Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

अस्ट्रेलियामा पौडी खेल्दा ज्यान गुमाउनेमा अधिकांस आप्रवासी

Water Safety

प्रत्येक वर्ष अस्ट्रेलियामा पानीमा डुबेर ज्यान गुमाउने मानिसहरूको आँकडा हेर्ने हो भने पनि आधा भन्दा बढी ज्यान गुमाउने मानिस गैर अस्ट्रेलियन हुने गरेका छन् ।


Published

Updated

By Lucy Murray

Presented by Krishna Pokhrel, SBS Nepali

Source: SBS




Share this with family and friends


प्रत्येक वर्ष अस्ट्रेलियामा पानीमा डुबेर ज्यान गुमाउने मानिसहरूको आँकडा हेर्ने हो भने पनि आधा भन्दा बढी ज्यान गुमाउने मानिस गैर अस्ट्रेलियन हुने गरेका छन् ।


चाटली दुवार ग्रेट ब्यारियर रिफको भ्रमण गर्न चाहान्छीन् ।

यसका लागि उनी ३४ वर्षको उमेरमा पौडन सिक्दैछीन् ।

”म भारतीय हु, त्यहाँ थुप्रै पौडी पोखरीहरू छन्, तर घर नजिकै कुनै पनि छैन,यसैले पौडी सिक्ने अवसर नै मिलेन ।”

वयस्क भएपछि पौडी सिक्ने उनको रहर अहिले महत्त्वपूर्ण बनेको छ ।

Vaita'ele
Vaita'ele. Source: Getty Images

गत वर्ष २ सय ४८ जना मानिसहरूले अस्ट्रेलियाको पानीमा डुबेर ज्यान गुमाए ।

ज्यान गुमाउने मध्ये ८० प्रतिशत पुरुष र आधा अर्थात् ४६ प्रतिशत विदेशमा जन्मिएकाहरू थिए ।

यसको सम्पूर्ण दोष पानीको सुरक्षा सम्बन्धी ज्ञान नहुनुमा जाने गर्दछ ।

तर रोयल लाईभ सेभिङका कार्यकारी प्रमुख जस्टिन स्कार पौडी सिक्न कहिल्यै ढिला नहुने तर्क गर्छन् ।

उनी भन्छन् “पानी सुरक्षाका बारेमा सबैभन्दा राम्रो कुरा के छ भने यसले पानीको आनन्दको सम्भावनाको अधिक ढोका खोल्छ र यसले तपाई कुन उमेरको हो फरक पादैन् ।”

सबैभन्दा सुरक्षित रूपमा पानीको मजा लिनु भनेको जहाँ सुरक्षा झन्डा राखिएको हुन्छ ती ठाउँहरूमा मात्र पौडी खेल्नु हो ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now