SKIP TO MAIN CONTENT

अस्ट्रेलियाका दोस्रो पिँढीका नेपाली बालबालिकाहरूलाई आफ्नो मातृभाषा सिक्न किन महत्त्वपूर्ण?

यस पोडकाष्ट शृङ्खलामा हामी अस्ट्रेलियामा हाल हुर्की रहेका नेपाली पृष्ठभूमिका बाल-बालिकाहरूलाई नेपाली भाषा सिकाउन कत्तिको महत्त्वपूर्ण रहेको छ त भन्ने बारे चर्चा गर्ने छौँ।

Sabdamala Parents and Children
Source: SBS Nepali/Rajish Aryal

3 min read

Published

Updated

By Rajish Aryal

Presented by Abhas Parajuli



Skip to article content

यो एसबीएस रेडियोमा अस्ट्रेलिया भर प्रसारण हुने नेपाली कार्यक्रमको विशेष पोडकाष्ट शृङ्खला प्रस्तुति हो।

हाल केही अध्ययनहरुमा मानिसहरूले दुई वा सो भन्दा धेरै भाषाहरू बोल्दा उनीहरूको मानसिक विकासमा अभिवृद्धि हुने बताइँदै गर्दा भाषाको महत्त्वबारे स्कुले उमेरका बालबालिकाहरूले कत्तिको बुझेका छन् भन्ने कुरा पनि हामी यस विशेष प्रस्तुतिमा खोतल्ने प्रयास गर्ने छौँ।

यस प्रस्तुतिको तेस्रो भागमा, के अभिभावकहरूले आफ्ना छोरा-छोरीलाई आफ्नो मातृभाषा सिकाउने धोको जबरजस्ती थुपारी त रहेका छैनन् भन्ने बारेमा पनि बुझ्ने छौँ।

प्रस्तुतिको अन्तिम भागमा भने हामी आफ्नो जन्मभूमि छाडेर अस्ट्रेलिया आएपछि त्यहाँको संस्कृति, रीतिरिवाज यहाँ पनि कायम राख्नु कत्तिको महत्त्वपूर्ण रहेको छ त भन्ने प्रश्नको उत्तर खोज्ने छौँ।

१. बाल नाटक "जेनेरेसन ग्याप"

Sabdamala Crew
Source: SBS Nepali/Rajish Aryal

शृङ्खलाको पहिलो भागमा हामी एक नाटक प्रस्तुत गर्दैछौँ।

अस्ट्रेलियामै हुर्की रहेका र पश्चिम सिड्नीको ग्रयान्विलमा रहेको "शब्दमाला" नेपाली स्कुलमा अध्ययनरत नेपाली पृष्ठभूमिका भाइ बहिनीहरूले "जेनेरेसन ग्याप" नामक उक्त नाटकमा भाग लिएका छन्।

कक्षा ४ देखि कक्षा ९ सम्म पढ्दै गरेका र हाम्रो नाटकका पात्रहरूको परिचय यस प्रकार छ:

  • संयोग बस्नेत (बाजे) 
  • रोज कर्माचार्य (आमा) 
  • अश्लेषा घले (बाबा) 
  • कृपा जोशी (जेसिका) 
  • आयुषी शर्मा खरेल (शिक्षिका)

हाम्रो यो नाटक अस्ट्रेलियामा बस्ने एक नेपाली परिवारको घरबाट सुरु हुँदै छ - बिहानको करिब ७ बज्नै लाग्दा भान्छामा आमा बाबु आफ्नी छोरी जेसिकाको लागि स्कुल लैजाने खाजा तयार गर्दै छन् भने छेउको कोठामा छोरी जेसिका टिभी हेर्दै छिन्।

२. नाट्यकर्मी भाइ-बहिनीहरूको अनुभव

Sabdamala Kids
Source: SBS Nepali/Rajish Aryal

"जेनेरेसन ग्याप" नामक उक्त नाटकमा हामीले जे सुन्यौँ, त्यो उहाँहरूको व्यक्तिगत जीवनसँग कत्तिको मेल खान्छ त? यो प्रश्न हामीले उहाँहरू समक्ष राखेका थियौँ।

३. कलाकार बालबालिकाका आमाबाबुको बिचार

Sabdamala
Source: SBS Nepali

यस पोडकाष्ट शृङ्खलाको भाग ३ मा तपाईँले नाटक र आफ्नो विचार बताउन संलग्न भाइ-बहिनीका आमाबाबुहरूसँग गरिएको कुराकानी सुन्न सक्नुहुनेछ।

उहाँहरूले किन आफ्ना छोरा-छोरीलाई नेपाली सिकाउन खोज्नुभयो र यो कत्तिको महत्त्वपूर्ण कुरो हो? हामीले जान्न खोज्यौँ।

आफ्नो राय सुनाउँदै हुनुहुन्छ:

  • विक्रम शर्मा खरेल,
  • अर्चना घले गुरुङ,
  • अनुप घले,
  • रोशन कर्माचार्य,
  • पूजा कर्माचार्य तथा
  • अशोक राई।

४. मानसिक स्वास्थ्य समस्यामा भाषा र पहिचानको भूमिका

Language learning
Language learning Source: Wikimedia

प्रस्तुतिको यो अन्तिम भागमा भने हामी आफ्नो जन्मभूमि छाडेर अस्ट्रेलिया आएपछि त्यहाँको संस्कृति, रीतिरिवाज यहाँ पनि कायम राख्नु कत्तिको महत्त्वपूर्ण रहेको छ त भन्ने प्रश्नको उत्तर खोज्ने प्रयासमा छौँ।

पहिले त, हामीले अस्ट्रेलियामा रहेका अन्य केही नेपाली आमा बाबुहरूसँग उहाँहरूले आफ्ना छोराछोरीहरूलाई नेपाली भाषा सिकाउँदा भोग्नु परेका अनेकन् समस्याहरू बुझ्न खोजेका छौँ।

साथै, अस्ट्रेलियामा नेपाली पृष्ठभूमिका बालबालिकाहरूले घर र घर भन्दा बाहिर छुट्टा-छुट्टै संस्कृति एवं भाषा सिक्दै हुर्कनु पर्ने अवस्था तथा त्यसले उनीहरूमा निम्त्याउन सक्ने अन्योल अनि पार्न सक्ने मानसिक प्रभावका बारेमा मनोचिकित्सक अनुपम पोखरेलसँग गरिएको कुराकानी पनि पोडकाष्ट शृङ्खलाको यस भागमा सुन्न सक्नुहुनेछ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now