SKIP TO MAIN CONTENT

मेलबर्नमा मास्कको प्रयोग र घरमा बोलाउन पाइने पाहुना संख्या सम्बन्धि नियम थप खुकुलो

मानिसहरुले गर्मी महिनाको बिदाको लागि तयारी गरिंदा भिक्टोरियाली प्रिमियर डानिएल एन्ड्रुजले कोरोनाभाइरस अन्तर्गतका नियमहरुलाई थप खुकुलो बनाउने घोषणा गरेका छन्।

Victorian Premier Daniel Andrews
Source: AAP

2 min read

Published

By SBS Nepali

Source: SBS News



Skip to article content

मेलबर्नमा कोरोनाभाइरसको सङ्क्रमणलाई रोक्न भन्दै लागु गरिएको अनिवार्य मास्क प्रयोगको नियमलाई थप खुकुलो गर्ने घोषणा प्रिमियर डानिएल एन्ड्रुजले गरेका छन्।

लगातार ३७ दिन देखि राज्यमा एक जनामा पनि कोरोनाभाइरस सङ्क्रमण पुष्टि नहुँदा आगामी केहि महिनाका लागि भन्दै प्रिमियरले उक्त घोषणा गरेका हुन्।

आइतबार मध्यरात देखि लागु हुने उक्त नियमका साथ् अब देखि मेलबर्नवासीहरुले अरु मानिसहरुसंगको भौतिक दूरी कायम गर्न नसकिने बाहेकका अवस्थामा मास्क लगाउन नपर्ने भएको छ।

तर १.५ मिटरको भौतिक दुरी रहन नसक्ने स्थानहरुका साथै सार्वजनिक यातायात सेवाहरुको प्रयोग गर्दा र भवन भित्र रहेका शपिंग सेन्टरहरुमा जाँदा चाहिं मानिसहरुले अझै पनि मास्क प्रयोग गर्नुपर्ने छ।

मानिसहरुले आफ्नो साथमा मास्क पनि राख्नुपर्ने एन्ड्रुजले बताए।

"भाइरस सङ्क्रमणलाई रोक्न मास्कहरुले एक महत्वपूर्ण बीमाको भूमिका निभाएकोले मास्क सम्बन्धि नीति जारी रहनु पर्दछ," उनले भने।

साथै, भोलि देखि, मानिसहरुले आफ्नो घरमा बोलाउन पाउने पाहुनाहरुको संख्यालाई पनि बढाइएको छ।

एक भन्दा बढी घरबाट दिनको कुल ३० जना सम्मको संख्यामा पाहुनाहरु आफ्नो घरमा बोलाउने अनुमती पनि मेलबर्नवासीहरुले पाएका छन्।

"यसको मतलब ३० जना लन्चको लागि र ३० जना डिनरको लागि हैन," एन्ड्रुजले जोड दिए।

भवन बाहिरका स्थानहरुमा चाहिं एक सय जना सम्मको संख्यामा मानिसहरु एक साथ् भेला हुनपाउने छन् भने विवाह, अन्त्यष्टि र धार्मिक कार्यक्रमहरुमा भेला हुनपाउने मानिसहरुको संख्या अन्तर्गतको सीमा चाहिं पूर्ण रूपमा हटाइएको छ।

रेस्टुरेन्ट र क्याफेहरुमा कतिजना ग्राहकहरुलाई बसाउन पाउने सम्बन्धि नियमलाई हटाउँदै दुई बर्ग-मिटरमा एक जना व्यक्ति रहन पाउने नियम लागु भएको छ। साथै मानिसहरुले बारमा उभिएर पनि सेवा पाउन सक्नेछन्।

सन् २०२१ को ज्यानुवरी ११ देखि निजी व्यवसायहरुले आफ्ना पचास प्रतिशत कर्मचारीहरुलाई कार्यालयबाटै काम गर्न अनुमति दिनसक्ने छन्। हाल उक्त संख्या पच्चिस प्रतिशतमा रहेको छ।

सरकारी भिक्टोरियाका सरकारी कर्मचारीहरु चाहिं पच्चिस प्रतिशतको संख्यामा उक्त मिति देखि आफ्नो कार्यालयमा फर्कन पाउने छन् र फेब्रुवरी ८ देखि उक्त संख्या पचास प्रतिशत पुग्ने छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now