प्रत्यक्ष सम्झौता वा विश्व व्यापार सङ्घका मार्फतबाट बेइजिङलाई चिनिया कदम फिर्ता लिएर विवाद सल्टाउने प्रयास गरिने अस्ट्रेलियाली सरकारको भनाइ रहेको छ।
चीनले लिएको उक्त आयात कर कर लगाउने निर्णयले सबैभन्दा बढी मर्कामा पश्चिम अस्ट्रेलिया पर्ने देखिएको छ। सो राज्यमा यस वर्षको लागी करिब ३ हजार जौ कृषकहरूले बाली लगाइसकेको बताइएको छ।
अस्ट्रेलियाको कोरोना भाइरस सङ्क्रमणका सम्बन्धमा स्वतन्त्र छानबिन हुनु पर्ने मागलाई अन्तर्राष्ट्रिय समुदायबाट पनि स्वागत गरिए पछि चीनले अस्ट्रेलियाली जौ माथि व्यापार शुल्क लगाउने निर्णयसाथ द्वीदेशीय व्यापार सम्बन्धका बिचमा फाटो ल्याएको छ।
उक्त कूटनीतिक विवादका कारण अस्ट्रेलियाले नराम्रो परिणाम भोग्नु परेको छ।
बेइजिङले आधि अर्व डलर बराबरको झट्का दिँदै अस्ट्रेलियाको जौ निर्यातमा व्यापार शुल्क लगाउने धम्की दिएको हो।

अन्न उत्पादकहरूको बोर्डका पूर्व प्रमुख रहेका ब्रेट हस्किङ्गले त्यस्तो अवस्था नआओस् भन्ने कामना गरेका छन्।
मिच् मिलोनिको परिवार पाँच पुस्ता देखि जौ खेतीका लागी प्रसिद्ध पश्चिम अस्ट्रेलियाको नारेबीनमा कृषि पेसामा आबद्ध रहेको छन्।
उनीहरूको १४ हजार एकरको जमिनमा मिलोनि उनका आमा बुवा र भाइका साथमा १५ सय भेडा पालन गर्छन् भने गेडागुडी, जौ र गहुँको खेती गर्दै आएका छन्।
तर अस्ट्रेलियाको यो क्षेत्रमा जौ जस्तो राम्रोसँग अन्य बाली सप्रन्न।
पछिल्ला वर्षहरूमा मिलोनि र उनको परिवारले जौ उत्पादनलाई तिन गुणा बढी बनाएका छन्। जसले उनीहरूको कुल आम्दानीको ४० प्रतिशत ओगट्छ।
तर उनीहरूले यो वर्ष बाली लगाउन बिचैमा छोडे किनभने चीनले अस्ट्रेलियाको जौमा आगामी पाँच वर्षको लागी ८० प्रतिशतको व्यापार शुल्क लगाउने घोषणा गर्यो।
उक्त आयात करले गर्दा अस्ट्रेलियाको जौ चीनका ग्राहकहरूका लागी निकै महँगो पर्न जान्छ जसले गर्दा अस्ट्रेलियाली निर्यातकर्ताहरूले ५० करोड डलरको घाटा व्यहोर्नु पर्ने हुन सक्छ।
पश्चिम अस्ट्रेलियाका अनुमानित ३ हजार जौ उत्पादकहरू मध्ये धेरैले यस वर्षको लागी बाली रोपी सकेका छन्।
मिलोनि र उनको परिवारलाई अहिले बजारमा छिटै बिक्री नहुने बाली लगाउनु कि नलगाउनु भन्ने निर्णय लिन निकै गाह्रो भएको छ।

चीनको वाणिज्य मन्त्रालयले सन् २०१८ को डिसेम्बरमा अस्ट्रेलियाको जौ गैर कानुनी ढङ्गबाट निर्धारित मूल्य भन्दा कममा बिक्री गरिएको आरोपहरूबारे अनुसन्धान सुरु गरेको छ।
एन्टी- डम्पिंग अनुसन्धान भन्दै चीनले सुरु गरेको अनुसन्धानमा घरेलु बजारलाई प्रभावित पार्ने गरी सस्तो मूल्यमा अस्ट्रेलियाली जौ बिक्री गरिएको आरोप लागेको हो।
अस्ट्रेलियाली सरकार र उद्योग समूहहरूले उक्त अनुसन्धानमा प्रमाणहरू पेस गर्दै ती आरोपहरूको खण्डन गरेका छन्।
राइस टर्टन पश्चिम अस्ट्रेलियाको कृषकहरूका अध्यक्ष र अन्न उत्पादक बोर्डको सदस्य हुन्। र उनका अनुसार एक वर्ष चीनमा जौ को बजार मूल्य निकै उच्च रहेको थियो र संयोग बस त्यही समय देखि यो अनुसन्धान सुरु भएको हो।

सङ्घीय सरकार र उद्योग समूहहरूले उक्त आयात करलाई घटाउने वा पूर्णतया हटाउने प्रयास गर्दै छन्।
त्यसको लागी विश्व व्यापार सङ्घ समक्ष अपिल गर्ने वा प्रत्यक्ष रूपमा चीन सँग वार्ता गरी चीन अस्ट्रेलिया नि शुल्क व्यापार सन्धि गर्ने बारे छलफल गर्ने दुई वटा उपायहरू रहेका छन्।
यो आरोपलाई कोभिड -१९ को सुरुवातबारेको अनुसन्धानले उब्जाएको दुई देश बिचको कूटनीतिक विवादमा भन्दा पनि जौ कम मूल्यमा बिक्री गरेको भन्ने दाबीहरूलाई खारेज गर्न तर्फ अस्ट्रेलिया केन्द्रित रहने सङ्घीय व्यापार मन्त्री साइमन बर्मिङ्घमले बताएका छन्।
"उनीहरूको तर्क भनेको यो निर्णयमा कुनै राजनीतिक कारण छैन भन्ने हो। हाम्रो कृषक र निर्यात कर्ताहरूका लागी पनि सबैभन्दा राम्रो भनेको यसलाई अन्य विषयहरूसँग जोडेर नहेर्दा नै हुने देखिन्छ।"
उक्त भनाइलाई विपक्षी कृषि प्रवक्ता जोल फिच्गीबनले पनि समर्थन गरेका छन्।

"सरकारले ती उत्पादकहरूका लागी चीनसँगको सम्बन्ध सुधार गर्नु अहिले सबै भन्दा उपयुक्त हुन्छ।"
राइस टर्टनले चीन जत्रो ठुलो बजार अर्को पाउन धेरै गाह्रो हुने भए पनि यसैबिच एसिया र मध्य पूर्वका बजारका बारेमा पनि अध्ययन हुनु पर्ने बिचार राखेका छन्।
