सुन्दर तर विषालु ब्लू-रिङ्ड अक्टोपसबाट सुरक्षित रहनु होस्: पारामेडिक्स

OCTOPUS

**RE-TRANSMISSION IMAGE ID 19990720000019173230 RESIZED** FILE - The tiny poisonous blue-ringed octopuses are more interested in escaping than attacking humans. (AAP Photo/ Mark Norman) Credit: MARK NORMAN/AAPIMAGE

पारामेडिक्सहरूले हेर्दा सुन्दर देखिने ब्लू-रिङ्ड अक्टोपसलाई नचलाउन मानिसहरूलाई सचेत गराएका छन्। १६ मार्चमा सिड्नीकी एक महिलालाई यसले टोकेको थियो। ५० सेन्टको सिक्का भन्दा पनि सानो यो जीवले टोक्दा एक किसिमको विष छोड्छ जसको समयमा नै उपचार गरिएन भने ज्यान नै जाने खतरा हुन्छ।


निकै शक्तिशाली ब्लू-रिङ्ड अक्टोपसको टोकाइबाट छोटो समयमा नै ज्यान जान सक्छ।

सुरुमा यसले टोक्दा नदुखे पनि यसले छोड्ने विषले धेरै छिटो काम गर्छ।

डा अमान्डा रिड सिड्नीको अस्ट्रेलियन म्युजियमकी जीवहरूको अध्ययन र वर्गीकरण गर्ने ट्याक्सोनोमिस्ट हुन्।

र उनी भन्छिन् धेरै अक्टोपसहरू विषालु हुने गरे पनि ब्लू-रिङ्ड अक्टोपस अलि छुट्टै हुन्छ।

"अरू अक्टोपस भन्दा यो फरक छैन। तर यसमा फरक हुने भनेको यसले छोड्ने विष हो जसलाई टेट्रोडोटक्सिन भनिन्छ जसको अर्थ यसको टोकाई ज्यान नै लिने खालको हुन्छ।"

शरीरमा हुने निला औँठीजस्ता आकृतिहरूका लागि ब्लू-रिङ्ड अक्टोपस चिनिने गर्दछ। र यसलाई केही गरी दखल नपुर्‍याएसम्म मानिसहरूलाई आक्रमण गर्दैन।

蓝环章鱼
蓝环章鱼 Source: Facebook / facebook / Coogee Beach WA Surf Life Saving Club

न्यु साउथ वेल्सका एम्बुलेन्स इन्स्पेक्टर क्रिस्टियन होम्सले बिहीबार (१६ मार्च) सिड्नीको मोस्मेनमा रहेको चाइनमन्स बीचमा एक महिलालाई अक्टोपसले टोकेको पुष्टि गरेका छन्।

उनका अनुसार ती महिलाले समुन्द्रमा पाइने खबटा वा शेललाई हातमा लिएकी थिइन र त्यसमा अक्टोपस थियो।

त्यसबाट अक्टोपस झर्‍यो र उनको पेटमा टोक्यो।

ति महिलाले उक्त अक्टोपसलाई एउटा बट्टामा राख्न सफल भइन जसले गर्दा पारामेडिक्सहरूलाई कुन जीवले टोकेको हो भनेर थाहा पाउन सजिलो भयो।

होम्स भन्छन् कमै गरी देखिने यो अक्टोपसको टोकाइका लागि कुनै पनि एन्टी भेनम रहेको छैन र यदि समयमा नै उपचार भएन भने मृत्युको सम्भावना उच्च रहेको छ।

"ब्लू-रिङ्ड अक्टोपसले टोकेको घटना विरलै हुन्छ। म लगायत मेरा सहकर्मीहरूले पनि वास्तवमा यो पहिलो पटक देखेका थियौँ।"

होम्सले यसको टोकाइको उपचार सर्पले टोकेको जस्तै गरिने बताए।

शरीरको कुनै अङ्गमा यसले टोके अन्य स्वास्थ्य उपचार नपाउँदा सम्म कसिलो पारेर उक्त अङ्ग ढाकिने गरी ब्यान्डेज लगाउनु पर्छ।

"त्यसले टोकेको १५ मिनेट भित्र नै हामी घटनास्थलमा पुगेका थियौँ। र हामीले लक्षणहरू देखिन सुरु भएको पायौँ जसमा झम्झमाउने र मुख बोधो हुन थाल्यो। समय बितेसँगै सास फेर्न गाह्रो हुने र अन्ततः प्यारालाइसिस हुन्छ।"

ब्लू-रिङ्ड अक्टोपसहरू उष्ण प्रदेशीय क्षेत्रहरूमा पाइन्छ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

यो अस्ट्रेलियाको आदिवासी जीव हो भने इन्डो-वेस्ट प्यासिफिक भरि पाउन सकिन्छ।

डा रीड यी जीवहरू निकै अन्तर्मुखी हुने बताउँछिन्।

"यिनीहरू चट्टानको चेपहरूमा, खाली खबटामा र आफूलाई गोप्य रूपमा राख्न सक्ने अन्य स्थानहरूमा बस्छन्।"

रीड भन्छिन् सम्भावित खतरालाई लिएर चनाखो हुँदा शरीरका निला औँठीजस्ता आकृतिहरू स्पष्टसँग देखिन्छन् र मानिसहरूलाई त्यो राम्रो लागेर उठाउन मन लाग्न सक्छ।

होम्सका लागि खुसीको कुरा के छ भने यदि यसले टोकेका मानिसहरूले समयमा उपचार पाए भने ज्यान जोगिन सक्छ।

विषका बारेमा जानकारीका लागि २४ घण्टा नै १३ ११ २६ मा र तत्काल सहयोग चाहिए ००० मा फोन गर्न सकिन्छ।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now