एप्पलका मोबाइल, ट्याब्लेट र कम्युटरहरुमा सुरक्षा कमजोरीको खुलासा भएसँगै विश्वभरका आफ्ना प्रयोगकर्तालाई सफ्टवेयर अपडेट गर्नका लागि एप्पलले अनुरोध गरेको छ।
आइफोन, आइप्याड वा म्याकबुक चलाउने मानिसहरू ह्याकरहरूबाट जोखिममा पर्न सक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ।
यदि कसैले सफ्टवेयर अपडेट गरेको छैन भने अपरेटिङ्ग सिस्टमलाई साइबर अपराधीले नियन्त्रणमा लिन सक्ने सम्भावना रहेको छ।
नेशनल साइबर सेक्युरिटी एलाइन्सकी कार्यकारी निर्देशक लिसा प्लाइएमार एप्पलको कमजोरीलाई गम्भिरतका साथ लिनु पर्ने बताउँछिन्।
“तपाईँको जानकारी बिनै तपाईँको डिभाइसलाई कसैले पूर्ण नियन्त्रणमा लिन सक्छ, तपाईँले कुनै कुरा नथिचीकनै वा तपाईँले साइबर आक्रमणकारीले भनेका कुरा नमानीकनै,” उनले भनिन्।
नो बि फोर नामक साइबर सेक्युरिटी फर्मका विज्ञ रोगर ग्राइम्स, ह्याकरले फोनलाई आफ्नो कब्जामा लिए यसले गम्भीर परिणाम दिन सक्ने बताउँछन्।
“उनीहरूले तपाईँको डिभाइसमा डेटा पढ्न सक्ने गरी भाइरसका सफ्टवेयर हालिदिन सक्छन्,” उनले भने।
एप्पल कम्पनीले, यसमा कसको संलग्नता रहेको नबताएपछि आफ्नो सिस्टमको दुरुपयोग भएको बताएको छ।
प्रभावित डिभाइसहरूमा, आईफोन ६ वा यस पछिका मोडलहरू, म्याक कम्प्युटर र आइप्याडहरू परेका छन्।
लिसा प्लाइएमार, कमजोरीलाई छाडी राख्नु आफ्नै दोष हुने बताउँछिन्।

Apple and Google have called off their patent lawsuit against each other
तर खुसीको कुरा के छ भने यसको समाधान भने भइसकेको छ।
साइबर सुरक्षाविद्हरू नयाँ अपडेटलाई इन्स्टल गर्नु नै यसबाट बच्ने उचित उपाय भएको बताउँछन्।
एप्पलका डिभाइसहरू आफै अपडेट हुने भए तापनि यसले केही समय लिने हुँदा, आफै म्यानुएल्ली अपडेट गर्न उनीहरू सुझाव दिन्छन्।
सिड्नीका केही एप्पल प्रयोगकर्ताहरूले अपडेटका सुझावहरू बारे अनभिज्ञता प्रकट गरेका छन्।
“उनीहरूले सबैलाई एउटा सन्देश पठाउनु जरुरी थियो, ताकि मानिसहरूले थाहा पाउन के भइरहेको छ,” एप्पल प्रयोगकर्ताले भनिन्।
एप्पलको लोकप्रियताले ह्याकरहरूलाई आकर्षण गरेको सुरक्षाविज्ञहरु बताउँछन्।
उनीहरूका अनुसार यस्ता घटना मानिसहरूलाई जे पायो त्यही डाउनलोड नगर्न र क्लिक नगर्नका लागि सावधान रहन सम्झाउने अवसर हो।