बाढीपहिरोमा २६ जनाको मृत्यु र क्यानडामा सन्दीपको उत्कृष्ट प्रदर्शन - गत ७ दिन नेपालमा

Mustang tipper accident victim's body brought by military helicopter.

Mustang tipper accident victim's body brought by military helicopter. Source: RSS

सरकारले देशभर आएको बाढी र पहिरोमा परेर एक सातामा २६ जनाको मृत्यु भएको जानकारी, सात दिनदेखि जुम्लामा अनसनरत डा. गोविन्द केसीले तत्काल आफ्ना माग पूरा नभए मर्न तयार रहेको प्रतिक्रिया र नेपाली क्रिकेटर सन्दीप लामिछानेले ग्लोबल टी–२० क्यानडा प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन| यी थिए गत ७ दिनका नेपालका केहि मुख्य समाचार |


बाढीपहिरोमा परेर २६ जनाको मृत्यु

सरकारले देशभर आएको बाढी र पहिरोमा परेर एक सातामा २६ जनाको मृत्यु भएको जानकारी गराएको छ ।

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै गृहमन्त्री रामबहादुर थापाले असार १५ गतेदेखि बुधबारसम्म बाढी र पहिरोमा परेर २६ को मृत्यु, करिब एक दर्जन सर्वसाधारण घाइते र दुई बेपत्ता भएको जानकारी गराएका थिए ।
उनले दिएको तथ्यांक अनुसार बाँकेमा ४, रोल्पामा ३, सिन्धुली, पर्सा, मकवानपुर, तनहुँ र सर्लाहीमा २ र कैलाली, चितवन, काठमाडौं, उदयपुर, सिराह, दाङ, महोत्सरी, बर्दिया र बारामा एक जनाले ज्यान गुमाएका थिए ।
टिपर दुर्घटनामा २० जनाको मृत्यु

उपल्लो मुस्ताङको लो घ्याकर दामोदर कुण्ड गाउँपालिका ३ मा पर्ने स्याङ्बोचेमा मजदुर बोकेको टिपर दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ। शुक्रबार जोमसोम–कोरला खण्डको घिलिङ नजिक खाना खाएर मजदुर बोकेर कार्यस्थल फर्कदै गरेका बा२ ख २२१९ नम्बरको टिपर अनियन्त्रित भइ सडकबाट खस्दा १२ जना घाइते भएका थिए ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलले दुर्घटनाका घाइतेहरुलाई थप उपचारको लागि पोखरा लगिएको जानकारी गराएका थिए। 

 

Rally held in support of Dr Govinda KC and his hunger strike against government action on medical education.
Rally held in support of Dr Govinda KC and his hunger strike against government action on medical education Source: RSS


तत्काल माग पूरा नभए मर्न तयार ः डा.केसी

विगत सात दिनदेखि जुम्लामा अनसनरत डा. गोविन्द केसीले तत्काल आफ्ना माग पूरा नभए मर्न तयार रहेको प्रतिक्रिया दिएका छन् । स्वास्थ्य शिक्षा सुधारका माग राखेर अनसनरत डा. केसीले सरकारले कर्णालीका जनता र विद्यार्थीलाई वेवास्ता गरेको बताएका थिए ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयू कक्षमा अनशनरत डा. केसीको आठौं दिन पुग्दा स्वास्थ्यमा समस्या देखिएको छ ।
स्वास्थ्य शिक्षा सुधारका लागि विभिन्न सात बुँदे माग राखेर जुम्लामा १५औं अनशन थालेका डा. केसीको समर्थनमा शनिबार राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरिएको थियो ।

त्यस्तै अनशनरत डा. केसीको जीवन रक्षाको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शुक्रबार संसद् बैठक अवरुद्ध गरेको थियो ।

स्वास्थ्य शिक्षा सुधारको लागि उनले राखेका मागलाई अध्यादेशअनुसार सम्बोधन गनुपर्ने कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडू बताएका थिए ।
...

सरकारले सामन्तवादी चरित्र देखायो ः पूर्वप्रधानन्यायाधीश कार्की

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले सामन्ती शोषकको चरित्र देखाएको आरोप लगाएकी छन् ।

विभिन्न माग राख्दै अनसनरत डा. गोविन्द केसी र गंगामायाको स्वास्थ्य अवस्थाबारे जानकारी दिन आयोजित कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश कार्की सरकारलको सामन्ती शैली तत्काल रोक्न आग्रह समेत गरेकी थिइन् ।

त्यस्तै चिकित्सा शिक्षा आयोगका संयोजक केदारभक्त माथेमा र अधिवक्ता ओम अर्यालले नेपालको स्वास्थ्य सेवा विपन्नको पहुँचमा र्पुयाउन मेडिकल शिक्षामा सरकारी लगानी हुनुपर्ने बताएका थिए ।
Photo of the year award for 2018 given to Narendra Shrestha for his photo about a father cremating his dead child's body in Koshi River.
Photo of the year award for 2018 given to Narendra Shrestha for his photo about a father cremating his dead child's body in Koshi River. Source: Supplied
कोशीमा बालकको शव बगाउँदै गरेको तस्विर जित्यो फोटो अफ द इयर

नेपाल फोटो प्रतियोगिता २०७५ को उपाधि नरेन्द्र श्रेष्ठले जितेका छन् । उनले गत वर्ष सप्तरीको कुलारी गाँउमा खिचेको बाढीका कारण मृत्यु भएका पाँच वर्षीय बालकलाई अभिभावकले कोशी नदीमा बगाउँदै गरेको फोटो यसवर्षको फोटो अफ द इयर घोषित भएको थियो ।
उपाधिसँगै उनले १ लाख रुपैयाँ पुरस्कार पाएका थिए ।
त्यस्तै नेपाल स्माइल विधामा दीपेन्द्र रोक्काको फोटो उत्कृष्ट भएको थियो । डेली लाइफ विधामा सुनिता डंगोल, न्युज फोटोमा अंगद ढकाल, नेचर एण्ड वाइल्ड लाइफमा श्रीराम खत्री र कल्चर एण्ड टुरिजममा किरण श्रेष्ठले खिचेको फोटोहरु उत्कृष्ट हुँदै उपाधि जितेको थियो ।

एक्सन स्पोर्टस विधामा प्रतिक रायमाझी र स्टोरीमा मनिष पौडेलले खिचेको फोटो पहिलो भएको थियो । प्रत्येक विधामा उत्कृष्ट हुने फोटोले ३० हजार, दोस्रोले २० हजार र तेस्रोेले १० हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

प्रतियोगिताको आयोजना फोटो पत्रकार क्लबले गरेको थियो ।
...

देशभर २२ प्रतिशत रोपाइँ

देशभर १५ लाख ५२ हजार ४६९ हेक्टर जमिन खेतीयोग्य रहेपनि हालसम्म २२ प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ भएको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ ।
युवाहरु विदेशिनु, समयमा बीउ र मलको व्यवस्थापनमा हुन नसक्नु र वर्षा हुन नसक्दा यसवर्ष धान उत्पादनमा असर परेको छ ।
उच्च पहाडी भेगमा धान खेती हुन नसकेपनि मध्यपहाडी क्षेत्रमा धान उत्पादन राम्रो हुने गरेको छ। त्यस्तै तराईका अधिकांश जिल्लामा उत्पादन अधिकतम हुने गरेको मन्त्रालयले जनाएको छ ।
...

ग्लोबल टी–२० मा सन्दीपको उत्कृष्ट प्रदर्शन

नेपाली क्रिकेटर सन्दीप लामिछानेले ग्लोबल टी–२० क्यानडा प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेका छन् । टोरन्टोमा आयोजित प्रतियोगितामा उनको उत्कृष्ट प्रदर्शनसँग मोन्ट्रियल टाइगर्सले बुधबार इडमोन्टन रोयल्सलाई १५ रनले हराएको थियो ।
सन्दीपले ४ ओभरमा १६ रन खर्चिदैं १ विकेट लिएका थिए ।
टस हारेर ब्याटिङ गर्न आएको मोन्ट्रियलले २० ओभरमा ६ विकेट गुमाई १ सय २९ रनमात्र बनाउन सकेको थियो । म्यान अफ द म्याच अष्ट्रेलियन पिटर सिडेल घोषित भएका थिए । प्रतियोगिताको चौथो स्थानमा रहेको मोन्ट्रियल, यो जितसँगै प्लेअफमा पुग्ने सम्भावना बढेको छ ।
...


Share
Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand