क्रिकेट कुराकानी: खेलमा आवद्ध बालबालिका र युवाहरूको सुरक्षा कसरी सुनिश्चित गरिँदै छ?

A representative image of children playing cricket.

A representative image of children playing cricket. Credit: Pexels / Patrick Case

अस्ट्रेलियामा क्रिकेट सिजन सुरु भएसँगै भिक्टोरियन नेपलिज क्रिकेट एसोसिएसन (भीएनसीए)ले, क्रिकेट भिक्टोरियाका ‘इन्टेग्रिटी पोलिसी’हरू प्रति हालै समर्थन जनाएको थियो। क्रिकेट भिक्टोरियाले, इमानदारिताका लागि रहेका आफ्ना उक्त निष्ठा नीतिहरूमा सन् २०२४ को अगस्ट महिनामा केही फेरबदलहरू गरेको थियो, र त्यस प्रति हरेक वर्ष समर्थन जनाउनु पर्ने प्रावधान रहेको भीएनसीएका अध्यक्ष सुदिप न्यौपानेले बताएका छन्। सोही नीतिहरूमा के-के पर्दछन्, कसरी लागू भइरहेका छन् र बहु-सांस्कृतिक पृष्ठभूमि तथा अपाङ्गता भएका बालबालिकाको सुरक्षाका लागि अपनाइएका विधिहरू लगायतका विषयमा न्यौपानेसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now