Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूको सन् २०२१ को दशैं कस्तो रह्यो त?

Nepalis in Northern Territory and South Australia Celebrate 2021 Dashain

कोभिड-१९ महामारीका बिच, साउथ अस्ट्रेलिया र नर्दर्न टेरिटरीमा बसोबास गर्ने नेपालीहरूको यसपालिको दशैं कस्तो रह्यो त? हामीसँग कुरा गरेका केही नेपालीहरूको अनुभव।


Published

Updated

Source: SBS




Share this with family and friends


कोभिड-१९ महामारीका बिच, साउथ अस्ट्रेलिया र नर्दर्न टेरिटरीमा बसोबास गर्ने नेपालीहरूको यसपालिको दशैं कस्तो रह्यो त? हामीसँग कुरा गरेका केही नेपालीहरूको अनुभव।


हाम्रो कुराकानी सुन्नुहोस: [iframe width='100%' height='100' src='https://www.sbs.com.au/yourlanguage/services/embeds/audioplayer/9da77834-ce2f-45ae-b023-ad25061944da' frameborder='0'>हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

दशैं र तिहारको मौका पारेर एसबीएसले तपाईँ र तपाईँका नानीहरूलाई केही उपहारहरू दिने जमर्को गरेको छ।

उपहार प्राप्त गर्न केही सामान्य नियम र शर्तहरूको पालना भने सहभागीहरूले गर्नुपर्नेछ र ती यस प्रकार छन्:

१. अस्ट्रेलियामा बसोबास गर्ने सबै नेपाली भाषी वयस्क तथा बालबालिकाहरू दुवैले यस प्रतियोगितामा भाग लिन सक्नेछन्। २. वयस्क तथा बालबालिकाहरूको छुट्टा-छुट्टै प्रतियोगिता हुनेछ। ३. वयस्कहरूको हकमा १०० डलर बराबरको दुई भाउचर एसबीएसको एक स्वतन्त्र समितिले उत्कृष्ट भनेर छानेको प्रस्तुतिहरूले पाउनेछन्। ४. बालबालिकाहरूको हकमा भने एसबीएसले उपयुक्त उपहारहरू प्रदान गर्नेछ। ५. प्रतियोगितामा एकटकभन्दा बढी भाग लिन सकिनेछ। ६. प्रतियोगितामा भाग लिन वयस्कहरूले दशैं तथा तिहार मनाउँदाको फोटो, भिडियो वा अडियो पठाउन सक्नेछन् भने बालबालिकाहरूले दशैं वा तिहारको महत्त्व झल्कने चित्रकला, कविता भिडियो वा अडियो पठाउन सक्नेछन्। ७. यी सामाग्री हामीलाई फेसबुक वा ट्विटर मार्फत पठाउन सक्नुहुनेछ। ८. सामाजिक सञ्जाल प्रयोग गर्नुहुन्न भने हामीलाई nepali.program@sbs.com.au मा इमेल गर्न सक्नुहुनेछ। ९. हामीलाई सामाग्रीहरू ७ नोभेम्बर २०२१, आइतवारसम्ममा पठाइसक्नुपर्नेछ। १०. विजेताहरूको नाम हाम्रो १४ नोभेम्बरको रेडियो कार्यक्रममा सार्वजनिक गरिनेछ र विजयी प्रस्तुतिहरू हाम्रो वेबसाइट sbs.com.au/nepali मा १५ नोभेम्बरपछि राखिने छ। ११. यस प्रतियोगिता सम्बन्धी अन्तिम निर्णयको अधिकार एसबीएससँग हुनेछ।

थप जानकारी चाहिए, हामीलाई फेसबुक, ट्विटर वा यहाँ थिचेर सम्पर्क गर्न सक्नुहुनेछ।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now