चिनियाँ कम्युनिस्ट पार्टीको आलोचना गरे बापत आफुले माफी नमाग्ने पश्चिम अस्ट्रेलियाली लिबरल सांसद एन्ड्रु हेस्टीले बताएका छन्।
अस्ट्रेलियाली लिबरल पार्टीका दुई सांसदहरुलाई भिसा नदिने निर्णय चीन सरकारले गरेको छ।
सङ्घीय सांसद द्वय एन्ड्रु हेस्टी र जेम्स प्याटर्सनको एक अध्यन कार्यक्रमका लागि आगामी महिना चीन जाने योजना रहेको थियो। तर ती दुवै राजनीतिज्ञ द्वारा पछिल्ला समयमा व्यक्त गरिएका चीन सम्वन्धि विचारहरुका कारण आफ्नो देश प्रवेश गर्ने अनुमति नदिएको राजधानी क्यानबेरा स्थित चिनियाँ दूतावासले जनाएको छ।
यसैक्रममा आफुहरुलाई भिसा नदिने निर्णय राजनीतिक कारणहरुका साथ् प्रेरित भएको सांसद द्वयले आरोप लगाएका छन्।
चीनले चाहिं हेस्टी र प्याटर्सन द्वारा आफ्ना गल्तीहरु सच्च्याउदै त्यस प्रति पश्चाताप नगरिए सम्म आफ्नो देश प्रवेश गर्ने अनुमति नदिने जोड दिएको छ।

डिसेम्बर महिनामा अस्ट्रेलियन पोलिसी इन्स्चिच्युटको चिनियाँ मामिला सम्वन्धि अध्यनको लागि बेइजिङ्ग जाने योजना रहेका अस्ट्रेलियाली सांसदहरुमा एन्ड्रु हेस्टी र जेम्स प्याटर्सनका साथै लेबर सांसद म्याट कियो पनि रहेका थिए।
तर भिसा नपाउनेहरुमा खालि लिबरल सांसदहरु मात्र रहेका छन्।
साथै चीन सरकारको पछिल्लो कदमका साथ् अब उक्त अध्यन भ्रमण पनि स्थगित भएको छ।
के भनेका थिए लिबरल सांसदहरुले?
गए केहि समय यता दुवै सांसदहरुले अस्ट्रेलियामा कथित चिनियाँ हस्तक्षेपबारे आलोचना गर्दै आएका छन्। साथै हंगकंगमा जारी विरोध प्रदर्शन र चीनको जिंगज्यांग प्रान्तमा विगर मुसलमानहरुको कथित मानव अधिकार उल्लङ्घन भएको लगायतका विषयबारे पनि बोल्दै आएका छन्।
सङ्घीय संसदको सुरक्षा र जासूसी निकायका अध्यक्ष पनि रहेका एन्ड्रु हेस्टीले गए अगस्ट महिनामा एक समाचारपत्रिकामा आफ्नो स्तम्भ प्रकाशित गर्दै, चीनको बढ्दो विश्व प्रभावलाई नाजी जर्मनीसंग तुलना गरेका थिए।
उक्त स्तम्भको कडा आलोचना गर्दै त्यस्ता विचारले अस्ट्रेलियासंगको आफ्नो देशको सम्बन्ध बिगार्न सक्ने चेतावनी चीनले दिएको थियो।

भिसा नदिने निर्णयबारे जानकारी गराउदै चिनियाँ अधिकारीहरुले लिबरल सांसद द्वारा आफ्नो देशको आन्तरिक मामिलामा हस्तक्षेप गरिएको र दुवैले आफ्ना सार्वजनिक भनाइहरु नसच्चाइए भिसा नदिने पनि बताएको छ।
यसै क्रममा एक विज्ञप्ति सार्वजनिक गर्दै हेस्टी र प्याटर्सनले चाहिं "चिनियाँ कन्युनिस्ट पार्टी" बारे आफुले प्रष्ट कुरा गरेकोले उक्त कदम चालिएको आरोप लगाएका छन्।
साथै चिनियाँ कदम प्रति आफु दुखित भएको पनि सांसद प्याटर्सनले जोड दिए।
चीन द्वारा जिंगज्याङ्ग प्रान्तमा विगर समुदाय प्रति गरिएको व्यवहार बारे आफुले गरेको आलोचना प्रति माफी नमाग्ने एन्ड्रु हेस्टीले बताएका छन्।
अस्ट्रेलियामा पनि परिवार रहेका विगर समुदायका सदस्यहरुका लागि कसले पहल गर्ने पनि उनले प्रश्न गरे।
यसै क्रममा सांसदहरुको चीन भ्रमण आयोजना गर्ने चाइना म्याटर्स नामक अध्यन केन्द्रका कार्यकारी प्रमुख एलिस्टर निकोलसले चाहिं लिबरल सांसदहरुलाई आफ्नो देश प्रवेश गर्न नदिने चिनियाँ सरकारको निर्णयले अन्य सांसदहरुलाई पनि संदेश पठाइरहेको आफुलाई नलागेको बताएका छन्।
बरु दुवै सांसदहरुको चीन भ्रमण बारे संचार जगतमा भएका चर्चाहरुका कारणनै उनिहरुको भिसा सुइकार नगरिए को हुनसक्ने आफ्नो विचार रहेको नोकोलास बताउछन्।
राजनीतिज्ञहरुको चीन भ्रमण पछि चाहिं संवेदनशील विषयहरुबारे पनि चर्चा गर्न सकिने अवस्था रहेको उनको भनाइ छ।

लिबरल सांसद प्याटर्सनले पनि भ्रमण अगाडीनै संचार माध्यमहरुले उक्त विषयबारे चर्चा गरेकोले पनि अवस्थालाई सहयोग नगरेको हुनसक्ने सुइकार गरेका छन्।
तर त्यो मात्र चिनियाँ निर्णयको कारण नरहेको पनि उनि बताउछन्।
यसै क्रममा सत्ता साझेदार न्याश्नाल्स पार्टीका सांसद ड्यारेन चेस्टरले पनि आफ्ना सहकर्मीहरुको समर्थन गरेका छन्।
एबीसीसंग कुरा गर्दै चेस्टरले भने कि मन्त्रीहरुले आफ्नो विचार खुलेर बोल्न पाउनु जरुरी रहेको छ।
साथै चीनसंगको अस्ट्रेलियाली सम्बन्ध बलियो रहेकोले यस्ता मामिलाको समाधान पनि भेटिने आफुले आशा गरेको उनले बताए।
चीन सरकार द्वारा भिसा नरोक्ने निर्णय गरेको लेबर सांसद म्याट कियोले चाहिं एक विज्ञप्तिमा आफुहरुको अध्यन भ्रमण अगाडी नबढ्ने बारे आफु दुखित भएको बताएका छन्।
साथै उक्त भ्रमण स्थगित भएको विषयले पनि यस्ता भ्रमणहरु किन जरूरी रहेको प्रष्ट पार्ने पनि उनले बताए।





