Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

नेपाल कुराकानी: सक्रिय राजनीतिमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पुन: प्रवेश

Krishna Khanal (L) speaks on the return of Nepal's former President Bidya Devi Bhandari to active politics.

Krishna Khanal (L) speaks on the return of Nepal's former President Bidya Devi Bhandari to active politics. Credit: SBS Nepali/Prayas Dulal (inset), AAP/Thein Zaw

केही समययता सक्रिय राजनीतिमा फर्कने सङ्केत दिइरहेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले अन्ततः शनिवार, २८ जुनमा नेकपा एमालेमा फर्किएको एक सार्वजनिक कार्यक्रम मार्फत घोषणा गरेकी छन्। भण्डारीको पुनर्आगमनले नेपाली राजनीतिमा नयाँ तरङ्ग उत्पन्न गर्ने सक्ने केही विश्लेषकहरूले बताउँदै गर्दा अन्य कतिपयले चाहिँ राष्ट्रपति जस्तो आलङ्कारिक पदमा बसेको व्यक्ति राजनीतिमा पुन सक्रिय बन्ने कदमबाट स्वार्थको द्वन्द्व वा ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ हुने तर्क राखेका छन्। यही सन्दर्भमा पछिल्लो समयमा शान्ति एवं लोकतन्त्रका लागि नागरिक अभियन्ताका रूपमा चिनिएका कृष्ण खनालसँग एसबीएस नेपालीका लागि नेपाल संवाददाता प्रयास दुलालको कुराकानी सुन्नुहोस्। खनालले सन् १९७९ देखि २०१० सम्म त्रिभुवन विश्वविद्यालयमा राजनीतिशास्त्र विषयको प्राध्यापन गर्नुका साथै, सोही विश्वविद्यालय अन्तर्गत रहेको सिनास भनेर चिनिने नेपाल तथा एसियाली अध्ययन केन्द्रको सन् १९९४/९५ मा कार्यकारी निर्देशक थिए र सन् १९८९ मा नेपालका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका एक सल्लाहकार रहेका थिए।

Published

By Prayas Dulal

Source: SBS

Share this with family and friends

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now