Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

अस्ट्रेलियामा सिकेका ज्ञान नेपालको कोभिड विरुद्धको लडाइमा प्रयोग गर्ने एक वैज्ञानिक: साप्ताहिक नेपाल सन्दर्भ

Sameer Mani Dixit

अस्ट्रेलियामा ९ वर्ष अध्ययन गरेपछि हाल नेपालकै जनस्वास्थ्य क्षेत्रमा काम गरिरहेका नेपालका चर्चित जनस्वास्थ्यविद् डा. समीर मणि दीक्षितसँग गरिएको विशेष कुराकानीका साथ नेपालका पछिल्ला सात दिनका प्रमुख समाचारहरू सुन्नुहोस्।


Published

Updated

By Sewa Bhattarai

Source: SBS




Share this with family and friends


अस्ट्रेलियामा ९ वर्ष अध्ययन गरेपछि हाल नेपालकै जनस्वास्थ्य क्षेत्रमा काम गरिरहेका नेपालका चर्चित जनस्वास्थ्यविद् डा. समीर मणि दीक्षितसँग गरिएको विशेष कुराकानीका साथ नेपालका पछिल्ला सात दिनका प्रमुख समाचारहरू सुन्नुहोस्।


यस हप्ताका प्रमुख समाचारमा,

  • जनता समाजवादी दलकी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले एउटा सार्वजनिक भाषणमा गौर नरसंहार दोहोर्‍याउने धम्की दिएपछि त्यसको सर्वत्र विरोध भएको छ। विभिन्न राजनीतिक दल लगायत मानिसले उनको राजीनामा माग गरिरहेका छन्। र यसबारेमा कुनै प्रतिक्रिया नदिएपछि सरकार पनि आलोचित बनेको छ।
  • प्रदेश २ को प्रदेश सभाले मतदान गरेर प्रदेशको नाम र राजधानीको टुङ्गो लगाएको छ। प्रदेश २ को नाम मधेस र राजधानी जनकपुरधाम हुने भएको छ। 
  • गत शनिवार देखि नेपालको प्रसिद्ध नाटक घर गुरुकुल फेरि सञ्चालनमा आएको छ। नेपालमा नियमित व्यावसायिक नाटक मञ्चनको सुरुवात गर्ने गुरुकुल करिब एक दशक अघि आफ्नै जग्गाको अभावमा बन्द भएको थियो। हाल भने फेरी नाटक "पुतलीको घर" देखाएर बानेश्वरको कुञ्ज नाटक घरमा गुरुकुल सञ्चालन हुन थालेको छ। 
  • नेपालमा कोरोना महामारीको तेस्रो लहरमा ३४ जनाको मृत्यु भइसकेको छ र सक्रिय सङ्क्रमितको सङ्ख्या एक हप्तामै २० हजार बाट बढेर ६५ हजार भन्दा बढी पुगेको छ। कोरोना भाइरसको ओमिक्रन भेरिएण्ट बढ्दै गएपछि सरकारले विभिन्न सार्वजनिक क्षेत्रमा नियन्त्रणहरू बढाएको छ। यातायातका साधनमा जोरबिजोर प्रणाली लागु गरिएको छ भने यातायात लगायतका सार्वजनिक स्थलमा मास्क र स्यानिटाइजरको नियमन बढेको छ। यसै सन्दर्भमा अस्ट्रेलियामा उच्च अध्ययन गरेका जनस्वास्थ्यविद् समीर मणि दीक्षितसँग गरेको कुराकानी सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

 

अस्ट्रेलियामा दुई वटा स्नातकोत्तर डिग्री र विद्यावारिधि समेत गरेका डा. समीर मणि दीक्षित नेपालका चर्चित जनस्वास्थ्यविद् हुन्।

अस्ट्रेलियामा ९ वर्ष अध्ययन गरेपछि हाल उनी नेपालकै जनस्वास्थ्य क्षेत्रमा काम गरिरहेका छन्, र यस बारेमा सरकारलाई परामर्श दिने समेत गर्दछन्।

Nepal covid vaccine
Source: Kamal Khatri/ RSS

यसका साथै उनी सञ्चार क्षेत्रमा समेत सक्रिय छन्, उनले कान्तिपुर टिभी, एपी वान र अहिले ग्यालेक्सी टिभीमा बिहानैको कार्यक्रम चलाउने गर्दछन्।

अस्ट्रेलियाको शिक्षा प्रणाली राम्रो छ। त्यहाँ सैद्धान्तिक अध्ययन मात्रै नभएर आफैँ प्रयोगशालामा काम गर्नुपर्थ्यो। त्यसले गर्दा धेरै कुरा सिकियो। अस्ट्रेलियामा यति रमाइलो गरी पढ्न थालेपछि मलाई अमेरिका फर्कन पनि मन लागेन र अन्त कतै जान पनि मन लागेन

कोरोना महामारी सुरु भएपछि नेपालमा पहिलो पटक कोरोनाको परीक्षण र पुष्टि दीक्षितको प्रयोगशालाको सहयोगमा भएको थियो।

अस्ट्रेलियामा गरेको अध्ययनले आफूलाई नेपालमा आएर काम गर्न सजिलो बनाएको उनी बताउँछन्।

"अस्ट्रेलियाको शिक्षा प्रणाली राम्रो छ। त्यहाँ सैद्धान्तिक अध्ययन मात्रै नभएर आफैँ प्रयोगशालामा काम गर्नुपर्थ्यो। त्यसले गर्दा धेरै कुरा सिकियो। अस्ट्रेलियामा यति रमाइलो गरी पढ्न थालेपछि मलाई अमेरिका फर्कन पनि मन लागेन र अन्त कतै जान पनि मन लागेन," अमेरिकामा स्नातक तह पढेका दीक्षित भन्छन्।

दीक्षितले अध्ययन बाहेक अस्ट्रेलियाका अरू पनि मीठा याद सँगालेका छन्। "अस्ट्रेलियाको बसाई नै निकै रमाइलो रह्यो मेरा लागि। म सबैभन्दा धेरै त्यहाँको समुद्री तट सम्झिन्छु। अङ्ग्रेजी नयाँ वर्षको समयमा समुद्री तटमा रमाइलो गरेको सम्झनाहरू अझै आई रहन्छन्। म जे सबैभन्दा धेरै सम्झन्छु, त्यो चाहिँ नेपालमा ल्याउन मिल्दैन," उनी भन्छन्।

उनी अझै पनि अस्ट्रेलियाका साथीहरूसँग ह्वाट्सएप ग्रुपमा छन्, जसबाट उनलाई अस्ट्रेलियाका हरेक खबर, राष्ट्रिय, स्थानीय र समुदाय स्तरका खबर समेत थाहा भइरहन्छन्। अस्ट्रेलियाको धेरै सम्झना आइरहने हुनाले उनी अहिले पनि दुई-चार वर्षमा एक चोटि अस्ट्रेलिया पुगिरहेका हुन्छन्।

विदेशमा जतिसुकै रमाइलो भए पनि दीक्षितले नेपाल फर्कने लक्ष्य भने कहिल्यै नबिर्सेको बताउँछन्, जसका कारण उनी आज नेपालका धेरै क्षेत्रमा सक्रिय छन्। "फर्केर आएर काम गर्नलाई राजनीतिक स्थिति र ब्युरोक्रेसी लगायतका धेरै समस्या छन्, तर पनि आफूले आँट्यो भने जे पनि गर्न सकिन्छ," उनी भन्छन्।

"नेपालमा बसेर विश्वकै उच्च स्तरीय वैज्ञानिक अनुसन्धान गर्छु भनेर मैले भन्दा सुरुमा कसैले पत्याएन, मेरो बुवा आमाले पनि पत्याउनुभएन। तर आज हामी त्यसरी काम गरिरहेका छौँ।"

Sameer Mani Dixit with Australian ambassador to Nepal Felicity Volk
Sameer Mani Dixit with Australian ambassador to Nepal Felicity Volk. Source: Felicity Volk/twitter

केही वर्षयता दीक्षित टेलिभिजनमा कार्यक्रमहरू पनि चलाइरहेका छन्।

विज्ञान र मनोरञ्जन दुवै क्षेत्रमा काम गर्न कसरी भ्याउनुहुन्छ भन्ने प्रश्नको उत्तरमा दीक्षित भन्छन्, "म केही कुरालाई पनि नाइँ भन्दिन। टेलिभिजनमा काम गर्ने प्रस्ताव आयो र मैले गरेँ। यस बाहेक म परिवार र साथीहरूका लागि पनि समय निकालिरहेको हुन्छु। समय व्यवस्थापन गर्न सक्यो भने जे पनि गर्न सकिन्छ।"

पछिल्लो समयमा दीक्षित टेलिभिजनमा मात्र नभएर टिकटकमा पनि भाइरल हुन थालेका छन्।

हाँस्दै दीक्षित भन्छन्, "प्रधानमन्त्री ओलीले टिकटक बनाएपछि अरूले पनि बनाउन थाले। मलाई पनि मानिसहरूले आफ्नो कुरा टिकटकमा राख्न सल्लाह दिन थाले। मेरो केहीलाई पनि नाइँ नभन्ने स्वभावको अर्को उदाहरण हो यो। मैले टिकटक बनाउन थालेँ, र अहिले त्यो नयाँ माध्यममा पनि रमाइरहेको छु।"


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now