SKIP TO MAIN CONTENT

दिवाली के हो? उज्यालो पर्वका बारेमा बुझ्नुहोस्

दिवाली, दीपावली, तिहार र बन्दी छोड दिवसका बारेमा तपाईँले जान्नै पर्ने केही कुरा। यी पर्वहरुको अर्थ र महत्त्व, समय क्रम, क्षेत्रीय विविधता, परम्परा, आधुनिक समयमा मनाइने तरिका र केही रोचक तथ्यहरूका बारेमा जान्नुहोस्।

Copy of Copy of bookweek   (2).jpg
Diwali is celebrated by many communities around the world, including Hindus in India and Nepal, as well as Sikhs and Tamils. Credit: Getty images

7 min read

Published

Source: SBS



Skip to article content
  • दिवाली के हो?
  • दिवाली कहिले मनाइन्छ?
  • मानिसहरू दिवाली कसरी मनाउँछन् र यस पर्वसँग सम्बन्धित कथाहरू के-के छन्?
  • दीपावली के हो?
  • बन्दी छोड दिवस के हो?
  • तिहार के हो?
  • अस्ट्रेलिया र विश्वभर दिवाली कसरी मनाइन्छ?
  • दिवालीबारे केही रोचक तथ्य के हुन्?
  • एसबीएसले दिवालीलाई कसरी प्रस्तुत गर्छ र मनाउँछ?

दिवाली के हो? 'पङ्क्तिबद्ध उज्याला बत्तीहरूको पर्व'

दिवालीलाई उज्यालोको पर्वका रूपमा पनि व्याख्या गरिन्छ। यो शब्दको उत्पत्ति भने संस्कृत शब्दबाट भएको हो। जस अन्तर्गत दीपको अर्थ 'प्रकाश' भन्ने लाग्दछ भने अवालीको अर्थ 'ताँतीबद्ध बत्तीहरू' हो।।

सामान्य बुझाइमा दिवाली अन्धकार माथि उज्यालोको जितको प्रतीक हो।

संसारभरका लाखौँ मानिसहरू दियो, मैनबत्ती वा अन्य सजावटी बत्तीहरू घर भरी बालेर दिवाली मनाउने गर्दछन्।

तर यो केवल प्रकाशको उत्सव मात्र नभएर, कृतज्ञता व्यक्त गर्ने, प्रार्थना गर्नै वा आगामी वर्षका लागि स्वास्थ्य, सुख शान्ति र समृद्धिका लागि कामना गर्ने अवसरका रूपमा पनि हेरिन्छ।

Copy of Copy of Pink Peach and Gold Watercolor Abstract Zoom Virtual Background (1).jpg
At its core, Diwali celebrates the triumph of light over darkness. Credit: AAP images

कतिपय समुदायका लागि भने दिवाली नयाँ वर्षको सुरुवात वा नयाँ पनको प्रतीक पनि हो।

अव भने दिवाली के हो र पाँच दिनसम्म मनाइने पर्वका विभिन्न दिनहरू कसरी मनाइन्छ बुझौँ।

दिवाली कहिले मनाइन्छ? औँसीको रातको अन्धकारसँग उज्यालोको भेट

हिन्दु चन्द्र-सूर्य पात्रोका अनुसार दिवालीको मिति हरेक वर्ष फरक फरक हुने गर्दछ, तर सामान्यतया चाहिँ अक्टोबर वा नोभेम्बर महिनामा पर्ने गर्दछ।

नेपाल र भारतमा भने गर्मी यामबाट जाडो यामको सुरुवातीका रूपमा पनि यसलाई हेर्ने गरिन्छ।

India Hindu Festival
People celebrate Diwali by setting off firecrackers and fireworks. (Representative image) Credit: Rafiq Maqbool/AP/AAP

हिन्दु धर्म अनुसार दिवाली औँसीको रातमा पर्दछ। नेपालमा कार्तिक कृष्ण औँसी र भारतमा भने कार्त्तिक अमावस्य भन्ने चलन छ।

पाँच दिनसम्म मनाइने यो पर्वको तेस्रो दिनले विशेष महत्त्व राख्छ।

रातको अन्धकारमा बालिने दियो र बत्तीले अन्धकार माथि उज्यालो, अज्ञानता माथि ज्ञान र खराबी माथि असलपनको विजयको प्रतिकका रूपमा जनाउँछ।

मानिसहरू दिवाली कसरी मनाउँछन् र यो पर्वसँग जोडिएका कथाहरू के हुन् ? विविध परम्पराको एउटा पर्व

नेपाल र भारत लगायत विश्वभरका हिन्दु समुदायका साथै सिख, जैन र बौद्ध धर्मावलम्बीहरूका लागि यो पर्वले विशेष महत्त्व राख्दछ।

Copy of Pink Peach and Gold Watercolor Abstract Zoom Virtual Background (5).png
Diwali is celebrated in different ways, with traditions varying across communities. Credit: AAP images

नेपालमा तिहार, भारतका धेरै भागमा दिवाली, दक्षिण भारतमा दीपावली र शिख समुदायमा बन्दी छोड दिवसका रूपमा यसलाई मनाइने गरिन्छ।

दिवाली र दीपावली के हो?

भारतसँग जोडिएका हिन्दुहरूका लागि भगवान राम १४ वर्ष वनवास बसेर फर्किएको दिनको स्मरणसँग दिवाली जोडिएको छ।

यस पर्वको सुरुवात धनतेरसबाट हुन्छ, यस दिनमा सुन-चाँदी जस्ता बहुमूल्य सामानहरू खरिदलाई शुभ मानिन्छ।

दोस्रो दिन भने नरक चतुर्दशी पर्दछ। दक्षिण भारतमा यसको विशेष महत्त्व छ, भगवान् कृष्णले नरकासुर माथि गरेको विजयका रूपमा यसलाई लिइन्छ।

तेस्रो र महत्त्वपूर्ण दिन लक्ष्मी पूजा, जहाँ दियो बालेर मानिसहरू धनकी देवी लक्ष्मीको पूजा अर्चना गर्दछन्।

Hong Kong Hindu Festival
Hindu devotees light oil lamps at a temple during Diwali, the festival of lights. (Representative image) Credit: Kin Cheung/AP/AAP

गोवर्धन पूजा भने कृष्ण भगवानले गोवर्धन पर्वत उठाएर भारी वर्षाबाट मानिसहरूलाई जोगाएको कथासँग जोडिन्छ। सँगै इन्द्रलाई परास्त गरेको कथासँग पनि यसको सम्बन्ध रहेको बताइन्छ।

गुजराती समुदायमा चाहिँ दिवाली पछिको दिनलाई नयाँ वर्षका रूपमा मनाउने चलन छ। विगतलाई समीक्षा गर्ने समयका रूपमा पनि यसलाई हेरिन्छ।

पाँच दिनको अन्तिम दिन चाहिँ भाई दूज अर्थात् भाइटिका मनाइन्छ। दिदी बहिनीहरूले आफ्ना दाजुभाइको सुस्वास्थ्य र समृद्धिको कामना सहित निधारमा स्नेह र प्रेमको प्रतिकका रूपमा टिका लगाइदिने प्रचलन छ।

बन्दी छोड दिवस के हो?

सिख समुदायले स्तन्त्रताको उत्सवका रुपमा बन्दी छोड दिवस मनाउने गर्दछन्।

यो दिवस छैटौँ सिख गुरु हरगोबिन्द साहिबलाई ग्वालियर किल्लाबाट रिहा गरिएको घटनाको सम्झनाका रूपमा मनाइन्छ।

INDIA DIWALI FESTIVAL
Devotees light candles at the Golden Temple, considered the holiest of the Sikh shrines, during the Diwali festival and the Bandi Chhor Diwas, in Amritsar, India. (Representative image) Credit: RAMINDER PAL SINGH/EPA/AAP

गुरु हरगोबिन्द साहिबले १७औँ शताब्दीमा मुगल सम्राट जहाँगीरबाट आफू सहित ५२ जना राजकुमारलाई पनि रिहा गरेको बताइन्छ।

रिहा भएपछि गुरु हरगोबिन्द साहिबलाई अमृतसरका मानिसहरूले भव्य रूपमा स्वागत गरेको र फर्किएको खुसीयालीमा मानिसहरूले दियो र मैनबत्ती बालेर उनको स्वागत र खुशी व्यक्त गरेको बताइन्छ।

तिहार के हो

नेपालमा दीपावली वा तिहार भनेर मनाइने पर्व दसैँ पछिको ठुलो चाड हो। तिहारका विभिन्न दिनमा काग, कुकुर र गाईको पूजा र सम्मान गरिन्छ।

सामान्यतया पहिलो दिन काग तिहार, दोस्रो दिन कुकुर तिहार, तेस्रो दिन गाई तिहार, चौथो दिन लक्ष्मी पूजा अनि पर्वको पाँचौँ दिन भाइटिका पर्दछ। यस दिनले दाजुभाइ र दिदी बहिनीबिचको विशेष सम्बन्धलाई जोड्ने गर्छ।

यसै समयमा नेवार समुदायले 'म्ह पूजा' पनि मनाउने गर्दछन्।

epaselect NEPAL BELIEF COWS
A family bows in front of a cow during the 'Gai Puja', also known as the Cow Worship Day, as part of the Tihar festival in Kathmandu, Nepal. (Representative image) Credit: EPA/AAP

गोवर्धन पूजा र भाइटिकाका केही परम्परा भारतका विभिन्न समुदायसँग पनि मिल्दोजुल्दो रहेका छन्।

जैन धर्ममा पनि दिवालीको महत्त्व छ। यस दिन भगवान् महावीरले अन्तिम मुक्ति प्राप्त गरेको स्मरण गरिन्छ।

केही बौद्ध समुदायमा दिवालीलाई अशोक सम्राटसँग पनि जोडिन्छ।

परम्परा र धार्मिक मान्यता फरक रहेता पनि विश्वभर नै दियो वा मैनबत्ती बाल्ने, घर सफा गर्ने, सजाउने, नयाँ कपडा लगाउने र परिवार साथीभाइसँग रमाइलो गर्दै माया साटासाट गर्ने पर्वका रूपमा यसलाई मनाउने चलन छ।

थप जान्नका लागि यहाँ जानुहोस्

अस्ट्रेलिया र विश्वभर दिवाली कसरी मनाइन्छ?

अस्ट्रेलिया लगायत विश्वभर नै दिवालीमा औपचारिक कार्यक्रमहरू आयोजना हुन्छन्। समुदाय, सांस्कृतिक उत्सव तथा राजनीतिक नेताहरूले पनि यस्ता कार्यक्रमहरू आयोजना गर्दछन्।

ANTHONY ALBANESE DIWALI PRESSER
Federal Member for Greenway Michelle Rowland (second from right) seen visiting the Shree Swaminarayan Mandir Temple in Blacktown, Sydney, with then-Opposition Leader and now Prime Minister Anthony Albanese during Diwali celebrations in 2021. Credit: BIANCA DE MARCHI/AAPIMAGE

सार्वजनिक व्यक्तित्वहरुले यो पर्व मनाउने समुदायलाई शुभकामना दिने चलन छ।

अस्ट्रेलियामा यस अघिका बर्सहरूमा संसद् भवन र ओपरा हाउसलाई दिवालीको रङ्गमा उज्यालो बनाइएको थियो।

समुदायका मानिसहरू मन्दिर जाने, सामुदायिक वा पारिवारिक भेटघाट गर्ने र मिठा परिकारहरू बनाउने पनि चलन छ।

विभिन्न कार्यस्थलहरूमा पनि दिवालीलाई उत्सवका रूपमा मनाउने चलन छ। एसबीएसमा दक्षिण एसियाली मूलका कर्मचारीहरूले आफ्ना सांस्कृतिक परम्परालाई सहकर्मी माझ साझा गर्दै दिवाली मनाउँछन्।

अमेरिकाको न्युर्योकमा दिवालीमा सार्वजनिक विद्यालय बिदा दिइन्छ।

यता अस्ट्रेलिया सामुदायिक संस्थाहरूले स्थानीय स्तरमा दिवालीलाई अझ व्यापक रूपमा मान्यता दिन निरन्तर पहल गरिरहेका छन्। यसै क्रममा दिवालीमा आधिकारिक सार्वजनिक बिदा बनाउनु पर्ने माग पनि उठ्दै आएको छ।

SYDNEY OPERA HOUSE HINDU FESTIVAL
The Sydney Opera House seen illuminated gold to celebrate Diwali, the Hindu festival of lights, in 2016. (Representative image) Credit: DAN HIMBRECHTS/AAPIMAGE

दिवाली सम्बन्धी केही रोचक तथ्य

दिवालीको रातमा तास खेल्ने चलन छ यसले नयाँ वर्षमा आर्थिक समृद्धि ल्याउने विश्वास गरिन्छ।

दूधबाट बनेका मिठाई बाँड्नुलाई सम्बन्धमा मिठास ल्याउने र आपसी सम्बन्ध बलियो बनाउने विश्वास गरिन्छ।

धेरैले आफ्ना घरका ढोका र झ्यालहरू खुला राखेर धनकी देवी लक्ष्मीलाई स्वागत गर्नै गर्दछन्।

घरका आँगनमा 'रंगोली' वा 'कोलम' बनाउने पनि चलन छ।

Copy of Copy of Pink Peach and Gold Watercolor Abstract Zoom Virtual Background (2).jpg
People share sweets and play cards for cash on Diwali night. Credit: Getty images

कतिपय व्यापारिक समुदायमा आर्थिक नयाँ वर्षको सुरुवातको प्रतिकका रूपमा हिसाब किताब राख्ने खाताहरू खोलेर पूजा गर्ने चलन पनि रहेको छ।

तमिल समुदायमा तेलले स्नान गर्ने परम्परा छ। यसले शरीर र मनको आध्यात्मिक शुद्धीकरण गर्नै मान्यता छ।

Copy of Copy of Pink Peach and Gold Watercolor Abstract Zoom Virtual Background (3).jpg
Ahead of Diwali, people clean and decorate their homes and create colourful patterns called 'Rangoli' or 'Kolam' to invite Lakshmi, Goddess of wealth and prosperity. Credit: Getty images

भारतमा दिवालीको समयमा गहनाहरूको ब्रिकी उल्लेख्य रूपमा बढ्ने गर्छ। धनतेरसको दिन सुन चाँदीका गहना खरिद गरिनुलाई शुभ मानिन्छ।

दिवालीमा उपहार दिने, मिठाई बाँड्ने चलन छ। भारतमा कम्पनीहरूले आफ्ना कर्मचारीहरूलाई दिवाली बोनस दिने चलन पनि छ।

दिवालीमा परिवार मात्र नभएर जनावर र चराचुरुङ्गीसँगको सम्बन्धलाई पनि सम्मान गरिन्छ। नेपालमा तिहारको मुख्य दिन भाइटिकाले दाजुभाइ दिदी बहिनीको सम्बन्धलाई उजागर गर्दछ।

तमिल समुदायमा विवाह पछिको पहिलो दिवालीलाई 'थलाई दीपावली' भनिन्छ।

यस पर्वमा हरेक क्षेत्रका आ-आफ्नै लोकप्रिय परिकारहरू छन्। यस पर्वलाई परम्परागत रूपमा उपवासको पर्व भन्दा पनि विभिन्न परिकारको आनन्द लिने अवसरका रूपमा लिइन्छ।

'दीपावली'लाई युनेस्कोले मानवताको अमूर्त सांस्कृतिक सम्पदाको प्रतिनिधि सुचीमा राखेको छ।

धेरै समुदायका लागि गहिरो धार्मिक र सांस्कृतिक महत्त्व बोकेको भए पनि विभिन्न धर्म मान्ने वा धर्म नमान्नेहरूका लागि पनि यो उज्यालो, समुदाय र आपसी एकताको उत्सवका रूपमा मनाउन सहभागी हुने गर्दछन्।

एसबीएसले दिवालीलाई कसरी प्रस्तुत गर्छ र मनाउँछ? दिवाली सम्बन्धी एसबीएसका विशेष सामाग्री

एसबीएसले दिवाली सम्बन्धी सामाग्री नेपाली, हिन्दी, पन्जाबी, तमिल, तेलुगु, गुजराती र बाङ्गला लगायतका भाषा टोलीहरूको सहायतामा तयार गर्ने गर्दछ। यी सामाग्रीहरूले विभिन्न समुदायले दिवाली मनाउने विविध तरिका प्रस्तुत गर्दछ।

एसबीएसका विभिन्न भाषा सम्बन्धी टोलीहरू दिवालीमा आयोजना हुने विभिन्न खाले कार्यक्रम र गतिविधिहरूमा सहभागिता जनाउँछन्। अस्ट्रेलियाका मुख्य सहरी क्षेत्रदेखि रिजनल सहरसम्म पुगेर गतिविधि र कथाहरू प्रस्तुत गर्दछन्।

सांस्कृतिक जानकारीमूलक सामाग्री सहित समुदाय एकजुट भएर कसरी पर्व मनाउँछन् भन्ने कम सुनिएका कथाहरूलाई प्राथमिकतामा राखेर प्रस्तुति दिने गरिन्छ।

Diwali_activation.png
SBS participating in a Diwali activation in Alice Springs Credit: SBS

एसबीएस फुडले दिवाली सम्बन्धी परम्परागत खाना र 'रेसीपी' र पाककलाका सामाग्रीहरू प्रस्तुत गर्दछ।

एसबीएस अन डिमान्डमा दिवाली सम्बन्धी मनोरञ्जनात्मक सामाग्री चलचित्र र टेलिभिजन सामाग्री प्रस्तुत गरिन्छ।

DSC02044.JPG
SBS holding a Diwali event for staff at its Melbourne office. Credit: SBS

अङ्ग्रेजी भाषामा तयार पारिएको दिवाली हबले दिवाली सम्बन्धी सबै सामाग्री र कथाहरू एकै ठाउँमा ल्याउने काम गर्दछ।

एसबीएसले आफ्नो कार्यालय विशेष रूपमा सजाउँदै,कर्मचारीहरूका लागि विशेष कार्यक्रम आयोजना गदै, सहकर्मीहरू एकै ठाउँमा भेला भएर पर्व मनाउने र सांस्कृतिक परम्परा साझा गर्ने अवसर प्रदान गर्दछ।

एसबीएस नेपालीको प्रत्यक्ष प्रसारण हरेक मङ्गलवार र बिहीवार दिउँसो २ बजे SBS South Asian मा डिजिटल रेडियोमार्फत, आफ्नो टेलिभिजनको च्यानल ३०५ मा, SBS Audio एपमार्फत, SBS On Demand मा वा हाम्रो वेबसाइटबाट सुन्न सक्नुहुन्छ। साथै हामी सोसल मिडिया प्लेटफर्महरू फेसबुक, इन्स्टाग्राम र एक्स मा पनि रहेका छौँ SBS Nepali का नाममा।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now