Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

सामाजिक सञ्जालमा विद्यार्थीलाई उक्साउने काम भयो: एनआरएनए प्रवक्ता डिला खरेल

International students in Australia
Tertiary students at the University of Melbourne in Melbourne, Wednesday, May 8, 2012. (AAP Image/Julian Smith) NO ARCHIVING Source: AAP

गैर आवासिय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाले सामाजिक संजालमा अस्ट्रेलियन इस्टिच्युट अफ बिजनेस एण्ड टेक्नोलोजी (एआइबिटी) मा अध्ययनरत विद्यार्थीहरूलाई झन् भड्काएको आरोप लगाएको छ। व्यावसायिक शिक्षा र प्रशिक्षण केन्द्रहरूलाई निगरानी गर्ने निकाएले एआइबिटीको दर्ता खारेज गर्ने निर्णय गरे पश्चात उक्त भनाइ आएको हो।

Published

Updated

By Sunita Pokharel

Source: SBS

Share this with family and friends

गैर आवासिय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाले सामाजिक संजालमा अस्ट्रेलियन इस्टिच्युट अफ बिजनेस एण्ड टेक्नोलोजी (एआइबिटी) मा अध्ययनरत विद्यार्थीहरूलाई झन् भड्काएको आरोप लगाएको छ। व्यावसायिक शिक्षा र प्रशिक्षण केन्द्रहरूलाई निगरानी गर्ने निकाएले एआइबिटीको दर्ता खारेज गर्ने निर्णय गरे पश्चात उक्त भनाइ आएको हो।

एनआरएनए अस्ट्रेलियाका प्रवक्ता डिला खरेलले एसबीएस नेपालीसँगको कुराकानीका क्रममा विद्यार्थी र अभिभावकहरूलाई शान्त रहन र कलेजको प्रणालीलाई स्विकार्दै पढाइलाई निरन्तरता दिन आग्रह गरेका छन्।

साथै उनले एनआरएनए र सम्बन्धित निकाय मिलेर यो समस्याको समाधान निकाल्न र विद्यार्थीहरूलाई पनि राहत दिन प्रयास गर्ने जानकारी दिएका छन्।

उनले एआइबिटी कलेज जिम्मेवारी पूर्ण ढङ्गबाट प्रस्तुत भएको भन्दै विद्यार्थीहरूलाई सामाजिक सञ्जालमा आएका समाचारहरू निराश नहुन पनि आग्रह गरेका छन्।

बिहीबार सरोकारवाला पक्षबिच नेपाली महावाणिज्य दूतको कार्यालयमा आयोजित छलफलमा विभिन्न शैक्षिक परामर्शदाता र केही विद्यार्थीहरूका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको खरेलले जानकारी दिए।

छलफलका क्रममा विद्यार्थीहरूले कलेजको प्रावधानहरूलाई राम्रोसँग नबुझेको र शैक्षिक परामर्शदाताहरूले पनि सही जानकारी दिन चुकेको स्वीकारेको खरेलले जानकारी दिएका छन्।

खरेलसँग गरिएको हाम्रो कुराकानी सुन्न माथि रहेको मिडिया प्लेयरमा प्ले बटन थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now