कोरोना सङ्कट: भिक्टोरियामा तीन ७० वर्षीय पुरुषहरूको मृत्यु, अस्ट्रेलियामा ज्यान गुमाउनेको कुल सङ्ख्या १२ पुग्यो

कोभिड-१९ सङ्क्रमणबाट भिक्टोरियामा मृत्यु हुनेको सङ्ख्या ३ पुगेको छ।

Flinders Street train station in Melbourne

Very few people about at Flinders Street train station in Melbourne, Victoria. Source: AAP

अपडेट:

भिक्टोरियामा कोभिड-१९ सङ्क्रमणबाट ग्रस्त एक तेस्रो व्यक्तिको, अस्पतालमा उपचार गराउँदा - गराउँदै मृत्यु भएको छ।

बिहीबार दिउँसो मेलबर्नमा पत्रकारहरूसँग बोल्दै भिक्टोरियाली स्वास्थ्य मन्त्री जेन्नी मिकाकोसले ती ७० वर्षीय पुरुष उक्त राज्यमा कोरोनाभाइरस सङ्क्रमणका कारण ज्यान गुमाउने तेस्रो व्यक्ति भएको पुष्टि गरेकी हुन्।

राज्यका प्रमुख चिकित्सकीय अधिकृत ब्रेट सटनले तीनै जना पुरुषहरू पहिलेदेखि नै अस्वस्थ्य रहेको जानकारी दिए।

Victorian Health Minister Jenny Mikakos and Victorian Chief Health Officer Prof Brett Sutton speak to the media in Melbourne, Thursday, March 26, 2020.
A third person has died in Victoria from the coronavirus (COVID-19) disease. Source: AAP

यसभन्दा अघि, बिहीबार बिहान उनले ७० वर्षीय दुई पुरुषहरूको मृत्यु गए राती भएको पुष्टि गरेका थिए ।

“एक हिसाबले हेर्ने हो भने यी मृत्यु अनपेक्षित चाहिँ होइनन्,” मेलबर्नको एक स्थानीय रेडियो स्टेसनसँग कुरा गर्दै सटनले भने।

“अहिलेसम्म भिक्टोरियामा ५२० मामिलाहरू दर्ता भइसकेका परिप्रेक्ष्य, दुई जनाको मृत्यु भनेको विश्वका अन्य स्थानहरूको तुलनामा एकदमै कम हो।”

यी तीन मृत्युका साथ अस्ट्रेलियामा कोभिड-१९ सङ्क्रमणबाट १२ जनाले आफ्नो ज्यान गुमाइसकेका छन्।

भिक्टोरियामा बुधवार थप ५४ जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएको पनि उनले बताए।

बुधवार मात्रै प्रिमियर ड्यानियल एण्ड्रुजले भिक्टोरियामा थप कडाइ गरिने कुरा दोह्राएका थिए।

ब्रेट सटनले अन्य राज्यमा भन्दा अघि नै भिक्टोरियामा थप कडा व्यवस्था लागू सिफारिस गर्न आफू कत्ति पनि नहिचकिचाउने सङ्केत गरेका छन्।

“मलाइ थाहा छ, हामीले थप कडाइ गर्‍यौँ भने आर्थिक रूपमा मानिसहरूलाई अझ सङ्कटको सामना गर्नुपर्छ। तर सामाजिक दुरी सम्बन्धी नियमहरूको दायरा समय रहँदै बढाएनौँ भने निकै कठिन परिस्थितिको सामना हामीले गर्नुपर्नेछ।”

कोरोनाभाइरसको प्रमुख लक्षणका रूपमा ज्वरो आउने, सुख्खा खोकी लाग्ने र घाँटी दुख्ने, थकान र सास लिन गाह्रो हुने सङ्घीय सरकारको स्वास्थ्य विभागको वेबसाइटमा उल्लेख छ।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो जीपीलाई फोन गरेर सम्पर्क गर्न वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्न अधिकारीहरूले सुझाएका छन्।

यदि तपाईँ सास फेर्न सङ्घर्ष गर्दै हुनुहुन्छ वा आपतकालिन स्वास्थ्य समस्यामा हुनुहुन्छ भने ००० (ट्रिपल जिरोमा) कल गर्नुहोस्।

कोरोनाभाइरस सम्बन्धी पछिल्ला उपडेट, समाचार र  अन्य जानकारी यहाँ उपलब्ध छन्:  https://www.sbs.com.au/language/nepali/coronavirus-updates


Share

2 min read

Published

Updated

By SBS News

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now