week Routine Follow Up On Foot Injury
President-elect Joe Biden Source: Getty

2 min read

Published

Updated

By Dinita Rishal

Source: Reuters, SBS



Skip to article content

डेमोक्रेटिक पार्टीका जो बाइडेनले सोमबार (स्थानीय समय अनुसार) प्रत्येक राज्यमा गरिने इलेक्टोरल कलेज भोटमा विजयी हासिल गरे पछि उनी संयुक्त राज्य अमेरिकाको राष्ट्रपछि बन्ने औपचारिक रूपमा  निश्चित भएको छ।

 

क्यालिफोर्नियाका ५५ इलेक्टोरल कलेज मतहरू बाइडेनको पक्षमा भए पछि व्हाइट हाउसका लागि आवश्यक पर्ने २७० मतको मापदण्डलाई उनले नाघेका हुन्। 

 

नोभेम्बरमा भएको नतिजा अनुसार पूर्व उप राष्ट्रपति बाइडेनको पक्षमा ३०६ चुनावी कलेज मतहरू छन् भने ट्रम्पको पक्षमा २३२ मतहरू छन्। 

कमला ह्यारिस र जो बाइडेनले आउँदो जनवरी महिनाको २० तारिखदेखि औपचारिक रूपमा उपराष्ट्रपति र राष्ट्रपतिको काम गर्न थाल्ने छन्।

 

एरिजोना, जर्जिया, मिशिगन, नेभाडा, पेन्सिलभेनिया र विस्कॉन्सिन राज्यहरूमा ट्रम्पले चुनावी प्रक्रियालाई दोहोराउन खोजेका थिए, तर ती राज्यका बासिन्दाहरूले बाइडेनको पक्षमा मतदान गरेका छन्। 

 

मतदानका नतिजा झुठो भएको भनी ट्रम्पले दाबी गर्दै आएकाले पछिल्ला इलेक्टोरल कलेजका मतहरू निकै महत्त्वपूर्ण मानिएका छन्। 

Polls are officially open in the US presidential election, fought between incumbent Donald Trump and challenger Joe Biden.
Polls are officially open in the US presidential election, fought between incumbent Donald Trump and challenger Joe Biden. Source: SBS News

अस्ट्रेलियाली समय मङ्गलवार बिहान ११:३० मा विजेता बाइडेनले आफ्नो वक्तव्य दिँदै अमेरिकीहरूलाई ट्रम्पको युग पछि अब अर्को पृष्ठमा प्रवेश गर्ने समय भएको बताए। 

 

"यस राष्ट्रमा प्रजातन्त्रको ज्वाला लामो समय अघि बलेको थियो।", उनले भने। "र हामीलाई थाहा छ कि, कुनै महामारी र सत्ताको गलत दुरुपयोगले त्यस ज्वालालाई निभ्न दिने छैन।"

 

"अमेरिकाको यस कठिन मार्गमा, प्रजातन्त्रको जित भएको छ।"


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now