अस्ट्रेलियाभर ११५ वटा सुधारगृह वा जेलहरू रहेका छन्।
यी सुधारगृहहरू निजी र सरकारी दुवै तवरबाट सञ्चालित हुने भए पनि ८० प्रतिशत यस्ता जेल सरकारी मातहतमै रहेका छन्।
राज्य र प्रदेशमा न्याय प्रणाली समान भएको भए तापनि प्रत्येक क्षेत्रले आफ्ना सुधार गृह या भनौ सुविधाहरूको व्यवस्थापन आफै गर्दछन्।
Advertisement
एबीएस अर्थात् अस्ट्रेलियन तथ्याङ्क विभागले यस्ता सुधार गृहहरूमा रहेका मानिसहरूको विस्तृत तथ्याङ्क सङ्कलन गर्ने काम गर्दछ।
विलियम मिल्ने एबीएस अन्तर्गतको नेशनल सेन्टर अफ क्राईम एन्ड जस्टिसका तथ्याङ्क निर्देशक हुन्।
“सन २०२१ को जुन महिनामा सबै सुधारगृह गरी करिब ४३,००० यस्ता कैदी बन्दीहरू थिए, र ती मध्ये १५ हजार आफ्नो मुद्दाको फैसलाको पर्खाइमा थिए,” उनले भने।
तर यति भन्दै गर्दा एबोरजिनल एवम् टोरेस स्ट्रेट आईल्याण्डर समुदायका असमान रूपमा जेल वा सुधार गृहमा रहेको अनुपातलाई भने मध्यनजर गर्नु जरुरी छ।
ऐतिहासिक आघात र पुस्तामा परेको क्षतिका कारण अस्ट्रेलियाली बाँकी जनसङ्ख्याको तुलनामा उनीहरूको सङ्ख्या जेलहरूमा १० गुणा बढी छ।
सुधार गृहको वर्गीकरण
जब कुनै व्यक्तिलाई हिरासतमा लिइन्छ, उनीहरूका बारेमा मूल्याङ्कन गरिन्छ।
सबैभन्दा गम्भीर किसिमका अपराध जस्तै कि आतङ्कवाद जस्ता अपराधमा संलग्नहरू उच्च सुरक्षा वर्गीकरण भित्र पर्दछन्।
न्यु साउथ वेल्स स्थित मेट्रो वेस्टकी हिरासत निर्देशन एम्मा स्मिथ सुरक्षाका दृष्टिकोणले अधिकतम, मध्यम र न्यूनतम गरी सुरक्षा केन्द्रहरू विभाजन हुने बताउँछिन्।
“जब कसैलाई हिरासतमा लिइन्छ, हामीले स्क्रिनिङ्ग र कैदीहरूको वर्गीकरण गछौ, उनीहरू कस्ता अपराधबाट आएका हुन्, उनीहरू दोषी ठहरिएका हुन कि मुद्दा चलिरहेका मात्र हुन भन्ने जस्ता कुराहरू हेरेर वर्गीकरण गरिन्छ,” उनले भनिन्।
रिपोर्ट सुन्नुहोस्। हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न ।
LISTEN TO
अस्ट्रेलियामा अपराध गर्ने वयस्कहरूलाई अस्ट्रेलियन क्रिमीनल जस्टीस सिस्टम भनिने आपराधिक न्याय प्रणालीले व्यवस्थापन गर्ने गर्दछ। सुधारगृह भनिने यस्ता स्थानमा कोही अपराधमा संलग्न भएको खण्डमा सजायका लागि लाने गरिन्छ।
SBS Nepali
06/04/202207:28
रिमान्ड प्रिजनर भनिने मानिसहरू चाहिँ अपराधको आरोपमा पक्राउ परेका र मुद्दाको सुनुवाइ पर्खिरहेका मानिसहरू हुन्।
महिला र पुरुषहरूलाई तिनीहरूको फरक आवश्यकताको समायोजन गदै अलग–अलग सुविधाहरूमा राखिने गरिन्छ।
महिलाहरू अधिकांस समय अपमानजनक पृष्ठभूमिबाट आउँछन् र लागूपदार्थ र मदिरामा निर्भरताको दर उच्च हुन्छ। उदाहरणका लागि उनीहरू गर्भवती हुँदा पनि जेल गएका हुन सक्छन्।
Mfungwa avaa sare za kijani akiwa na pingu mkononi. Source: AAP Image/David Gray
तथ्याङ्क विभागका अनुसार हिरासतमा बिताउने औसत समय भने साढे तीन वर्ष रहेको छ।
जेल भित्र परिसकेपछि उनीहरूलाई स्वास्थ्य क्लिनिक तथा अपमानजनक व्यवहारलाई सम्बोधन गर्ने कार्यक्रमहरूमा उपस्थिति जनाउनु जरुरी रहन्छ।
कैदीहरूले जेल भित्र रहेका विभिन्न सुविधा, मर्मत, इन्जीजियरीङ्ग, जेल भित्रकै उद्योग एवम् पसल आदीमा काम गर्ने अपेक्षा पनि गरिन्छ।
परोल
सुधार गृहमा रहेका केही कैदीले आफूले पाएको सजायको पूर्ण समय जेलमै बिताउनु पर्ने भए पनि कैदीहरूको ठुलो अनुपातलाई भने परोल भनिने मिति प्रस्ताव गरिन्छ, जहाँ उनीहरूलाई निगरानीकाबिच समुदायमा रिहा गर्न सकिन्छ।
Parramatta Correctional Centre, former medium security prison Source: Getty Images/Andrew Merry
प्रियजनका बारेमा थाहा पाउन के गर्ने?
आफ्ना प्रियजनलाई कहाँ, कुन जेलमा कसरी राखिएको छ भनेर पत्ता लगाउनका लागि तपाईँले सम्बन्धित राज्य विभागको सुधारात्मक सेवा (करेक्टीभ सर्भिस)लाई सम्पर्क गर्न सक्नुहुन्छ।
यद्यपि जेलमा कसैलाई भेट्नु अघि पूर्व स्वीकृति भने लिनु पर्ने आवश्यक हुन्छ।
प्रत्येक जेलमा फोन मार्फत बुकीङ्ग गर्ने सुविधा हुने भएकाले भ्रमण गर्ने समय, प्रतिबन्ध र पोसाक आवश्यकताहरूका बारेमा जानकारी लिन सक्नुहुन्छ।
हिरासतमा रहेकाहरूको परिवारलाई समर्थन सेवा
स्वयंसेवीका रूपमा कार्यरत नादियाले आफू जस्तै प्रियजन जेलमा रहेका आफन्तहरूका लागि अनलाइन स्रोतको रूपमा को सञ्चालन गरेकी छन्।
नादिया भन्छिन् कि यसमा सहभागी स्वयंसेवक र सर्पोट नेटवर्कले लाज, कंलक र अलग हुनुको भावनलाई बुझ्छन् र यसलाई महसुस गर्न सक्छन्।
बाहिर रहेका परिवारहरू प्राय आर्थिक र भावनात्मक भार बोक्नु पर्ने हुन्छ।
जेलबाट छुटेपछिको अपमान
जेलबाट छुटेपछि पनि लागुपर्दाथको सेवन, बेरोजगारी, शिक्षाको अभाव, कमजोर मानसिकता, अभाव जस्ता कुराहरूले एक पटक जेल परिसकेको मानिसलाई समाजमा घुलमिल हुन र अपराधबाट सधैका लागि टाढा हुनबाट चुनौती खडा गर्छ।
अस्ट्रेलियाको उत्पादकत्व आयोगले अपराधमा पुनः संलग्न हुने डरलाग्दो दरलाई देखाएको तथ्याङ्क विभागका विलियम मिल्ने बताउँछन्।
“करिब ४६ प्रतिशत मानिस दुई वर्ष भित्र पुनः अपराधमा संलग्न हुने सम्भावना रहन्छ,” उनले भने।
यता नाडीया पनि विश्वास गर्छिन् कि जेलबाट छुट्कारा पाएपछि पारिवारिक सहयोगको निकै ठुलो भूमिका हुन्छ।
एसबीएसको पछिल्लो डकुमेन्ट्री सिरिज , पुन: अपराधीक क्रियाकलापमा संलग्न हुने दरलाई कम गर्ने प्रयासमा निर्माण गरिएको छ। ट्रेलर हेर्नुहोस्।