मुख्य विषय
- सन् २०१९ मा ७७ प्रतिशत महिलाले गर्भ बसेको तीन महिना भित्र एन्टीनेटल क्लिनिकहरूमा स्वास्थ्य जाँचका लागि पुगेका थिए।
- गर्भावस्थामा स्वास्थ्य जाँचका लागि नजानेमा चाहिँ विदेशमा जन्मिएका र कम उमेरका महिलाहरू बढी भएको देखिन्छ।
- नियमित रूपमा स्वास्थ्य जाँच गर्दा, उक्त रक्तचाप र डाइबेटीज जस्ता रोगहरूलाई समयमै नियन्त्रण गर्न सकिन्छ।
एन्टीनेटल केयर भन्नाले गर्भवती महिला र उनीहरूका बच्चाका लागि गरिने नियमित स्वास्थ्य परीक्षण भन्ने बुझिन्छ।
नियमित रूपमा यस्ता परीक्षण केन्द्रहरुमा पुगी स्वास्थ्य जाँच गराउँदा सम्भावित रोगहरूबाट बच्न सजिलो हुन्छ।
मेलबर्न स्थित महिला स्वास्थ्य सम्बन्धी बहु सांस्कृतिक केन्द्रकी प्रमुख कार्यकारी अधिकृत डा.एडल मुर्डुलो गर्भावस्थाको सुरुमा स्वास्थ्य जाँचले मातृ र बाल स्वास्थ्यमा सकारात्मक परिणाम दिने बताउँछिन्।
“आफ्नो गर्भ बसेको थाहा हुने बित्तिकै जाँचका लागि बुकीङ्ग गर्ने र त्यसपछिका नियमित जाँचहरुले गर्भावस्थामा आउन सक्ने सम्भावित रोगहरूको पहिचान गर्न स्वास्थ्यकर्मीहरुलाई सजिलो हुन्छ,” उनले भनिन्।
अस्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एन्ड वेलफेयरको एक अध्ययन रिर्पोटमा सन् २०२१ मा ६० प्रतिशत महिलाहरूले गर्भ बसेको १० हप्ता भित्र एन्टीनेटल क्लिनिकमा जँचाउन गएको देखाउँछ।
डा. मुर्डुलो तथ्याङ्कहरूले आप्रवासी महिलाहरू भने स्वास्थ्य जाँचका लागि यहाँका स्थानीय महिलाहरू भन्दा ढिलो गरी पुग्ने गरेको बताउँछिन्।
अस्ट्रेलियाली सरकारले गर्भ बसेको १० हप्ता भित्र स्वास्थ्य जाँचका लागि जानका लागि आग्रह गरेको छ, तर २० प्रतिशत आप्रवासी महिलाहरू भने गर्भ बसेको २० हप्ता पुगी सक्दा पनि एन्टीनेटन क्लिनीकहरुमा नगएको देखिन्छडा.एडल मुर्डुलो
यो सङ्ख्या देश भरीको हो, तर केही स्थान जुन सामाजिक आर्थिक रूपमा अलि बढी तल परेका छन् त्यहाँ जँचाउन जानेको सङ्ख्या अझै न्यून रहेको डाक्टर मुर्डुलोको भनाई छ।
उनका अनुसार केही आप्रवासी महिला त एन्टीनेटल सेवा लिनका लागि जाँदै जाँदैनन्।

डाक्टर मुर्डुलोका अनुसार केही आप्रवासी महिलाहरूमा मधुमेह, प्रीक्लेम्पसिया र मृत बच्चा जन्मने सम्भावना बढी रहेको हुन्छ।
ती अवस्थाहरू चाडै पत्ता लगाउन सके, यसको उपचार पनि चाडै सुरु गर्न सकिन्छ, स्वास्थ्यकर्मीहरुले यसका लागि आवश्यक सही उपायहरू प्रयोग गर्न सक्छन्डा. मुर्डुलो
एमान्डा हेन्री न्यु साउथ वेल्स विश्वविद्यालयकी प्रसूति एवम् स्त्रीरोग सम्बन्धी उपप्राध्यापक साथै सेन्ट जर्ज अस्पताल एवम् रोयल हस्पिटल अफ वुमनकी प्रसूति रोग विशेषज्ञ हुन।
उनका अनुसार गर्भ बसेको १० हप्ता भित्रै जिपिसँग जाँच गराइहाल्नुपर्दछ।
१४ हप्ता भन्दा ढिला गर्न नहुने उनले बताइन्।
उनका अनुसार गर्भावस्थामा हुने जाँचहरु:
- अल्ट्रासाउन्ड,
- रगत एवम् पिसाब परीक्षण
- मानसिक स्वास्थ्य
- उच्च रक्तचापको जाँच, सर्भिकल स्क्रिनीङ्ग आदी।
महिलाले आफू गर्भवती भएको थाहा पाएपछि जाने भनेको साधारण चिकित्सक जिपिकोमा हो, जिपिले गर्भ रहेको पुष्टि गर्छन् र पहिलो चरणका जाँचहरु गर्दछन्एमान्डा हेन्री
सुरुमा गरिने जाँचहरुमा रक्तचाप लिने र महिलाहरूलाई चासोमा रहेका केही स्वास्थ्य समस्या छन् कि भनेर बुझे भएको एमान्डाको भनाई छ।
जिपिले पहिलो जाँचका क्रममा रगत र पिसाब परीक्षणका लागि पनि अनुरोध गर्न सक्छन्।
त्यसपछि भने पब्लिक र प्राइभेट केयरका बारेका विकल्पहरूका बारेमा कुरा बुझाउँछन्।
अल्ट्रासाउन्ड
गर्भ रहेको अवस्थामा निम्न लिखित अल्ट्रासाउन्ड गराउनुलाई सामान्य मानिन्छ।
- ८–९ हप्तामा डेटिङ स्क्यान
- ११–१३ फर्स्ट ट्राइमेस्टर स्क्यान
- १८–२० हप्तामा मर्फोलोजि स्क्यान
यस बाहेक जोखिम रहेको अवस्थामा थप अल्ट्रासाउन्डहरू पनि गर्ने गरिन्छ।
डेटिङ स्क्यान
यो गर्भावस्थामा गरिने पहिलो अल्ट्रासाउन्ड हो, यसमा बच्चा सही स्थानमा बसेको छ कि छैन भनेर जाँच गरिन्छ।
फर्स्ट ट्राइमेस्टर स्क्यान
११ देखि १३ हप्तामा हुने अल्ट्रासाउन्डलाई, 'दि न्युट्रल ट्रान्सलुसेन्सी स्क्यान', 'दि फर्स्ट ट्राइमेस्टर स्क्रिीनीङ्ग स्क्यान', अथवा 'अर्ली एनाटोमि स्क्यान'का नामले पनि चिनिने प्राध्यापक हेन्री बताउँछिन्।
“अल्ट्रासाउन्डको समग्र उद्देश्य भनेको सम्भावित समस्याहरू, विशेष गरी डाउन सिनड्रोम र बच्चाका मस्तिष्कको विकास, मिर्गौला, मुटुको विकास आदीका बारेमा जान्नु हो,” उनले भनिन्।
“यो समय भन्दा पहिले नै धेरै कुराहरू हेर्नका लागि हो, यसको विस्तारित जाँच भने १८ देखि २० हप्ताको स्क्यानमा गरिन्छ।”

दि मोर्फोलोजि स्क्यान
मोर्फालोजि स्क्यानले बच्चाका धेरै कुराहरूलाई जाँच गर्दछ।जस्तै कि:
- मेरुदण्ड
- टाउको
- पेट
- मुटु
- मिर्गौला र मूत्र ग्रन्थि
- हात, खुट्टा र पाखुराहरू
- नाभि एवम् नाल र
- बच्चा बसेको स्थानको पानी लगायत
प्राध्यापक हेन्रीका अनुसार बच्चाको असामान्य अवस्था केवल ५० देखि ६५ प्रतिशत मात्र २० हप्ते अल्ट्रासाउन्डले पत्ता लगाउन सक्छ।
कुनै एक वा धेरै परीक्षणहरूले पनि बच्चा १०० प्रतिशत सामान्य छ भनेर भन्न चाहिँ नसकिने उनको भनाई छ।

यद्यपि प्रसव पूर्वको राम्रो हेरचाहले भने प्रारम्भिक जटिलताहरू पत्ता लगाउन र रोक्न मद्दत गर्दछ भने मृत बच्चा पाउन रोक्न समेतबाट कतिपय अवस्थामा बचाउन सक्ने डा. मुर्डुलो बताउँछिन्।
मृत बच्चा जन्मने सम्भावनालाई केही प्रतिशतसम्म रोक्न सकिन्छ, आमा र स्वास्थ्यकर्मीहरुले गर्ने केही सामान्य कुराहरूले पनि यसलाई कम गर्न सक्छडा.मुर्डुलो
यो आप्रवासी महिलाहरूले निकै भोग्ने समस्या मध्ये यो पनि भएको उनको भनाई छ।
“आप्रवासी महिला र केही समूहहरूमा स्टिल बर्थको दर उच्च छ,” उनले भनिन्।
अङ्ग्रेजी बोल्न नजान्ने महीलाले एन्टीनेटल केयरमा दोभासेको सहयोग लिन सक्दछन्।
राज्य पिच्छे नियमहरू फरक हुने भए पनि सामान्यतया जाँचका लागि बुकीङ्ग गर्नु पूर्व महिलाहरूले दोभासेका लागि अनुरोध गर्न सक्दछन्।
टेलिफोन दोभासेका लागि १३१ ४५० मा सम्पर्क गर्न सकिन्छ।




