Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अमेरिका र चीन बीचको व्यापार द्वन्द ‘टुलुटुलु’ हेरेर बसीदैँन: मोरिशन

Prime Minister Scott Morrison speaks at the Asialink Address in Sydney, Wednesday, June 26, 2019. (AAP Image/Joel Carrett) NO ARCHIVING

Prime Minister Scott Morrison speaks at the Asialink Address in Sydney, Wednesday, June 26, 2019. Source: AAP

यस सप्ताहन्त जापानी सहर ओसाकामा विश्वका प्रमुख २० अर्थतन्त्र (जी २०) राष्ट्रका नेताहरूको उपस्थिति रहने सम्मेलन आयोजना हुन लाग्दा समझदारीका आग्रहहरू पनि बढेका हुन्।


Published

Updated

Source: SBS




Share this with family and friends


यस सप्ताहन्त जापानी सहर ओसाकामा विश्वका प्रमुख २० अर्थतन्त्र (जी २०) राष्ट्रका नेताहरूको उपस्थिति रहने सम्मेलन आयोजना हुन लाग्दा समझदारीका आग्रहहरू पनि बढेका हुन्।


सन् २००७ को मध्य देखि दुई हजार नौ सालको सुरुसम्म चलेको जीएफसी वा विश्व आर्थिक मन्दीको जस्तो अवस्था अहिले पुनः दोहरिन सक्ने चिन्ता व्यक्त गरिँदै गर्दा यस सप्ताहन्तमा हुने अमेरिकी र चिनिया राष्ट्रपति बिचको वार्ता पछि विश्व अर्थतन्त्रमा केही सुधार आउने आशा केहीले गरेका छन्।

विशेषतः संयुक्त राज्य र चीनद्वारा एक अर्का माथि आयात कर बढाउँदा दुवै राष्ट्र बिचको व्यापारिक सम्बन्ध चिसो हुँदै गएको छ।

उक्त सङ्कट समाधान गर्न दुवै राष्ट्रले मिलेर काम गर्नुपर्ने जस्ता भनाइहरू पनि अन्तर्राष्ट्रिय नेताहरूद्वारा राखिएका छन्।

केही दिन अगाडी मात्र अस्ट्रेलियाका लागि चिनिया राजदूतले "संयुक्त राज्यसँगको व्यापारिक लडाई अन्त्यसम्म पनि लड्न आफ्नो मुलुक तयार रहेको भनेका थिए।

प्रधानमन्त्री स्कट मोरिशनले चाहिँ दुवै पक्षलाई स्थिति अझ नबिगार्न आग्रह गरेका छन्।

विश्व अर्थतन्त्रको लागि पनि चीन र संयुक्त राज्य अमेरिकाले मिलेरै अगाडी जानु पर्नेमा जोड दिएका हुन्।

उनले अमेरिकाद्वारा चिनिया आर्थिक नीति माथि गरिएका प्रश्नहरू प्रति समर्थन गर्दै, आफ्ना व्यापार नीति प्रति चीन थप उत्तरदायी हुनुपर्ने पनि बताए।

एक विश्व शक्तिको रूपमा अगाडी बढिरहेको चीनले पनि थप जिम्मेवारी बेहोर्नु पर्ने मोरिशन बताउँछन्।

 

केही दिन अगाडी क्यानबेरामा आयोजित एक व्यापारिक सम्मेलनलाई सम्बोधन गर्दै अस्ट्रेलियाका लागि चिनिया राजदूत चेङ्ग जिङ्गयले विश्व आर्थिक सङ्कटका सम्भावनालाई आफ्नो देशले पनि राम्रोसँग बुझेको बताएका थिए।

तर उनले संयुक्त राज्यद्वारा विश्व व्यापार सङ्गठनका मापदण्ड उल्लङ्घन गर्दै चीन माथि थप कर लागु गराएको पनि आरोप लगाएका थिए।

साथै, चीनले व्यापार युद्ध भएको हेर्न नचाहेको पनि उनले जोड दिए।

US & China Trade War
Source: AAP

चीनद्वारा द्विपक्षीय सहकार्यलाई प्राथमिकतामा राखेको तर लडाई गर्नु परे चीनले हार नमान्ने चेतावनी पनि चिनिया राजदूतले दिएका थिए।

जापानी जी २० सम्मेलनको क्रममा प्रधानमन्त्री स्कट मोरिशनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपलाई भेट्ने बताइएको छ।

तर गए वर्षको सम्मेलनमा चिनिया राष्ट्रपतिसँग वार्तामा बस्न नसकेका मोरिशनले यस पटक भने चिनिया नेतासँग बैठक बस्ने आशा अस्ट्रेलियाली सरकारले राखेको छ।

व्यापार मन्त्री साइमन बर्मिन्ग्हमका अनुसार अस्ट्रेलिया र चीन बिचको सम्बन्धलाई दुवै राष्ट्रले महत्त्वका साथ हेर्ने गरेका छन्।

तर प्रधानमन्त्री स्कट मोरिशनको भेट भन्दा बढी यस पटक विश्व समुदायको ध्यान शनिवार हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंप र उनका चिनिया समकक्षी शी जिंगपिंग बिचको वार्ता माथि नै केन्द्रित रहने देखिएको छ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now