Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

पुरै काठमाण्डू उपत्यकालाई जनाउने शब्द “स्वनिग:” र बद्लिँदो पत्रकारिताको स्वरूप बारे कनकमणि दीक्षित

Nepali mediaperson Kanak Mani Dixit.

Nepali mediaperson Kanak Mani Dixit. Credit: SBS Nepali/Girish Subedi

कनकमणि दीक्षित एक लेखक र पत्रकार हुनुका साथै एक नागरिक अधिकार अभियन्ता हुन्। ‘हिमाल साउथएशियन' पत्रिकाका संस्थापक सम्पादक रहेका दीक्षितको सम्पदा संरक्षणमा पनि चासो रहेको छ, जसले यात्रा, संस्कृति र वातावरणसँग सम्बन्धित विषयवस्तुहरूमा पनि लेख्छन्। पदयात्रामा रूचि भएका दीक्षितले सन् २००१ मा एक पदयात्राको क्रममा लडेर घाइते भएपछि नेपालमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टर स्थापनाका लागि काम गरेका थिए। हाल नेपाली भाषाको मुख्य अभिलेखालय मानिएको मदन पुरस्कार पुस्तकालयको नेतृत्व गर्दै गरेका उनले आफूलाई एक अनुवादक, राजनीतिक तथा भूराजनीतिक टिप्पणीकार एवं बाल पुस्तकहरूका लेखकका रूपमा चिनाउन रुचाउँछन्। दिक्षितले हालसालै काठमाण्डू उपत्यकालाई “स्वनिग:” नामकरण गर्ने बारेमा आफ्ना विचारहरू व्यक्त गरेका छन्, जुन उनको भनाइमा स्थानीय नेवारहरूले भित्री काठमाण्डू शहरलाई नभई पूरै उपत्यकालाई सम्बोधन गर्न प्रयोग हुने नाम हो। स्वनिग: नाम प्रस्ताव गर्नु पछाडिका कारण र नेपालमा पत्रकारिताको भविष्य र चुनौतीहरूबारे नेपाल संवाददाता गिरिश सुवेदीले कनकमणि दीक्षितसँग नेपाल संवाददाता गिरिश सुवेदीले गर्नुभएको कुराकानी सुन्नुहोस्। नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Published

Updated

By Girish Subedi

Source: SBS

Share this with family and friends

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयम्‌का हुन् र यी विचारहरू प्रति एसबीएसको समर्थन वा विरोध छैन।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now