वैदेशिक यात्राको लागी भ्याक्सिन पासपोर्ट अर्को महिनाबाट

अन्तर्राष्ट्रिय कोभिड भ्याक्सिन पासपोर्ट अक्टोबरदेखि वितरण हुने तयारी भइरहेको बताइएको छ।

Australian states and territories could soon make COVID vaccination passes mandatory. How would they work?

Australian states and territories could soon make COVID vaccination passes mandatory. How would they work? Source: SBS News/Jono Delbridge

सङ्घीय सरकारले विदेश यात्राको तयारी को रूपमा उक्त व्यवस्था लागू गर्न लागेको हो।

पासपोर्टले मानिसहरूलाई आफ्नो खोपको स्थिति अन्तर्राष्ट्रिय रूपमा प्रमाणित गर्न अनुमति दिनेछ।

तर अस्ट्रेलिया फर्कने मानिसहरूले खोपका दुवै मात्रा पाइसकेको प्रमाणित गरेता पनि १४ दिन क्वारेन्टिनमा बस्नु पर्ने बाध्यता भने कायमै रहने पनि एबीसीले उल्लेख गरेको छ।

सरकारले अस्ट्रेलियाबाट मानिसहरू अन्य देश कहिलेबाट जान सक्नेछन् भन्ने बारे कुनै स्पष्ट सङ्केत भने दिएको छैन।

खोप लगाउनेलाई “विशेष” सुविधा

प्रधानमन्त्रीले खोप लगाएका मानिसहरूलाई विशेष सुविधा उपलब्ध गराइने पनि बताएका छन्।

“किनकि तपाईँले खोप लगाउनुभयो भने तपाईँले कम जोखिम प्रस्तुत गर्नुहुन्छ,” उनले भने।

“तपाईँ सङ्क्रमित हुने खतरा कम रहन्छ र अरूले तपाईँबाट सङ्क्रमित हुने मौका पनि कम हुन्छ।”
Australian Prime Minister Scott Morrison speaks to the media during a press conference following a national cabinet meeting, at the Lodge in Canberra, Friday, July 30, 2021. (AAP Image/Lukas Coch) NO ARCHIVING
Prime Minister Scott Morrison speaks to the media during a press conference following a national cabinet meeting, at the Lodge in Canberra. Source: AAP

देश तेस्रो चरणमा प्रवेश गरिसकेपछि भने घर फर्किन चाहने र खोपको पुरै मात्रा लगाइसकेका अस्ट्रेलियालीहरूको सङ्ख्यामा कुनै सीमा नतोकिने पनि प्रधानमन्त्रीको भनाई छ।

यसै गरी फेज सी नामक उक्त चरणमा विद्यार्थी, आर्थिक तथा शरणार्थी भिसा वाहकहरूका लागि पनि अस्ट्रेलिया प्रवेशमा लागू सङ्ख्या माथिको सीमा बढाइने उनले बताएका छन्।

"त्यसैले म अस्ट्रेलियालीहरूलाई तुरुन्तै खोप लगाउनको लागी त्यो कदम उठाउन प्रोत्साहित गर्दछु।"

क्वारेन्टिन, यात्रा, परीक्षण क्लिनिकहरू र महामारी विपद् भुक्तानी

क्वारेन्टिन लगायत परीक्षण राज्य र प्रादेशिक सरकारहरूद्वारा व्यवस्थापन तथा लागू गरिन्छन्। 

यदि तपाईँ विदेश भ्रमणमा जान चाहनुहुन्छ भने छूटका लागि अनलाइन नै निवेदन हाल्न सक्नुहुनेछ। अस्ट्रेलियाबाट प्रस्थान गर्ने बारे थप जानकारीका लागि यहाँ जानुहोस्

अन्तर्राष्ट्रिय उडान सम्बन्धी नियमहरू नियमित रूपमा सरकारले समीक्षा गर्ने गरेको छ। यस बारे अद्यावधिक जानकारी स्मार्ट ट्राभेलर वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुन्छ।


कोभिड-१९ सम्बन्धी पछिल्ला समाचार तथा जानकारी ६० भन्दा बढी भाषामा यहाँ उपलब्ध छ

तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस्: न्यु साउथ वेल्सभिक्टोरियाक्वीन्सल्यान्डवेस्टर्न अस्ट्रेलियासाउथ अस्ट्रेलियानर्दर्न टेरिटरीएसीटीटास्मेनिया ।

नेपाली भाषामा कोरोनाभाइरस विरुद्धको खोप बारे जानकारी यहाँ उपलब्ध छ


न्यु साउथ वेल्स सरकारद्वारा उल्था गरिएका कोभिड-१९ खोप शब्दावली र अपोइन्टमेन्ट सम्झाउने अनलाइन एप


प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू

महामारी विपद् भुक्तानी बारे राज्य तथा प्रादेशिक जानकारी

कोभिड-१९ डिजास्टर पेमेन्ट भनिने कोरोनाभाइरस विपद्का बेला साप्ताहिक हुने भुक्तानी सङ्घीय सरकारद्वारा हटस्पट भनी पहिचान गरिएका स्थानका योग्य बासिन्दाहरूका लागि उपलब्ध छ।

यस बारे थप जानकारी ६० भन्दा बढी भाषाहरूमा यहाँ पाउन सकिन्छ र बहुभाषिक टेलिफोन सेवाका लागि १३१ २०२ मा फोन गर्न सकिन्छ।

 

 


Share

2 min read

Published

Updated




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now