भिक्टोरियामा जुन १ देखि २० जना सम्म एकसाथ भेला हुन पाउने, घरबाटै काम गर्ने नीति चाहिं कायम

भिक्टोरियाली प्रिमियरले पछिल्ला नीतिहरु बारे घोषणा गर्दै कोरोना संकट अगाडीको अवस्थामा फर्कन हतार गर्न नहुने बताएका छन्।

Victorian coronavirus restrictions will be eased again on June 22

Victorian Premier Daniel Andrews Source: AAP

आगामी जुन १ देखि भिक्टोरियावासीहरुले आफ्नो घरमा २० जना सम्मको सङ्ख्यामा मानिसहरु भेला गराउन र होटलमा रात बिताउन सक्ने भएका छन्।

आज प्रिमियर ड्यानियल एन्ड्रुज द्वारा गरिएको उक्त घोषणाका साथ् राज्यका स्केट पार्क र प्लेग्राउण्ड सहित ब्युटी सलोन, स्पा, रेस्टुरेन्ट, पब, सामुदायिक संरचना, पुस्तकालयहरु पनि २० जना सम्म मानिसहरु भेला हुनपाउने नियम बमोजिम खुल्न पाउने छन्।

यसका साथ् मानिसहरुले आफु लगायत कुल २० जना सम्मलाई आफ्नो घरमा बोलाउन पाउने छन् र अरु कसैको घर, होटल वा अन्य आवास सेवाको प्रयोग गर्नपाउने छन्।

शारीरिक व्यायाम, धार्मिक सेवा र घर किनबेच अन्तर्गत हुने गतिविधिका लागि पनि २० जना सम्म एकसाथ् भेला हुन पाउने नियम भिक्टोरिया सरकारले घोषणा गरेको हो।

प्लेग्राउण्ड र स्केट पार्कहरु चाहिं आगामी मंगलवार, २६ मे, देखि पुनः खुल्ने छन् र सोहि दिन राज्यका स्कूलहरुमा अध्यनरत प्रेप देखि कक्षा १, २, ११ र १२ का विद्यार्थीहरु पनि पाँचै दिनका लागि स्कूल फर्कने छन्।

Victoria Premier Daniel Andrews said he doesn't anticipate an end to the current social distancing laws and partial lockdown.
Source: AAP

सङ्घीय सरकारका केहि सदस्यहरुले भिक्टोरियाली प्रिमियरको कोरोनाभाइरस नियमहरुलाई खुकुलो पार्न ढिलाई गरेको भन्ने आरोप लगाउदा, ड्यानियल एन्ड्रुजले चाहिं आफ्नो कदमको बचाउ गरेका छन्।

"विस्तारै, सतर्कतापूर्वक, चरणवद्ध र स्थिर रूपमा" कोरोनाभाइरस विरुद्ध नीति निर्माण गर्ने आफ्नो सरकारको योजना रहेको उनले बताए।

"अरु देशहरुमा नियमहरु चांडै खुकुलो पारिए पछि, कोरोनाभाइरसको सङ्क्रमण पुनः बढेको र त्यसपछि सम्वन्धित निकायहरुले झनै कडा नियमहरु लागु गर्नुपरेको उदाहरणहरु हाल अन्य देशहरु बाट आइरहंदा त्यस्तै कदम दोहर्याउनु कतिको उपयुक्त रहला?" एन्ड्रुजले प्रश्न गरे।

साथै कोरोनाभाइरसका सामुदायिक सङ्क्रमणलाई घटाउन जुन महिना भर मानिसहरुले आफ्नो कार्यालय फर्कनुको सट्टा घरबाटै काम गर्नेबारे सोच्नुपर्ने उनले आग्रह गरे।

"यसले केहि कठिनाइ सिर्जना गराएता पनि यो जरूरी रहेको छ," ड्यानियल एन्ड्रुजले बताए।

Victorian Premier Daniel Andrews
Victorian Premier Daniel Andrews Source: AAP

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि: 

covid-19.png

2 min read

Published

Updated

By Maani Truu, SBS Nepali

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now