अस्ट्रेलियनहरू ‘रेकर्ड-ब्रेकिङ’ गर्मीको मारमा, केही मानिसहरूलाई त सामान्य भन्दा अझ धेरै गर्मी हुने

सन् २०२० मा पेन्रिथ ४८.९ डिग्री तापक्रम सहित पृथ्वीको सबैभन्दा गर्मी स्थान भएको थियो। यस क्षेत्र अहिलेसम्मको गर्मी ठाउँको रेकर्ड बनाएपछि गर्मीले कसरी सामाजिक असमानतालाई कसरी बढवा दिन्छ भन्ने प्रश्नहरू उठेका छन्।

Climate Change, Global Warming, Global Boiling from the Climate Crisis and the Catastrophic Heatwave, the Sun, and the Burning Heatwave Hot Sun

The lack of green spaces and increasing infrastructure is contributing to the 'heat island' effect that's cooking Western Sydney in summer. Source: Moment RF / chuchart duangdaw/Getty Images

वेर्स्टन सिड्नीमा डिसेम्बरमा तापक्रम ४१ डिग्री सेल्सियस पुगेको थियो। यो डिसेम्बर सन् २०२३ पछिकै सबैभन्दा बढी तापक्रमको रेकर्ड हो।

पेन्रिथका एक स्थानीय भन्छन्, “यहाँको गर्मी दिक्कलाग्दो छ।”

“हरेक वर्ष झन्-झन् गर्मी बढ्दै गएको छ। मलाइ त सूर्यकै अगाडि बसेको जस्तै गर्मी महसुस हुन्छ।”

गर्मीले शहरको जलवायु असमानताको बारेमा बहस सुरु गरेको छ।

“सिड्नी समुद्र लगायत पानीका स्रोतहरूसँग नजिक छ। त्यही कारण शहरको पूर्वी क्षेत्र समुन्द्रको चिसो हावा आउने,” शहरी मौसमविद् नेगन नेजेरियनले एसबीएसले एक्जामिन्सलाई बताइन्।

"सोही कारण यहाँको तापक्रम वेर्स्टन सिड्नीको भन्दा कम छ।”

यस क्षेत्रको तापक्रम बढ्नुमा शहरी विकास र जीवनयापनको बढ्दो लागतसँगै वेस्ट तिर मानिसहरूको चाप बढ्नु भएको उनी बताउँछिन्।

शहरहरूको सबैभन्दा तातो क्षेत्रहरू सामान्यतया “सबैभन्दा कमजोर” मानिसहरू बस्छन्, मौसम वैज्ञानिक तथा जलवायु परिवर्तन विज्ञ प्रोफेसर नाइजल ट्यापरले एसबीएस एक्जामिन्सलाई बताए।

उनी भन्छन् कि यी क्षेत्रहरूमा वनस्पति वा हरित क्षेत्र कम हुन्छ, जसले गर्दा स्वतः जमिनको सतहमा बढी तापक्रम केन्द्रित हुन्छ।

वेर्स्टन सिड्नीमा पुर्वी क्षेत्रको जस्तो समुद्रको चिसो हावा पनि नआउने कारण यस क्षेत्रमा प्राकृतिक रूपमा चिसो हुँदैन।

ब्याङ्कटाउन हस्पिटलकी एक सिनियर इमर्जेन्सी फिजीसियन डा. लाई हङ फुन लाग्छ कि वेर्स्टन सिड्नीको संरचना गर्मीको लागि उपयुक्त हुने गरी बनाइएको छैन।

“साउथवेस्ट सिड्नी तटीय क्षेत्रका अरू सर्बबको तुलनामा गर्मीबाट असमान रूपमा प्रभावित छ,” उनले बताइन्।

“घरहरू एकदम नजिक बनाइएको छ र वरवर हरियाली पनि छैन। यहाँका घरहरूमा गर्मीबाट कसरी बच्ने भन्नेबारे केही पनि विकल्प छैन।”

‘हिट आइल्याण्ड’ भनेको के हो?

यस शहरको संरचनाले ‘हिट आइल्याण्ड’को प्रभावलाई देखाएको छ।

युनिभर्सिटी अफ वटरलु का पिटर क्रन्याङका अनुसार प्राकृतिक भूभागहरू मासिँदै गयो भने हिट आइल्याण्ड बन्छ।

“के कारणले यस्तो भइरहेको छ भन्दा आधारभूत रूपमा हामी प्राकृतिक भूभागहरूलाई अरू कुराहरूले विस्थापन गरिरहेका छौँ। जस्तै आस्फल्ट र कङ्क्रिट। ग्लास र फलाम जसले तापक्रमलाई आफूतिर तान्छ”, उनले बताए।

यही कारण वर्स्टनमा सिड्नीमा पछिल्लो समय सहनै नसक्ने गरी गर्मी बढिरहेको छ।

तापक्रम निरन्तर रूपमा बढिरहँदा डा. फुन वेर्स्टन सिड्नीमा गर्मीको समस्यालाई समाधान गर्न सकिने बताउँछिन्।

यस्तै भइरहने हो भने हामी यहाँ व्यवसायलाई निरन्तरता दिन सक्दैनौ। यसलाई पुनर्विचार गर्न जरुरी छ।

“हामीले परिवर्तन गर्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको समुदायमा केन्द्रित हुनुपर्छ। किनभने यस समस्याबाट पीडामा पर्ने समुदाय नै हो,” उनले बताइन्।

“समुदायमा यसबारे पर्याप्त जानकारी दिनुपर्छ अनि मात्र मानिसहरूले बुझ्छन् कि गर्मी बढ्नु समस्या हो र यसले बिरामी बनाउने मात्र होइन ज्यान लिन पनि सक्छ।”


Share

2 min read

Published

Updated

By James Elliott

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now