Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

शब्दमाला भाषा विद्यालयको ५औँ वार्षिकोत्सव

Nepali Children Dancing at Sabdamala

न्यु साउथ वेल्सको हर्स्टभिलमा आयोजित शब्दमाला भाषा विद्यालयको ५ औँ वार्षिकोत्सव साँझमा नेपाली भाषा सिकाएर आफ्नो मातृभाषासँग जोड्न प्रयासरत अभिभावकहरूले आफ्ना बालबच्चाका प्रस्तुति हेरेर भरपुर मनोरञ्जन लिए। नेपाली सांस्कृतिक विविधता झल्काउने पोसाकमा उपस्थित बालबालिका र अभिभावकहरूले शनिवार आयोजित उक्त कार्यक्रम स्थल भरिएको थियो।


Published

Updated

By SBS Nepali

Source: SBS



Share this with family and friends


न्यु साउथ वेल्सको हर्स्टभिलमा आयोजित शब्दमाला भाषा विद्यालयको ५ औँ वार्षिकोत्सव साँझमा नेपाली भाषा सिकाएर आफ्नो मातृभाषासँग जोड्न प्रयासरत अभिभावकहरूले आफ्ना बालबच्चाका प्रस्तुति हेरेर भरपुर मनोरञ्जन लिए। नेपाली सांस्कृतिक विविधता झल्काउने पोसाकमा उपस्थित बालबालिका र अभिभावकहरूले शनिवार आयोजित उक्त कार्यक्रम स्थल भरिएको थियो।


आफ्ना नातिनातिनासँग अस्ट्रेलियामा समय व्यतित गर्न नेपालबाट आएका अभिभावकहरूलाई उनीहरूको अङ्ग्रेजी र आफ्नो नेपाली बिच तालमेल नमिल्दा दिक्क हुनु स्वाभाविक हो।

तर कार्यक्रम स्थलमा भेटिएका दुर्गाप्रसाद नेउपानेका लागी यो समस्या रहेको छैन किनभने उनले आफ्नो नातिसँग नेपाली भाषामा नै कुरा गर्छन्।शब्दमाला विद्यालयमा अध्ययनरत आफ्नो नाति जस नेउपानेसँग नेपालीमा गफ गरेर समय बित्ने गरेको उनको भनाइ रहेको छ।

अङ्ग्रेजी भाषा नबोल्ने दुर्गा प्रसाद नेउपाने यदि नातिले नेपाली नसिकेको भए त 'बोर' नै हुने थियो भन्छन्।

जसका बुवा भानु नेउपाने एक भन्दा धेरै भाषा जान्नु आफैमा राम्रो कुरा भएको बताउँछन्, साथै आफ्ना बुवा आमा छोरा जसको जन्म भएपछि अधिकांश समय अस्ट्रेलियामा नै बसेको कारण नेपाली भाषा सिकाउन आवश्यक ठानेर शब्दामालामा पठाएको बताउँछन्।

जस पनि आफूलाई नेपाली बोल्न राम्रो आउने बताउँदै हजुरबुवासँग नेपाली मै बोल्ने गरेको बताउँछन्।

Josh Neupane with his Father Bhanu Neupane and Grandfather Durga Prasad Neupane
जस नेउपाने आफ्ना बुवा तथा हजुरबुवासङ्ग Source: SBS NEPALI

सामुदायिक भाषा विद्यालय महासङ्घकी अध्यक्ष लुसिया जोन्स र न्यु साउथ वेल्सका लागी नेपाली वाणिज्य दूत दीपक खड्काको प्रमुख आतिथ्यमा कार्यक्रम सञ्चालन गरिएको थियो।

एसबीएस नेपालीसँग कुरा गर्दै वाणिज्य दूत दीपक खड्काले भने भाषा ज्ञान जति बढी भयो त्यति राम्रो हो। 

"१५/१६ वर्ष अगाडी नेपाली भाषा सिकाउने सोच मलाई पनि आएको भए मेरा छोराछोरीले नेपाली भाषा बोल्न यत्तिका समस्या हुँदैन थियो होला।"

आफ्ना आफ़न्त र संस्कृतिसँग नजिक ल्याउन भाषाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउने खड्का आफूलाई ५/६ वटा भाषा आउने बताउँछन्।

हाम्रो कुराकानीको क्रममा उनले 'नमस्ते' जस्तै अर्थ राख्ने शब्दहरू भिन्न भाषाहरूमा प्रयोग गरेर पनि सुनाए।

अर्चना गुरुङ
शब्दामाला नेपाली भाषा विद्यालयकी सञ्चालक समितिकी अध्यक्ष अर्चना गुरुङ Source: SBS Nepali

कार्यक्रम स्थलमा कुनै समय अभिभावकका रूपमा उपस्थित हुने अर्चना गुरुङ यो पटक भने शब्दामाला नेपाली भाषा विद्यालयकी सञ्चालक समितिकी अध्यक्षको रूपमा उपस्थिति जनाई रहेकी थिइन।

आफ्नो कान्छो छोरा बढी अङ्ग्रेजी भाषा बोल्ने समाजमा धेरै नै घुलमिल भएकोले नेपाली भाषा सिकिरहेको भए पनि जेठो छोराले शब्दामालाबाट दीक्षान्त लिइसकेको तथा उनको नेपाली भाषाको लेखाइ र बोलाइ अत्यन्त राम्रो भएको बताउँछिन्।

शब्दामालाको ६ वटा शाखाहरूमा लगभग १६५ विद्यार्थीहरूले नेपाली भाषा सिकिरहेको गुरुङले जानकारी दिइन।

"अस्ट्रेलियाका अन्य राज्यहरूमा विभिन्न संस्थाहरूले नेपाली भाषाको पठनपाठन सुरु गर्नुभएको छ। शब्दामाला वहाँहरुलाई सक्दो सहयोग गर्न तयार छ।"

विभिन्न नेपाली गीतहरू गएर, नेपाली गीतहरूमा नृत्य गरेर र नेपाली कविताहरू वाचन गरेर मात्र होइन उक्त कार्यक्रमको प्रस्तोताका रूपमा बेला बेलामा मञ्चमा उपस्थिति जनाएका नेपाली भाषा सिकिरहेका बालबालिकाहरूको प्रस्तुतिले प्रशस्तै ताली पायो।

Sarina Sainju, Bina Shrestha and Parishram Shrestha
मञ्चमा नृत्य प्रस्तुति दिएका शब्दामालामा अध्ययनरत सरिना सैंजु, बिना श्रेष्ठ र परिश्रम श्रेष्ठको नेपाली भाषा बोल्न सक्ने क्षमताको स्तर भिन्न-भिन्न भए पनि नपाली भाषा र संस्कृतिकाबारे जान्ने चाह भने व्यक्त गरे। Source: SBS NEPALI

सरिना नेपाली लोक नृत्यलाई प्रस्तुत गर्न खप्पिस देखिइन भने बिनाले आफ्ना बुवासँग नेपाली भाषा मा कुरा गर्ने भन्दै अलि सहज ढङ्गबाट नेपाली बोलेर आफूले ५ वर्ष देखि शब्दामालामा सिकेको प्रस्ट पारिन।

परिश्रम श्रेष्ठले नेपाली भाषामा प्रस्ट स्पष्ट बोल्दै भने, "म नेपाल गएर हजुरबुवा-हजुरआमासँग ६ महिना बस्दा निरन्तर अभ्यासबाट राम्ररी नेपाली बोल्न सक्ने भएको हुँ। 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now