अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानियामा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी श्रीमती मेलानिया दुवै माथि कोभिड-१९ को सङ्क्रमण पुष्टि भएको छ।

US President Donald Trump and First Lady Melania Trump have tested positive to COVID-19.

US President Donald Trump and First Lady Melania Trump have tested positive to COVID-19. Source: AP

ट्रम्प र प्रथम महिला मेलानिया दुबै‍जनामा करोनाभाइरस सङ्क्रमण भएको पुष्टि स्वयम् अमेरिकी राष्ट्रपतिले एक ट्विट मार्फत गरेका हुन्।

आफ्ना एक प्रमुख सहयोगी होप हिक्सको कोरोना परीक्षण नतिजा कोभिड-१९ का लागि सकारात्मक रहेको पुष्टि भए पछि उनीसँगै चुनावी प्रचार प्रसारमा रहेका ट्रम्प दम्पतीको पनि परीक्षण गरिएको थियो।

परीक्षण लगत्तै क्वारेन्टिनमा गएका डोनाल्ड ट्रम्प र मेलानिया ट्रम्प अब १४ दिनसम्म आइसोलेसनमा बस्ने राष्ट्रपतिले सामाजिक सञ्जाल मार्फत, अमेरिकी समयानुसार अबेर राती बताए।

"हामी तुरुन्तै हाम्रो क्वारेनटाइन र स्वास्थ्य लाभको प्रक्रिया थाल्नेछौँ," ट्रम्पले एक ट्वीटमा भने।

"हामी सबै मिलेर यो अवस्थाबाट पार गर्नेछौँ"।

बुधवार डेमोक्र्याटिक चुनौतीकर्ता जो बाइडेनको विरुद्ध पहिलो राष्ट्रपतीय बहसका लागि एयरफोर्स वन मार्फत क्लीभल्याण्डसम्मको यात्रा गर्ने क्रममा अमेरिकी राष्ट्रपति र प्रथम महिलाले हिक्ससँग समय बिताएका थिए।

पछि, मरिन वन् हेलिकप्टर चढेर मिनोसोटाकको चुनावी कार्यक्रमबाट ह्वाइट हाउस फर्किने क्रममा पनि होप हिक्स राष्ट्रपतिसँगै रहेकी थिइन्।

आगामी नोभेम्बर ३ मा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचनको सन्दर्भमा हुने भनिएको दोस्रो बहस कार्यक्रम भने अब पूर्व निर्धारित समयमा हुने सम्भावना नरहेको बताइएको छ।

हालसम्म अमेरिकामा कोरोनाभाइरसका कारण दुई लाखभन्दा बढी मानिसले आफ्नो ज्यान गुमाइसकेका छन्।


Share

1 min read

Published

Updated

By Maani Truu




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now