SKIP TO MAIN CONTENT

मार्च ३० तारिखका लागि तय भएको नेपाल–अस्ट्रेलिया बिचको खेल रद्द

काठमाण्डौको दशरथ रंगशालामा मार्च ३० तारिखका लागि तय भएको विश्वकप छनौट चरण अन्तर्गतको फुटबल खेल कोभिड–१९ सङ्क्रमणलाई मध्यनजर गदै रद्द गरिएको हो ।

SOCCER: OCT 10 FIFA World Cup Qualifier - Australia v Nepal
Socceroos winger Craig Goodwin warms-up ahead of the World Cup qualifier against Nepal in Canberra. Source: Icon Sportswire

2 min read

Published

Updated

Presented by SBS Nepali

Source: SBS



Skip to article content

उक्त खेल अब “केन्द्रीय ढाँचामा” ३१ मे देखि १५ जुनका बिचमा खेलाइने फुटबल अस्ट्रेलियाले जनाएको छ ।

खेल कहाँ कुन स्थानमा गर्ने भन्ने बारेमा तय नभएको बताइएको छ ।

कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय यात्रामा अवरोध र अस्ट्रेलियाले हालको राउन्ड अन्तर्गत कुवेत,चाइनिज ताईपेइ र जोर्डन सँगको खेल खेल्न वाकी नै रहँदा खेललाई मे ३१ देखि जुन १५ का बिचमा सारिने भएको हो ।

“फिफाले ३१ मे देखि जुन १५ सम्म अन्तर्राष्ट्रिय खेल सक्ने गरी समयावधि बढाएकाले समूह-बि अन्तर्गतका खेलहरू सक्नका लागी उपयोग गर्नु पर्ने भएको छ । ” फुटबल अस्ट्रेलियाका प्रमुख कार्यकारी जेम्स जोनसनले बताए ।

“हामी सकेसम्म चाँडो-कोभिड सुरक्षित तरिकाले राष्ट्रिय टोलिको फुटबल पुन:सुचारु गर्न प्रतिबद्ध छौ,यसमा ए एफ सी र फिफा यसै गरी नेपाल ,जोर्डन,कुवेत,र चिनिया ताइपेई फुटबल सङ्घ सँग सहकार्य गरी उपयुक्त स्थानमा खेल सञ्चालन गर्नेछौ ।”

दुई अङ्कले समूह बि को अग्रता लिएको सकरुजले छनौट चरणका चार खेलमा निकै राम्रो खेल खेलेको थियो ।

विश्वकपको छनौट चरणको खेलका कारण यस वर्षको कोपा अमेरिकामा नखेल्ने निर्णय गरेको थियो ।

सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबलको छनौट खेल घरेलु मैदानमा हुने भएपछि नेपाली फुटबल टोली निकै उत्साहित रहेको थियो ।

हालै मात्रै अस्ट्रेलियाली राष्ट्रिय फुटबल लीगका पूर्व खेलाडी ग्यारी फिलिप्सलाई नेपाली महिला राष्ट्रिय टोलिका प्रमुख प्रशिक्षक पदमा नियुक्त गरिएको थियो ।

अस्ट्रेलियाको पछिल्लो समाचार, नेपाली भाषामा - सुन्नको लागि यो लिंकमा हेर्नुहोस्: https://podfollow.com/sbs-nepali

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now