SKIP TO MAIN CONTENT

बजारमा कहिलेदेखि राजा चार्ल्स तृतीयको तस्बिर अङ्कित सिक्काहरू आउँछन्?

Australian coins will feature a new portrait of the Queen.
Source: Supplied

आगामी वर्षदेखि राजा चार्ल्स तृतीयाको तस्बिर अङ्कित सिक्काहरू बजारमा आउनेछन्।


Published

Updated

By Emma Kellaway

Presented by Krishna Pokhrel

Source: SBS



Skip to podcast episode content

आगामी वर्षदेखि राजा चार्ल्स तृतीयाको तस्बिर अङ्कित सिक्काहरू बजारमा आउनेछन्।


अस्ट्रेलियाका प्रत्येक सिक्काको एक भागमा दशकौँदेखि महारानी एलिजाबेथ द्धितियाका तस्बिर अङ्कित हुँदै आएको छ।

तर आगामी वर्षदेखि त्यसको स्थान राजा चार्ल्स तृतीयाले लिनेछन्।

ट्रेजरीका सहायक मन्त्री एन्ड्रु लिले मङ्गलवार परिवर्तनका बारेमा घोषणा गरेका छन्।

“पेन्स र सिलिङ हुँदैदेखि महारानीका तस्बिरहरू अस्ट्रेलियाका सिक्काहरूमा रहेका थिए, तर अब उल्लेखनीय क्षण आउँदैछ, जहाँ राजाका तस्बिर त्यसमा छापिनेछन्,” उनले भने।

सिक्का छाप्ने जिम्मेवारी पाएको संस्था रोयल अस्ट्रेलियन मिन्टले यसका लागि सबैभन्दा पहिले बेलायती समकक्षीसँग परामर्श गर्नुपर्दछ।

त्यसपछि बकिङ्गम प्यालेसले तस्बिरलाई अनुमोदन गरेपछि, छापेर बजारमा पठाउनु अघि त्यसको परीक्षण गरिन्छ।

नयाँ सिक्काहरू अर्को वर्षमा बैङ्क एवम् पकेटहरूमा आईपुग्ने आशा गरिएको छ।

तर हाल प्रयोगमा रहेका सिक्का भने यथावतै रहने बताइएको छ।

आगामी सिक्कामा देखिने नयाँपन भनेको चाहिँ राजाको तस्बिरको दिशा परिवर्तन हुने मन्त्री लेहको भनाई छ।

“अहिले महारानीको तस्विर बायाँ फर्किएको छ, तर नयाँ सिक्कामा राजाको तस्बिर दायाँ फर्किएको हुनेछ,” उनले भने।

तर पाँच डलरको नोटमा राजाको तस्बिर अङ्कित हुनेछैन।

“यो चाहिँ एलिजाबेथ, महारानीको हैसियतमा नभई व्यक्तिगत रूपमा राखिएको हो, त्यसैले गर्दा यो आफै परिवर्तन हुँदैन,” उनले भने।

यो सरकारमा निर्भर गर्छ, यदि सरकारले नोटमा तस्बिर परिवर्तन गर्न चाहन्छ भने त्यो गर्न सक्छ।

तर त्यसमा कसको तस्बिर राख्ने भन्ने प्रश्न पनि उठ्छ।

प्रधानमन्त्री एन्थोनि एल्बनिजीले हाललाई यो प्रश्नको उत्तर थाती राखेका छन्, उपयुक्त समयमा यसका बारेमा निर्णय गर्ने उनको भनाई छ।

“म आगामी सोमबार हुने महारानी एलिजाबेथको अन्यष्टीकाे बारेमा सोची रहेको छु, मलाई पाँच डलरमा उनको तस्बिर हटाउने बारेमा सोधीदैछ, मलाई लाग्छ कि यो समयमा केही सम्मान दिनु आवश्यक छ,” उनले भने।

प्रश्न यो पनि छ कि अहिलेको डिजिटल दुनियाँमा ५, १० वा २० सेन्टका सिक्काहरू छाप्न तिनीहरूले वास्तविक मूल्य भन्दा बढी लाग्छ।

सन् १९६५ देखि सिक्काको उत्पादनको जिम्मेवारी पाएको सरकारी निकाय द रोयल अस्ट्रेलियन मिन्टका प्रमुख कार्यकारी लि गोर्डन पछिल्लो समय सिक्काको आवश्यकता कम हुँदै गएको भएपनि यसले महत्त्व भने राख्ने बताउँछन्।

“यसको प्रयोगमा गिरावट देखिएको छ, मिन्ट अस्ट्रेलियाली समाजको एक तत्त्व हो, जुन सिक्का चलाउनमा निर्भर छ, यो एक समाजलाई जोड्ने मुद्दा हो, त्यसैले यसको स्तर कायम गर्ने कुरा हामीले सुनिश्चित गर्नुपर्दछ।”


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now