Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

नेपालमा चिनियाँ हस्तक्षेप बढेको आरोप

Nepal Youth Protest China

नेपालको राजनीतिमा चीनको हस्तक्षेप बढेको भन्दै नेपालमा थुप्रैले विरोध गरेका छन् र मङ्गलवार केही युवाले चिनिया राजदूतावास अगाडि प्रदर्शन गरेका छन्।


Published

By सेवा भट्टराई

Source: SBS




Share this with family and friends


नेपालको राजनीतिमा चीनको हस्तक्षेप बढेको भन्दै नेपालमा थुप्रैले विरोध गरेका छन् र मङ्गलवार केही युवाले चिनिया राजदूतावास अगाडि प्रदर्शन गरेका छन्।


सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा आन्तरिक सङ्घर्ष चर्किएको बेलामा चिनिया राजदूत होउ याङ्छीले शीर्ष नेताहरूसँग भेटघाट बढाएपछि यस्तो विरोध गरिएको हो। 

गत हप्ता प्रधानमन्त्री केपी ओलीको नेतृत्वदेखि असन्तुष्ट नेकपाकै नेताहरूले ओलीको राजीनामा माग गरेका थिए र राजदूत याङ्छीले नेताहरूलाई ओलीको पक्षमा ल्याएर सरकार टिकाउने प्रयास गरिरहेको अनुमान गरिँदै छ।

संसद्मा दुई तिहाइ बहुमत रहेको कम्युनिस्ट पार्टीका नेता ओली  चीनसँग धेरै नजिक रहेको आरोप यसअघि पनि लागिसकेको छ।

Nepal's Prime Minister KP Sharma oli addressing the nation on May Day 2020
Nepal's Prime Minister KP Sharma Oli Source: Screenshot from PM's address to nation

ओलीको कार्यकालमा थुप्रै वर्षपछि चिनिया राष्ट्रपति सी जिन पिङले नेपाल भ्रमण गरेका थिए भने नेपालको राजनीतिक सङ्कटका समयमा चिनिया राजदूत होउ याङ्छीको सक्रियता यो भन्दा अघि पनि देखिएको थियो। 

यसै महिना भारतले दाबी गरेको भूमि कालापानी सहितको नक्सा नेपालले जारी गर्दा त्यो चीनको इसारामा गरेको आरोप भारतका धेरैले लगाएका थिए र प्रधानमन्त्री ओलीका यस्ता अभिव्यक्तिले पनि ती आरोपलाई बल पुगेको छ।

“पहिली यहाँहरूलाई सम्झना होला, चीनतिरको ट्रान्स्पोर्ट ट्रान्जिट एग्रीमेण्ट गरेर फर्किएपछि सरकार ढलेको थियो किनभने हामीसित बहुमत थिएन। अहिले त्यही सपना देखेर यहाँका होटलहरुमा भइराखेका गतिविधिहरू, एम्बेसीको सक्रियता, त्यसले पनि बताइराखेको छ।”

एकीकृत मार्क्सवादी लेनिनवादी पार्टी एमाले र माओवादी पार्टी मिलेर बनेको नेकपामा दुवै भूतपूर्व पार्टीका नेता सह अध्यक्ष छन्।

Nepal Communist Party President KP Sharma Oli (right) and Pushpa Kamal Dahal (left) after the announcement of their party unity in May 2018.
Nepal Communist Party President KP Sharma Oli (right) and Pushpa Kamal Dahal (left) after the announcement of their party unity in May 2018. Source: Facebook

गत हप्ता नेताहरूले ओलीलाई देशको प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिन दबाब दिएका हुन्। यो विषयमा निर्णय गर्नका लागि बोलाइएको नेकपा पार्टीको बैठक लगातार सरिरहेको छ  र आफू अल्पमतमा परेको जानेर ओलीले बैठक सारिरहेको अनुमान गरिएको छ। 

ओलीले राजीनामा दिनुको सट्टा नयाँ दल खोल्ने अनुमान गरिएको छ। 

यस्तै समयमा राजदूत याङ्छीले केपी ओली, प्रचण्ड र माधव नेपाल जस्ता नेताहरूसँग भेटघाट गरिरहेकी छिन्। 

ओलीको सरकार बचाउनका लागि याङ्छीले प्रचण्ड र ओलीबिच मध्यस्थता गरेको आरोप लागिरहेको छ भने भारतीय सञ्चार माध्यममा प्रधानमन्त्री ओली  व्यक्तिगत रूपमा चिनिया राजदूतबाट धेरै प्रभावित भएको चर्चा चलिरहेको छ।

अरू पार्टीका नेताहरूले यस्ता वार्तालापलाई हस्तक्षेप भन्दै त्यसमाथि प्रश्न उठाइरहेका छन् तर, नेकपाका नेताहरूले त्यस्ता आरोपलाई अस्वीकार गरिरहेका छन्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now