Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

SBS Examines: के जुवा खेलाउनेहरूले सांस्कृतिक र भाषिक रूपमा विविध समुदायहरूलाई लक्षित गरेका छन् त?

"Pokies" - Gambling in Australia

Problem gambling rates in the Australian Chinese community are between two to eight times higher than the general population. Source: Getty / picture alliance

अस्ट्रेलियनहरूले एक वर्षमा जुवामा ३२ अर्ब डलर गुमाएका छन् - जुन प्रतिव्यक्ति दर विश्वको कुनै पनि राष्ट्रको तुलनामा सबैभन्दा धेरै हो। यसले विविध समुदायहरूलाई फरक-फरक तरिकाले प्रभाव पारिरहेको छ।


Published

Updated

By Olivia Di Iorio

Presented by Olivia Di Iorio, Sapana Phuyal

Source: SBS




Share this with family and friends


अस्ट्रेलियनहरूले एक वर्षमा जुवामा ३२ अर्ब डलर गुमाएका छन् - जुन प्रतिव्यक्ति दर विश्वको कुनै पनि राष्ट्रको तुलनामा सबैभन्दा धेरै हो। यसले विविध समुदायहरूलाई फरक-फरक तरिकाले प्रभाव पारिरहेको छ।


चिनियाँ तेस्रो पुस्ताका आप्रवासी पअल फङले सात वर्षको उमेरमा नै जुवा सुरु गरेका थिए।

"एउटा टेबलमा ठुलो मान्छेहरूको 'माजङ' वा तासको टेबल हुन्छ भने, अर्को बच्चाहरूको लागी 'माजङ' वा कार्डहरू खेल्ने टेबल हुन्छ। यो 'जे देख्यो त्यही गर्‍यो' भनेजस्तै थियो, उनले एसबीएस एक्जामिन्सलाई बताए।

र कम उमेरमा नै बिस्तारै जुवा हरेक दिनको लत बन्यो।

जित्नु वा पैसा पाउनुमा नै रमाइलो थियो।

होम लोनमा लिइएको करोडौँ डलर जुवा खेलेर १० दिनमा सबै सकेपछि उनले जुवाबाट बाहिर निस्कन सहयोग लिने निर्णय गरे।

जुवाको लतबाट बाहिर आउने चरणमा रहेका पअल एसबीएस एक्जामिन्सलाई बताए कि चिनिया संस्कृतिले नै जुवासँगको सम्बन्ध बनाइदिएको छ।

"चिनियाँ लगायत एसियन परिवारमा ग्याम्बलिङ एकदम सामान्य मानिन्छ," उनी भन्छन्।

अस्ट्रेलियन इन्स्टिच्युट अफ फेमिली स्टडीजको एक अध्ययनका अनुसार अस्ट्रेलियन चिनियाँ समुदायमा जुवा खेल्ने समस्या दर सामान्य जनसङ्ख्याको तुलनामा दुई देखि आठ गुणा बढी छ।

र चिनियाँ समुदायमा मात्र यसको जोखिममा छैन।

सिड्नी लोकल हेल्थ डिस्ट्रिक्टमा रहेका एल सब्रीको आफ्नो मुख्य उद्देश्य नै जुवाको हानिबारे रहेका पुरातनवादी सोच र हीनता बोधलाई तोड्नु नै भएको बताउँछन्।

प्रायः धेरै समुदायहरूमा जुवा खेल्नुलाई असफलताको रूपमा हेरिन्छ भने केही समुदायहरू, धार्मिक रूपमा पनि, यो निषेधित छ। त्यसैले लतमा फसेका मानिसहरू यसबाट बाहिर निस्कने सहयोग खोज्न वा परामर्श गर्न जाँदैनन्।

"तिमी असफल छैनौ भनेर भन्नु एकदमै महत्त्वपूर्ण हुन्छ," उनी बताउँछन्।

"हामीले यसको बारेमा कुरा गर्नु पर्छ। र हामीले उनीहरूलाई माया र सहयोग दिनुपर्छ।"

एसबीएस एक्जामिन्सको यस शृङ्खलामा जुवाको लतले कसरी विविध समुदायलाई असर गर्छ भन्नेबारे  बताइएको छ।

यदि तपाईँ वा तपाईँको नजिकको व्यक्ति लाई सहयोग चाहिएको छ भने ग्याम्बलिङ हेल्पलाइन १८०० ८५८ ८५८ मा सम्पर्क गर्नुहोस्। 


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now