गर्मी बढे संगै समुन्द्रीतटहरुमा भिडभाड, सुरक्षाका बिभिन्न योजना लागु

Australia has over ten thousand beaches and summer is the best time to enjoy them

Australia has over ten thousand beaches and summer is the best time to enjoy them Source: Flickr Walter

सिड्नीको पूर्वी क्षेत्रमा रहेको रैन्डविक काउन्सिल सहितका केही काउन्सीलहरुले यस पटक कोभिड –१९ को सुरक्षालाई पहिलो प्राथमिकतामा राखेका छन् ।


 

मेयर ड्यानि सेड यस वर्षको गर्मीमा समुन्द्रीतटहरु खुला राखिने तर त्यसका लागि मानिसहरूले पनि सहयोग गर्नु पर्ने बताउँछन् ।

तापमानको वृद्धि सँगै मानिसहरूको भिड समुन्द्री तट तिर जम्मा हुने भएकाले अधिकारीहरूले कामका लागि कुनै कसर बाकि छाडेका छैनन् ।

 

रैन्डविक काउन्सिल कोभिड –१९ का उपायहरू अवलम्बन गर्न  १२ लाख डलर बराबरको रकम लगानी गर्ने भएको छ । तटमा मानिसहरूको निगरानी गर्नु सबैभन्दा महत्त्वपूर्ण र अप्ठेरो  हो ।

स्वचालित ड्रोन र विभिन्न स्थानमा राखिने भिडियो क्यामराका माध्यमबाट मानिसहरूले सामाजिक दुरी कायम गरेको नगरेको बारेमा निगरानी गरिने छ ।

 

कोजी,क्लोभेलि,मरुब्ब्रा लगायतका समुन्द्री तटमा एक व्यक्ति बराबर ४ बर्गमिटरको दुरी कायम भए नभएको बारेमा हेरिनेछ ।

 

यसका अलावा कोभिड मार्सल र उपयुक्त सङ्ख्यामा लाईफगार्डको पनि व्यवस्था गरिनेछ ।

पिटर ह्यालक्रो रैन्डविक सिटी काउन्सिलका लाईफगार्डहरुका सुपरभाइजर हुन् ।

A Surf Rescue guard on patrol during heatwave conditions at Bronte Beach in Sydney, Saturday, November 28, 2020.
A Surf Rescue guard on patrol during heatwave conditions at Bronte Beach in Sydney, Saturday, November 28, 2020. Source: AAP

उनी भन्छन्  “मानिसहरूको भिड–भाड हुन नदिन विभिन्न उपायहरू अपनाइने छ,जस मध्य माइक मार्फत निरन्तर सूचना र  जानकारी दिने, वेबसाइट मार्फत समुन्द्री तटमा भिडभाडको अवस्थाका बारेमा जानकारी दिने र बस द्वार गरिने निगरानी रहने छन् । ”

 

यसै गरी प्रहरीले मादक पदार्थको सेवन र यसबाट हुन सक्ने सम्भावित दुर्घटनाका बारेमा पनि अनुगमन गर्नेछ ।

 

सिड्नीको पूर्वी क्षेत्रको समुन्द्री तटीय क्षेत्रका प्रहरी अधिकारी रोहन क्रयाम्जी भन्छन् “हामी मानिसहरू समुन्द्री तट वा पार्कहरूमा रमाएको हेर्न चाहन्छौ, तर यो सुरक्षित तरिकाले होस भन्ने पनि चाहन्छौ,यसका लागि समुदायबाट सहयोगको अपेक्षा राख्छौ । ”

कोभिड–१९ पछि सिड्नीका विभिन्न क्षेत्रका समुन्द्रीतटहरु गत मार्चमा बन्द गराइएका थिए । तर यस पटक गर्मी लागे सँगै नयाँ नियमहरू लागु गरेर समुन्द्री तट पुन खोलिएका छन् ।

पौडी खेल्न पुगेकाहरूलाई एकले अर्का सँग दुरी कायम गर्नका लागि अनुरोध गरिएको छ भने पौडी खेलिसकेपछि त्यहाँ धेरै बेर नबस्नका लागि अनुरोध गरिएको छ ।

 

यसै गरी स्थानीय बासिन्दाहरूलाई इन्टरनेट लाइभको माध्यमद्धार आफू जान चाहेको स्थानको अवस्था र मानिसहरूको सङ्ख्या आदीका बारेमा जानकारी राख्न पनि अनुरोध गरिएको छ ।

A woman uses a shower after a swim during heatwave conditions at Bondi Beach in Sydney.
NSW has sweltered through the night amid the state's first heatwave of the season, with no respite to arrive until Sunday evening. Source: AAP

यो सँगै मानिसहरूलाई सकभर मास्कको प्रयोग गर्न लागि पनि अनुरोध  गरिएको छ ।

 

क्विन्सलयाण्ड र साउथ अस्ट्रेलिया पनि समुन्द्री तटीय क्षेत्रका लागि विभिन्न नयाँ नियमहरू ल्याउने तैयारीमा रहेको छ ।

 

तर सीमाहरू खुल्दै जाँदा तापमान बढ्दै जाँदा नियमहरू पनि परिवर्तन हुने सम्भावना छ ।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now