SKIP TO MAIN CONTENT

स्वास्थ्य र आइटीको क्षेत्रमा विदेशी कामदारमा भरपर्दै अस्ट्रेलिया

The best jobs in Australia for 2018
Source: Getty / Getty Images

नेपालीहरूले अस्ट्रेलियाली स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै आएका छन्।


Published

Updated

By Abby Dinham, Krishna Pokhrel

Source: SBS



Skip to podcast episode content

नेपालीहरूले अस्ट्रेलियाली स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण योगदान दिँदै आएका छन्।


नेपालमा लामो समय रजिस्टर्ड नर्सका रूपमा काम गरेकी सरिता श्रेष्ठ, अस्ट्रेलियन रजिस्टर्ड नर्सका रूपमा दर्ता हुनका लागि चाहीने आवश्यक तालिमका लागि हाल पर्थमा छिन्।

“ट्रेनिङ सकिन केही समय बाँकि छ, त्यसपछि रजिस्ट्रेसन आउँछ,” उनले एसबिएस नेपालीसँग भनिन्।

यता नेपालमा रजिस्टर्ड नर्स रहेकी ममता थापाले पनि अस्ट्रेलियाली बृद्धस्याहारको क्षेत्रमा असिस्टेन्ट नर्सका रूपमा अस्ट्रेलियाली कार्यबलमा आफ्नो योगदान दिइरहेकी छन्।

नेपाली मात्र होइन पछिल्लो जनगणना रिपोर्ट अनुसार अस्ट्रेलियाका ४० प्रतिशत नर्सहरू र स्याहारकर्ताहरू विदेशमा जन्मिएका छन्।

वेस्टर्न हेल्थ कि नर्सिङ्ग युनिट म्यानेजर माइरा रोबल्स स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउनका लागि विदेशी कामदारहरूलाई आरक्षण गर्नु जरुरी रहेको बताउँछिन्।

“हाम्रो कार्य बलका लागि उनीहरू निकै महत्पूर्ण छन्, संस्कृति र विविधता हाम्रा कार्यस्थलमा निकै आवश्यक छ,” उनले भनिन्।

सन् २०१६ को तुलनामा अहिले करिब २० प्रतिशत नर्सहरू थपिएका छन्।

तर यसमा पुरुषको सङ्ख्या भने थोरै मात्र थपिएको अस्ट्रेलियाली तथ्याङ्क विभागले सार्वजनिक गरेको रिर्पोटले देखाउँछ।

जहाँ ९९ प्रतिशत मिडवाइभ्सहरु अझै पनि महिला नै छन्।

उक्त रिर्पोटमा ४० प्रतिशत मानसिक स्वास्थ्यकर्मीहरू थपिएको देखाउँछ।

ओरीजीन यूथ मेन्टल हेल्थका कार्यकारी निर्देशक प्याट म्यागगोरी यस क्षेत्रमा कामदार पाउन निकै मुस्किल रहेको बताउँछन्।

“हामी कामदार अभावबाट गुज्री रहेका छौ, हामीसँग थुप्रै पद खाली छन्, माग पनि बढी रहेको छ,” उनले भने।

तथ्याङ्कले सात मध्ये एक व्यक्ति स्वास्थ्य सेवा वा सामाजिक सहयोग सम्बन्धी पेसामा संलग्न भएको देखाउँछ।

त्यसमा पनि नर्सिङ पेसाले सबैलाई उछिनेको छ।

स्वास्थ्य, खुद्रा व्यापार, निर्माण क्षेत्र र शिक्षा पेसामा लागेका मानिसहरूले देशको ४० प्रतिशत कार्यबल थेगिरहेका छन्।

स्वास्थ्य सम्बन्धी त्यसमा पनि आशक्तता र बृद्धास्याहारको क्षेत्रमा ७२ प्रतिशत कार्यबल थपिएको बताइन्छ।

यस्तै आइटीको क्षेत्र पनि कामदारको माग तीव्र रूपमा बढेको छ।

आइटी सर्पोट वर्कर, प्रोगार्मस, सिस्टम एनलिस्ट जस्ता पेसाहरूको माग ५० प्रतिशतले बढेको छ।

अस्ट्रेलियन नेशनल बिश्वबिद्यालयकी जनसख्यविद् डा.लिज एलन भने उच्च तहको तालिम र योग्यताका कारण युवा जनसङ्ख्यालाई रोजगारीमा दाखिल हुन केही असहज भइरहेको बताउँछिन्।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now